जमशेदपुर

जमशेदपुर (/ˈdʒɑːmʃɛdpɔːr/, ⓘ) भारतको झारखण्ड राज्यको एउटा सहर हो । यो भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३६औँ क्रममा र झारखण्डमा पहिलो स्थानमा रहेको छ । जमशेदपुरलाई टाटानगर पनि भनिने गरिन्छ । यो झारखण्ड राज्यको दक्षिणी भागमा अवस्थित पूर्वी सिंहभूम जिल्लाको भाग हो । जमशेदपुरको स्थापना पारसी व्यवसायी जमशेदजी नौशरवानजी टाटाले गरेको हो । सन् १९०७ मा टाटाले आइरन एण्ड स्टिल कम्पनी (टिस्को) को स्थापना गरेपछि यस सहरको जग बसाल्न सकिएको हो । यसभन्दा पूर्व यहाँ साक्ची नामक एउटा आदिवासी गाउँ हुने गर्थ्यो । यहाँको माटो कालो हुनेभएको कारणले यहाँको पहिलो रेलवे-स्टेशन कालीमाटीको नामले बन्यो जसलाई पछि परिवर्तन गरेर टाटानगर गरियो । खनिज पदार्थहरूको प्रचुर मात्रामा उपलब्धता र खडकई तथा सुवर्णरेखा नदीको सजिलै उपलब्ध पानी, तथा कोलकातासँगको नजिकीको कारण आजको यो आधुनिक सहरलाई बसाल्न सकिएको हो ।

जमशेदपुर
टाटानगर
जमशेदपुरको गोलचक्कर
जमशेदपुरको गोलचक्कर
उपनाम: 
स्टिल सिटी
देशभारत
राज्यझारखण्ड
जिल्लापूर्वी सिंहभूम जिल्ला
संस्थापकजमशेदजी नौसरवानजी टाटा
नामकरणफलाम र स्टिल, सिमेन्ट उद्योग
क्षेत्रफल
 • महानगर२०९ किमी (८१ वर्ग माइल)
उन्नतांश
१५९ मिटर (५२२ फिट)
जनसङ्ख्या
 (२०११)
 • महानगर१,३३७,१३१
 • घनत्व६४००/किमी (१७०००/वर्ग माइल)
 • महानगर
६३१,३६४
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
८३१००१ देखि ८३१xxx
टेलिफोन कोड०६५७
साक्षरता८५.९४%
भाषाहिन्दी, अङ्ग्रेजीबङ्गाली
वेबसाइटwww.jamshedpur.nic.in

जमशेदपुर आज भारतको सबैभन्दा प्रगतिशील उद्योगिक नगरहरू मध्येमा एक हो । टाटा परिवारको कयौं कम्पनीहरूको उत्पादन एकाई जस्तै टिस्को, टाटा मोटर्स, टिस्कन, टिन्पलेट, टिमकन, ट्यूब डिभिजन, इत्यादि यहाँ कार्यरत छन् ।

इतिहास

उत्पति

पर्यटन

शिक्षा

चलचित्र

राजनीति

यातायात

जमशेदपुर सडक र रेल-मार्गद्वारा पुरै भारत सँग जोडिएको छ । हावडा मुम्बई रेल मार्गमा अवस्थित हुनुका कारण टाटानगर दक्षिणपूर्व रेलवेको अत्यन्त व्यस्त रेल्वे स्टेसनहरू मध्ये गनिन्छ । राष्ट्रिय राजमार्ग ३३ यो शहर भएर गएको छ । नगरको उत्तर पूर्वी भागमा एउटा सोनारी विमानस्थल छ जुन वायु विमान सेवाहरूसँग यस सहरलाई जोडेको छ । सहरको प्रमुख सडकहरू रेखदेख टाटा परिवारद्वारा हुने भएको कारणले यहाँको सडक झारखण्डमा अन्य सहरहरूको अपेक्षामा धेरै राम्रो छ ।

हवाई सेवा

जमशेदपुर एयर डेकनद्वारा कोलकाताको विमानस्थलद्वारा जोडिएको छ । यस वाहेक यहाँ एउटा निजी एयरलाइन्स हप्तामा दुई दिन यहाँबाट राष्ट्रिय राजधानी दिल्लीको लागि उडान भर्ने गर्दछ । यो विमानस्थलको प्रायजसो उपयोग उद्योगिक जहाजहरूको आगमन-प्रस्थानको लागि गर्ने गरिएको छ । यस वाहेक यहाँ उडान प्रशिक्षणको लेल स्थापित जमशेदपुर को-आपरेटिभ फ्लाइङ क्लब तथा टाटानगर एभियेसनद्वारा यसको प्रयोग गर्ने गरिन्छ । कोलकाता अतिरिक्त यहाँबाट सबैभन्दा नजिकको विमानस्थल राँचीको बिरसा मुण्डा विमानस्थल हो जुन यहाँबाट लगभग १२० किलोमिटरको दूरीमा रहेको छ ।

रेल-मार्ग

टाटानगर (जमशेदपुर) दक्षिणपूर्व रेलवेको सबैभन्दा प्रमुख रेलवे स्टेसनहरू मध्ये एक हो ए यसले सोझै यो सहरलाई भारतका अन्य प्रमुख शहरहरू जस्तै कोलकाता, मुम्बई, दिल्ली, चेन्नई, पटना, रायपुर, भुवनेश्वर आदी सँग जोडेको छ । यस रेलवे स्टेसनलाई टाटानगरको नामले चिनिन्छ ।

सडक मार्ग

जमशेदपुर सडक मार्गद्वारा भारतका सबै ठुला सहरहरूसँग जोडिएको छ । सहरबाट राष्ट्रिय राजमार्ग ३३ (बहरागोडा देखि बरही) गएको छ जुन राष्ट्रिय राजमार्ग सङ्ख्या २ सँग जोडिएको छ जो सोझै कोलकातादिल्लीसँग जोडिएको छ । राँची (१३१ किलोमिटर), पटना, गया, कोलकाता (२५० किलोमिटर) सहित कयौं बिहार, बङ्गालउडिसाका अन्य प्रमुख सहरहरू सँग जमशेदपुरको लागि सोझो बस सेवा उपलब्ध रहेको छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

जमशेदपुर इतिहासजमशेदपुर उत्पतिजमशेदपुर पर्यटनजमशेदपुर शिक्षाजमशेदपुर चलचित्रजमशेदपुर राजनीतिजमशेदपुर यातायातजमशेदपुर सन्दर्भ सामग्रीहरूजमशेदपुर बाह्य कडीहरूजमशेदपुर यो पनि हेर्नुहोस्जमशेदपुरकोलकाताचित्र:Jamshedpur.oggझारखण्डपूर्वी सिंहभूम जिल्लाभारतमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

अनुष्टुप छन्ददेवलहाट मन्दिरआमाछाउपडीलैङ्गिक समानताबौद्धनाथलोकतन्त्रजनक शिक्षा सामग्री केन्द्रगणतन्त्र दिवस (नेपाल)ओमसतिया गाउँपालिकाखड्गप्रसाद ओलीग्रामिण विकासपूँजी बजारकार्यसम्पादन मूल्याङ्कनदुर्गा प्रसाईहात्तीमुलुकी ऐनविश्व बैङ्कमुक्तिनाथजिल्ला मालपोत कार्यालयनेपाली सेनापूर्वीय चिन्तन परम्परानविकरणीय उर्जाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीभिरिङ्गीवित्तीय विवरणहरूजात्रै जात्रावर्गचौधरीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)कथाखस ब्राह्मणसामाजिक सुरक्षा कोषसुवेदीमहिनावारीखप्तड राष्ट्रिय निकुञ्जनातापाचन प्रणालीनेपालको संविधान २०७२समयशौनक गोत्रपोलेको घाउआगन्तुकलुम्बिनी प्रदेशनेपालको राष्ट्रपतिशेरबहादुर देउवागङ्गा नदीजीव विज्ञानमूल्य अभिवृद्धि करनेपाल टेलिभिजनडेउडा गीतसप्तकोशी नदीदशावतारयोनीराई जातिसुशासननेपालका झरनाहरूको सूचीकागेश्वरी मनोहरा नगरपालिकासुदूरपश्चिम प्रदेशसन्दीप लामिछानेबालेन शाहसोलुखुम्बु जिल्लानगर कार्यपालिकाब्याडमिन्टनइन्टरनेटकृष्णसिन्दुरे जात्रा (नुवाकोट)दैवज्ञराज न्यौपानेभक्तपुर नगरपालिकाबज्रयोगिनी मन्दिरडाँफेसामग्री व्यवस्थापन प्रणालीस्थानीय तह निर्वाचन, २०७४खिम्ती-१ जलविद्युतनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीवैज्ञानिक🡆 More