गढी

प्राचीनकालमा शत्रु पक्षबाट सुरक्षाको लागि बनाइने वास्तुको नाम गढी वा किल्ला हो। यसलाई गढ, कोट र दुर्ग पनि भनिन्छ। गढी मुख्यतया ढुङ्गा आदिको चौडा पर्खालले घेरिएको त्यो स्थान हो जसभित्र राजा, सरदार (दुर्गपति) र सेनाको सिपाही (दुर्गपाल) आदि बस्ने गर्छन्। नगर, सैनिक छाउनी र राजप्रासादहरूको सुरक्षाको लागि गढीको निर्माण परम्परा अति प्राचीन कालदेखि चलिआएको छ। मानवविकासको क्रममा राज्यको अवधारणाको जन्म भएपछि राजाहरूले दरबारलाई आन्तरिक सुरक्षा र बाह्य आक्रमणबाट सुरक्षाको लागि गढीहरूको निर्माण गर्न थालेको देखिन्छ। आधुनिक युगमा युद्धको साधनहरू र रण-कौशलमा वृद्धि तथा परिवर्तन भइसकेको कारण गढीको महत्त्व समाप्त भइसकेको छ।

गढी
सिन्धुली जिल्लामा रहेको ऐतिहासिक सिन्धुलीगढी

परिचय र इतिहास

विश्वका प्राचीन सभ्यताहरूमा किल्लाबन्दी गरी सहरहरू बसाउने परम्परा थियो।सिन्धु घाटीको सभ्यतालाई नै हेर्दा त्यस समयको नगर संरचना पूर्ण रूपमै किल्लाअनुरुप बनेको प्रमाण भेटिन्छ। वैदिककालक ग्रन्थहरूमा किल्लाको अभिलेख भेटिन्छ। रामायणमा चार प्रकारको किल्लाको वर्णन गरिएको छ भने महाभारतको शान्तिपर्वको ८५औँ अध्यायमा दुर्गबारे वर्णन गरिएको छ। त्यस बखतको हस्तिनापुर ठुलो दुर्ग रहेको थियो। मनुस्मृतिमा ६ प्रकारको दुर्गहरूको वर्णन गरिएको छ-

धन्वदुर्गं महीदुर्गम् अब्दुर्गं वार्क्षम् एव वा।
नृदुर्गं गिरिदुर्गं वा समाश्रित्य वसेत् पुरम् ॥
सर्वेण तु प्रयत्नेन गिरिदुर्गं समाश्रयेत्।
एषां हि बाहुगुण्येन गिरिदुर्गं विशिष्यते ॥

— (मनुस्मृति ७.७०–७१)
  1. धनुदुर्ग — जसको चारैतिर निर्जल प्रदेश होस्,
  2. महीदुर्ग — जसको चारैतिर टेढोमेढो जमीन होस्,
  3. जलदुर्ग (अब्दुर्ग) — जसको चारैतिर जल होस्,
  4. वृक्षदुर्ग — जसको चारैतिर घना वृक्ष होस्,
  5. नरदुर्ग — जसको चारैतिर सेना होस्, र
  6. गिरिदुर्ग — जसको चारैतिर पहाड होस् वा पहाडमाथि बनेको होस्।

नेपालमा निर्माण गरिएका गढी/किल्लाहरू

अन्य देशहरूमा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गढी परिचय र इतिहासगढी सन्दर्भ सामग्रीहरूगढी बाह्य कडीहरूगढी

🔥 Trending searches on Wiki नेपाली:

कर्णाली प्रदेश सभाकर्णाली नदीरमेश खरेलकिशोरावस्थासुनवल नगरपालिकाहिमाली प्रदेश (नेपाल)अछाम जिल्लाबर्दिया राष्ट्रिय निकुञ्जतोरीभ्यागुते रोगभित्री मधेशकरतालनेपाली परम्परागत नापका इकाईतिलिचो तालनेपालमा बोलिने भाषाहरूगोपाल हमालराजविराज नगरपालिकासङ्गठनसहकारीनेपाल प्रहरीस्टकहोमजैविक खेतीकुलदेवताबजारनेपाल सशस्त्र प्रहरी बलरुरुक्षेत्र गाउँपालिकाअन्तर्वार्ताकोलोम्बिया राष्ट्रिय फुटबल टोलीमानव अधिकारनेपालमा भएका सडकहरूको सूचीभारद्वाज ऋषिरानी राजेन्द्र लक्ष्मीबनेपा नगरपालिकावडा कार्यालय (नेपाल)मिसेल ओबामागोपालप्रसाद रिमालमादलअरनिकोमोबाइल फोनटङ्कप्रसाद आचार्यमध्यवर्ती क्षेत्रपशुपतिनाथ मन्दिरसिमसारइसाई धर्मयशू ख्रिष्टयौन स्पर्शबाइसे राज्यहरूलमजुङ जिल्लालिच्छवि राज्यनयाँ वर्षसिन्धुली जिल्लामाटोदोषी चश्मा (कथा)गुजरातनेपालको राष्ट्रिय जनगणनाआगन्तुक शब्दगण्डकी प्रदेश सभासंयुक्त राष्ट्र महासभाइलाम जिल्लापूर्वीय चिन्तन परम्पराकृष्ण मन्दिरनेपालको उपप्रधानमन्त्रीमधेश प्रदेशओशोबंगलामुखी मन्दिरनेपालका वनस्पतिहरूसाङ्केतिक भाषास्वास्थ्यसन्नी लियोनरिटसीओपीडीरोल्पा जिल्लापाटन दरबार क्षेत्रकुकुरलक्ष्मीप्रसाद देवकोटा रचनासूचीवर्ण विन्यासकाठमाडौँ🡆 More