स्वामी प्रपन्नाचार्य

डा स्वामी प्रपन्नाचार्य हिन्दु धर्मका एक महान् सन्त थिए। वि.सं.

१९८० मा नेपालको पाँचथर जिल्लामा जन्म लि ३० वर्ष सम्म काले राई नाम जानिएक उनी विद्याका लागि बनारस गएर वेदान्त विषयबाट विद्यावारिधि प्राप्त गरेका थिए।

स्वामी प्रपन्नाचार्य

जीवनी

पाँचथर जिल्लाको लालीखर्क वरडाँडामा वि.सं. १९८० मा जन्मिएका प्रपन्नाचार्य सुरुमा काले राई नामले चिनिन्थे। ३० वर्षका छँदा उनी अध्ययनका लागि भारतको बनारस गएका थिए। बनारस संस्कृत विश्वविद्यालयबाट वेदान्त शास्त्र विषयमा आचार्य र विद्यावारिधि गरेका उनी सन्यास ग्रहण गरी स्वामी प्रपन्नाचार्य भएका हुन्। उनका प्रकाशित पुस्तक यसप्रकार छन् :

निधन

डा स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा २०७२ भदौ ४ गते बिहान पशुपतिको मृगस्थलीमा निधन भएको थियो।

पुस्तकहरू

    १.सम्मार्ग दर्शन (०३३)
    २.प्रचीन हिन्दुविज्ञान (२०३६)
    ३.वेदमा के छ ?(२०३७)
    ४.पद्मस्मृति ग्रन्थ (सं.२०४०)
    ५.किराँतहरू मङ्गोलियाबाट आएका शरणार्थी होइनन् (२०४७)
    ६.भावामृत व्याख्या (सं.२०४९)
    ७.काले राईका क्वाँटी कविता (२०५०)
    ८.प्राचीन किराँत इतिहास (२०५१)
    ९.मानव अधिकार हनन के हो ? (२०५१)
    १०.कार्तविर्योदय महाकाव्य (सुकृतिदत्तकृत सं. २०५१)
    ११.योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४)
    १२.महागुरु फागुनन्द सरस्वती सत्यहाङ्माको जीवनी (२०५४)
    १३.संक्षेपमा मेरो जीवनयात्रा (२०५९)

विद्याक्षेत्र

खोज, अनुसन्धान र विवेचनामा रुचि राख्ने विद्वान् प्रपन्नाचार्यले नेपाली जनजीवनमा प्रचीन आर्यदर्शन प्रस्तुत गर्ने कार्यमा निकै ठुलो योगदान गरेका छन्। संस्कृत, नेपाली र हिन्दी तिनै भाषामा उनका गहन ग्रन्थहरू छन्। गुणराज, पाणिनी, आदि शंकराचार्य, ज्ञानविज्ञान आदि पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित प्रपन्नाचार्य हाम्रो हिन्दु धर्मसंस्कृति आधुनिक विज्ञानसँग समन्वित छ भन्ने विचार व्यक्त गर्दछन्। उमेरमै घर छाडेर तपस्वी जीवन बिताउने प्रपन्नाचार्यले वेदमा विद्यावारिधि गरेर ब्राह्मणले मात्र वेद पढ्नुहुन्छ भन्ने कुरालाई असत्य प्रमाणित गरिदिएका छन्। यसरी हेर्दा उनी ब्राह्मणका पनि ब्राह्मण हुन्।

सन्दर्भ सामग्रीहरू

ढाँचा:स्रोत

बाहिरी लिङ्कहरू

Tags:

स्वामी प्रपन्नाचार्य जीवनीस्वामी प्रपन्नाचार्य निधनस्वामी प्रपन्नाचार्य पुस्तकहरूस्वामी प्रपन्नाचार्य सन्दर्भ सामग्रीहरूस्वामी प्रपन्नाचार्य बाहिरी लिङ्कहरूस्वामी प्रपन्नाचार्यहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

नागरिकमाउसस्वस्थमहानगरपालिकास्थानीय तहमिडियाविकीसौराहा, चितवनसंस्कृतिस्वरोजगारतुलसीमधुमेहविकिमिडिया फाउन्डेसनथारू संस्कृतिस्नातक तहगोरखा जिल्लाकारकनेपालका राष्ट्रिय निकुञ्जहरूनेपालको इतिहासअफ्रिकानेपालको प्रशासनिक विभाजनसमासस्वास्थ्यक्रिकेटलोक सेवा आयोग (नेपाल)भेडाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालका जिल्लाहरूकुकुरनेवारी भाषाखस जातिनेपाल नागरिक उड्डयन प्राधिकरणसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेओमी हेरिसनेपाली चलचित्रहरूको सूचीलोकगीतमहर्जनसङ्घीयताहोलीअधिकारीरूसद्वारा क्रिमियाको बिलयफ्रान्सेली राज्यक्रान्तिखनिजगगन थापादोस्रो विश्व युद्धकोदोबृहस्पति ग्रहलागत लेखाविधिशाह वंशसिद्धिचरण श्रेष्ठप्रजनन स्वास्थ्यनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसमाजजयपृथ्वीबहादुर सिंहबजारनेपालका गाउँपालिकाहरूभिटामिनअस्ट्रेलियाबसाइँ सराईमाटोअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनएचटिएमएलसुर्खेत जिल्लानेपाल सम्वत्सुदूरपश्चिम प्रदेश सभाअन्तिम संस्कारआन्ध्र महासागरध्यानबिन्दु उपनिषदशनिग्रहविश्वका प्रमुख शासन प्रणालीबीमानेपालका प्रदेशहरूवासुदेव त्रिपाठीनेपाली लेखकहरूको सूचीनेपालमा महिला अधिकारबालश्रममाचू पिचू🡆 More