क्रिकेट विश्वकप १९८३ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको तेश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २५ जुन सम्म इङ्ल्यान्डमा भएको थियो जसलाई भारतले जितेको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । यो क्रिकेट विश्वकप सुरु देखिनी नाटकीय रहेको थियो । भारत तथा जिम्बाब्वे जस्ता टिम विश्वकप सुरु हुनु भन्दा अघि राम्रो क्रिकेट खेलीरहेका थिएनन् तर उनीहरूले वेस्ट इन्डिज तथा अस्ट्रेलिया जस्तो बलियो टिमहरूलाई हराएर सनसनी फैलाएका थिए ।
१९८३ प्रुडेन्सियल कप | |
---|---|
मिति | ९ जुन – २५ जुन |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | राउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट |
आयोजक(हरू) | इङ्ल्यान्ड |
विजेता | भारत (१औँ उपाधि) |
सहभागीहरू | ८ |
खेल संख्या | 27 |
उपस्थिति | २३२,०८१ (८,५९६ प्रत्येक खेलमा) |
अधिक रन | डेभिड गोवर (३८४) |
अधिक विकेट | रोजर बिन्नी (१८) |
म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन ।
टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।
पहिलो विश्वकप इङ्ल्यान्डको १४ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा २७ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो ।
यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिले नै गरेको निर्णय अनुसार आयोजन इङ्ल्यान्डले गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो । ८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । जसमा ७ वटा टिमले पूर्ण आइसीसी मान्यता प्राप्त गरेको थियो । (श्रीलंले हालै पूर्ण सदस्य बनाइएको थियो भने जिम्बाब्वेले १९८२ को आइसीसी ट्रफी जितेर सो मान्यता प्राप्त गरेको थियो ।)
समुह A | समुह B |
---|---|
इङ्ल्यान्ड | वेस्ट इन्डिज |
पाकिस्तान | भारत |
न्युजिल्यान्ड | अस्ट्रेलिया |
श्रीलङ्का | जिम्बाब्वे |
स्थान | शहर | क्षमता | म्याचहरु | |
---|---|---|---|---|
लर्ड्स क्रिकेट ग्राउण्ड | लन्डन | ३०,००० | ३ | |
ट्रेन्ट ब्रिज | नौटिङ्घम | १५,३५० | ३ | |
हेडिङ्ले स्टेडियम | लीड्स | १४,००० | ३ | |
द ओभल | लन्डन | २३,५०० | ३ | |
एजबेस्टन क्रिकेट ग्राउण्ड | बर्मिङगम | २१,००० | ३ | |
काउन्टी क्रिकेट ग्राउण्ड,डर्बी | डर्बी | ९,५०० | १ | |
काउन्टी क्रिकेट ग्राउण्ड,ब्रिस्टल | ब्रिस्टल | १६,००० | १ | |
काउन्टी क्रिकेट ग्राउण्ड, टाउनटोन | टाउनटोन | ६,५०० | १ | |
काउन्टी क्रिकेट ग्राउण्ड,चेल्म्सफोर्ड | चेल्म्सफोर्ड | ६,५०० | १ | |
सेन्ट हेलेन'स रग्बी तथा क्रिकेट ग्राउण्ड | स्वान्सी, वेल्स | ४,५०० | १ | |
ग्रेस रोड | लीसेस्टर | १२,००० | १ | |
ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड | म्यानचेस्टर | १९,००० | ३ | |
काउन्टी क्रिकेट ग्राउण्ड | साउथह्याम्प्टन | ७,००० | १ | |
न्यु रोड,वरकेस्टर | वरकेस्टर | ४,५०० | १ | |
नेभिल ग्राउण्ड | रोयल टनब्रिज वेल्स | ६,००० | १ |
टिम | अंक | खेलेको | जित | हार | बेनतिजा | रन रेट |
---|---|---|---|---|---|---|
इङ्ल्यान्ड | २० | ६ | ५ | १ | ० | ४.६७१ |
पाकिस्तान | १२ | ६ | ३ | ३ | ० | ४.०१४ |
न्युजिल्यान्ड | १२ | ६ | ३ | ३ | ० | ३.९२७ |
श्रीलङ्का | ४ | ६ | १ | ५ | ० | ३.७५२ |
टिम | अंक | खेलेको | जित | हार | बेनतिजा | रन रेट |
---|---|---|---|---|---|---|
वेस्ट इन्डिज | २० | ६ | ५ | १ | ० | ४.३०८ |
भारत | १६ | ६ | ४ | २ | ० | ३.८७० |
अस्ट्रेलिया | ८ | ६ | २ | ४ | ० | ३.८०८ |
जिम्बाब्वे | ४ | ६ | १ | ५ | ० | ३.४९२ |
सेमिफाइनलहरू | फाइनल | ||||||
२२ जुन - ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टर | |||||||
इङ्ल्यान्ड | २१३ | ||||||
भारत | २१७/४ | ||||||
२५ जुन - लर्ड्स, लन्डन | |||||||
भारत | १८३ | ||||||
वेस्ट इन्डिज | १४० | ||||||
२२ जुन - द ओभल, लन्डन | |||||||
पाकिस्तान | १८४/८ | ||||||
वेस्ट इन्डिज | १८८/२ |
१९८३ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल इङ्ल्यान्ड तथा भारत बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल पाकिस्तान तथा वेस्ट इन्डिज बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई ६ विकेटले हराएको थियो भने अर्को सेमीफाइनलमा वेस्ट इन्डिज ले पाकिस्तानलाई ८ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।
फाइनलमा, भारतले टस हारेर पहिले ब्याटिंग गर्ने निम्तो पायो । वेस्ट इन्डिजसँग त्यस बेला विश्वको सबैभन्दा खतरनाक बलिंग क्षमता रहेको थियो जसले कुनै पनि टिमलाई हैरान गर्न सक्थ्यो । भारतका तर्फबाट कृष्णमाचारी श्रीकान्तले ३८ रन (५७ बल) र मोहिंदर अमरनाथ २६ रन (८० बल) बनाउन सफल रहे । यिनिहरुद्वारा बनाइएको योगको आधारमा भारतले अन्तत: १८३ रन बनाउन सफल रहयो । भारत सस्तैमा आउट भएपछि भारतीय कप्तान कपिलदेवले भनेका थिए यो टिमले बनाएको रन यदि जितको लागि पर्याप्त छैन भने पक्कै पनि यो एउटा जितको बचाव गर्न सकिने रन हो जुन पछि गएर एउटा प्रसिद्ध उदघरण बन्न पुग्यो । भारतीय इनिंगमा जम्मा ३ छक्का प्रहार भयो जसमा एउटा श्रीकान्त, अर्को सन्दिप पाटिल र मदन लालले प्रहार गरेका थिए ।
भारतले जवाफी बलिंग गर्दा पिच तथा वातावरणको फायदा उठाउदै त्यस समयको बलियो वेस्ट इन्डिजलाई ५२ ओभरमा १४० रनमै सिमित गरेपछि भारतको लागि जित एतिहासिक तथा अबिश्वशनीय बन्न पुग्यो । भारतको तर्फबाट अमरनाथ र मदन लाल ३-३ विकेट लिएपछि वेस्ट इन्डिज सस्तैमा आउट भएको थियो । अमरनाथलाई म्यान अफ द म्याच उपाधि प्रदान गरिएको थियो । सन् १९८३ को विश्वकपमा पनि म्यान अफ द सिरिज को ब्यबस्था थिएन ।
|
|
This article uses material from the Wikipedia नेपाली article १९८३ क्रिकेट विश्वकप, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.