वेदान्त: वेदको सारांश लेखिएको ग्रन्थ

वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यसको मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो , त्यसैले यसलाई वेदान्त भनिन्छ । कर्मकाण्ड र उपासनाको मुख्यत: वर्णन मन्त्र र ब्राह्मणमा छ , ज्ञानको विवेचन उपनिषदमा 'वेदान्त'को शाब्दिक अर्थ हो। 'वेदको अन्त'अथवा सार ।

संस्कृत भाषामा सनातन धर्म भनेर चिह्निएको हाम्रो हिन्दू धर्म वा हाम्रो जीवन पद्धतिलाई यसका अनुयायीहरूले ” वैदिक सनातन वर्णाश्रम धर्म ” पनि भन्ने गरेको पाइन्छ | यसो भन्नुको पछाडिको तर्क यसको शुरुवात मानव उत्पत्ति भन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो | त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक ,पौराणिक परम्परा र संस्कृतिहरूको सम्मिश्रण मानिएको हो | अन्य धर्म, जस्तो हिंदू धर्मभित्र कोही संस्थापक रहेका छैनन् | यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा ,उपासना पद्धति ,मत, सम्प्रदाय , दर्शनहरु हुर्किएको पाइन्छ | यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवाद्लाई पृष्टपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म , हिंदू धर्म , वैदिक धर्म , हिंदू आगम आदिजस्ता अनेकौँ नामले चिह्नाउँदै आइएको छ | यसले आफुभित्र थुप्रै दर्शनहरुपनि हुर्काउन सकेको छ |आजको दिनमापनि यसभित्र वैदिक र लौकिक संस्कृत भाषामा लेखिएका शास्त्रीय वाङ्गमयहरूको विशाल भण्डार रहेको छ | इतिहाँसको विभिन्न कालखण्डमा आतंककारीहरूको उपध्रोमा परी यसले आफ्ना थुप्रै अमूल्य हस्तलिखित ग्रन्थहरु गुमाएको तितोसत्य भोगेको भएपनि झन्डै १३०० प्राचिन हस्तलिखित ग्रन्थहरु आजपनि यसका ढुकुटी भित्र जिउँदा रहेका छन | हाम्रो वोलिचालीमा यिनै ग्रन्थहरु शास्त्र कहलिन पुगेका हुन | यहाँ शास्त्रको अर्थ हाम्रो जीवन पद्धतिका (धर्म) गूढ़ तत्त्वहरूलाई ब्याख्या गरेको अर्थमा हो | ती धर्म शास्त्रहरूको निचोडको रूपमा थुप्रै दर्शन शास्त्रहरूको उदय हुनपुगेको छ |

सनातन हिंदू पद्धतिले धर्म शास्त्रलाई कर्मपरक मानेको छ भने दर्शनशास्त्रलाई ज्ञानपरक ठानेको छ | यी दुईभित्र हाम्रो आध्यात्म विधालाई विचार्ने ‘मोक्षशास्त्र रहेको छ , यसका ज्ञानहरूलाई मीमांसा गर्ने प्रमाण शास्त्र हुनपुगेको छ | ती दुबैलाई गतिलोगरी विचार्ने दर्शनशास्त्र रहेको छ | त्यसैले हाम्रो परिप्रेक्ष्यमा हाम्रो जीवन र हामी हुर्किएको जगतको त्यो दर्शनसँग अटूट सम्बन्ध रहेको मानिएको हो | हाम्रो यो सम्बन्धलाई अन्वेषण गरेर चिरफार गर्नेकाम मानव जीवनले गर्दै आएको हो | हाम्रो जीवनको सैद्धानितक स्वरुप त्यही दर्शनले विश्लेषण गरेको हो | जीवन र जगतको मीमांसा गर्नु यी दर्शनहरूको उद्देश्य हो | हामी को हौँ ? ,कहाँबाट आयौ ? किन आयौं ? जस्ता सूक्ष्म जिज्ञासा र त्यसभित्र रहेको ज्ञानको खोजीगरी बुझ्ने प्रयाश गर्दा ती दर्शनहरूको उत्पत्ति हुन पुगेको हो | यी दार्शनिक चिन्तनका दृषिटकोणहरु बेग्ला बेग्लै रहेका छन | त्यसले गर्दा ती विचारहरूको विश्लेषण गर्दा अनेकौँ पद्धतिहरूको जन्म हुन पुगेको हो | यसैबाट विभिन्न दार्शनिक सिद्धान्त र सम्प्रदायहरु बन्न पुगेको छ | तर , जस्तो भएपनि वेद शब्द जस्तै यी दर्शनहरूमापनि ठूलो ज्ञानपरम्परा हुर्किएको छ , त्यो नै यथार्थ हो |

हाम्रो धर्ममा दार्शनिक चिन्तन गर्ने परम्परा ज्यादै प्राचीन हो | यसको मूल तत्व ईश्वर, जीव, प्रकृति, श्रृष्टि ,उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि रहेको छ | यो दर्शन शास्त्र भनेको यस ब्रह्माण्डको परम सत्य र प्रकृतिका सिद्धान्तहरु ,त्यसका कारणहरूको ब्याख्या गरेको ग्रन्थहरु हो | यो ब्याख्या दृष्टिकोणको रूपमा रहेको छ | यहाँ दार्शनिक चिन्तन भन्नाले मानव जीवन र जगतको खोज हो अनि दर्शनशास्त्र भनेको चाहीं यस प्रकृति ,समाज ,मानव चिंतन तथा ज्ञान प्रक्रियाहरु संगालिएको नियमहरूको विज्ञान हो | भन्नुको अर्थ दर्शनशास्त्र भनेको खासमा हाम्रो सामाजिक चेतना हो | यसै वैदिक दर्शनलाई फिलोसफीको रूपमा पाइथागोरसले र विशिष्ट अनुशासन र विज्ञानको रूपमा प्लेटोले ब्याख्या गरेका थिए |

षड् दर्शन र वेदान्त दर्शन भनेको के त ?

अब एकछिन , षड् दर्शन र वेदान्त दर्शन भनेको के हो त्यो विचार गरी हेरौं | सनातन धर्म भित्र विभिन्न समयमा विभिन्न व्यक्तिहरूले यसका परम्परा ,स्थिति र ज्ञानलाई आ-आफ्नो दृष्टिकोणहरूमा खारेर विश्लेषण गरेका थिए | त्यै विश्लेषण षड्दर्शनको रूपमा जन्मिन पुग्यो | यसको अर्थ षड्दर्शन हाम्रो दार्शनिक एवं धार्मिक विचारहरु मंथन गरिंदा उम्रिन पुगेको हो , जसलाई हजारौं वर्षको मिहिनेतले जन्माएको हो भन्नुपर्ने हुन्छ | यसलाई वैदिक दर्शन वा आस्तिक दर्शनपनि भन्ने गरिएको छ , तर , यो वेदान्त दर्शन चाहीं होइन | यसका प्रणेताहरु हुन् – पूर्व मीमांसा: महिर्ष जैमिनी ( जैमिनिघाट,ठेउला खोला बागलुङ्ग ) , २ वेदान्त (उत्तर मीमांसा): महिर्ष बादरायण (दमौली,तनहुँ ) ३ सांख्य: महिर्ष कपिल (कपिलवस्तु ) ,४ वैशेषिक: महिर्ष कणाद ५ न्याय: महिर्ष अक्षपाद गौतम (गोतम)( विदेह्स्थान ,जनकपुर ” विदेहोऽथ माधवोऽग्निवैश्वानरमुखे बभार। तस्य गोतमो राहुगण ऋषि: पुरोहित आस। (श.ब्रा.. ४ .) ६ योग: महिर्ष पतंजली | त्यतिखेर वैदिक ज्ञानलाई चिह्नाउन दुईटा प्रयाश गरिएको थियो १. दर्शनशास्त्र २. ब्राह्यण र उपनिषदादि ग्रन्थ | ब्राह्यण (ब्र्ह्मलाई चिह्नाउने सामर्थ्य दिने ग्रन्थ ब्राह्मण भनिएको ) र उपनिषदादि ग्रन्थहरूले आ आफ्नो विषय वस्तुहरूलाई प्राचिन ऋषि महर्षिहरूले आफ्ना शिष्य, श्रद्धावान र जिज्ञासुहरूलाई मूल वैदिक ज्ञान सरल भाषामा बुझाएका छन् | यो कुरो आइन्सटाइनको Theory of Relatively जस्तै छ | जसरी आइन्सटाइनको भनाइलाई कसैले कुनै अन्य प्रमाणहरु नै नखोजी स्वीकार गर्दछ भने कसैले आइन्सटाइनको कुरो सत्य र ठिक हो भंनेकुरो पत्याउँदैनन ,अली अनकनाउछन् ,र त्यसलाई प्रमाणित गर्नु पर्ने तर्क खोज्दछन त्यसरी नै वेदको ज्ञानलाई तर्क दिएर सम्झाउन माथी उल्लेख गरिएको छ ओटा दर्शन शास्त्र लेखिएको छ । जसले मूल वेदको ज्ञानलाई आ आफ्नो तर्क दिएर पुष्टी गर्ने प्रयाश गरे | प्रत्येक दर्शन शास्त्रको आ आफ्नै विषयवस्तु रहेको छ | जसरी भौतिक विज्ञान (Physics) मा Newtonian Physics, Magnetism, Atomic Physics, इत्यादि रहेको छ | दर्शन शास्त्र सूत्र रूपमा लेखिएको छ | प्रत्येक दर्शनले त्यो दर्शन लेखिनुको उद्द्येश्यहरु आफ्नो प्रथम सूत्रमा दर्शाएका छन् र त्यो उद्द्येश्यको पूर्ति गर्ने सूत्र चाहीं त्यसग्रन्थको अन्तमा बताएका छन | वैदिक ज्ञान समेटिएको ग्रन्थ भगवद्गीता हो जसको लेखिने आधार वेद, उपनिषद र दर्शन शास्त्रनै हो |

भगवद्गीता २-३९ र १३-४ मा भनिएको छ


एषा तेऽभिहिता सांख्ये बुद्धिर्योगे त्विमां श्रुणु।

बुद्धया युक्तो यथा पार्थ कर्मबन्धं प्रहास्यसि।। गीता २-३९


हे अर्जुन ! यो बुध्दि(ज्ञान) जसलाई मैले सांख्य दर्शन अनुसार भने , अब यही कुरो म तिमीलाई योग दर्शन अनुसार भन्दैछु | यो ज्ञान हृदयंगम गरेर तिमी आफ्नो कर्म बन्धनलाई समूल नष्ट गर्न सक्दछौ |


ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविषै: पृथक्। ब्रह्यसूत्रपवैश्चैव हेतुमदिभर्विनिधैश्चितै:।।४।। गीता १३-४


प्रमाण , विचार, सृष्टिमीमांसा र मोक्षसाधना षड्दर्शनको विषयवस्तु हो | यी छ दर्शनहरु सबैले कुनै न कुनै रूपमा आत्मालाई स्वीकारेका छन | यसअनुसार आत्माको निवृत्तनै मोक्ष हो | पुनर्जन्म, आचार, योग आदि यी दर्शनले स्वीकारेका विषय वस्तुहरु हुन | न्याय, योग जस्ता केही दर्शनले ईश्वरलाई स्वीकारेको छ , तर सांख्य र मीमांसा दर्शनले ईश्वरलाई स्वीकारेको छैन |


अब वेदान्त दर्शन भनेको के हो ? त्यो बुझ्ने प्रयाश गरी हेरौं | वेदान्त दर्शन भनेको वेदको अन्त र त्यसले प्रतिपादन गरेको सिद्धान्त हो | कस्तो सिद्धान्त ? भन्दा त्यस्तो सिद्धान्त जस्कालागि उपनिषद् ग्रन्थहरुनै प्रमाणको रूपमा रहेको छ | यहाँ बुझ्नु पर्ने के हो भने -वेदान्तमा उल्लेख गरिएका कुराहरूको मूल उपनिषद् हो | यसैकारण वेदान्त दर्शनकालागि तिनै सिद्धान्तहरु मननीय मानिन्छन , जुन सिद्धान्त उपनिषदमा आधारित भएको हुन्छ अर्थात उपनिषद्लाई आधार बनाएर महर्षि बादरायणले जुन ब्रह्मसूत्रको रचना गरेका थिए त्यसका सूत्रहरु मूल उपनिषदमा भएकोले उपनिषद्लाई सबै दर्शनहरूको मूल सिद्धान्त भनिएको हो | यहाँ वेदान्तको शाब्दिक अर्थ हो – वेदको अन्त वा वेदको सिद्धान्त वा वेदको सार | सनातनीले जोगाएर राखेको कर्मकांड र उपासना पद्धतिको वर्णन वेदको मंत्र संहितामा र ब्राह्मण ग्रन्थहरूमा रहेको हुन्छभने वेदभित्र रहेका अध्यात्मिक ज्ञानहरूको वर्णन चाहीं उपनिषदहरूमा रहेको छ | यसर्थ वेदान्त शास्त्रकालागि ती सिद्धान्तहरूमात्र मननीय हुन मानिन्छन जसलाई उपनिषदले प्रमाणित गर्न सक्छ वा प्रमाणित गरेर ल्याएको छ | त्यसैले उपनिषद्लाई सबै वैदिक दर्शनहरूको मूल सिद्धान्त मानिएको हो | उपनिषद् भित्र रहेको वेदान्त दर्शनलाई ज्ञानयोगको एउटा शाखा भनेर मान्ने गरिन्छ भने त्यो ज्ञानयोगले कुनैपनि व्यक्ति विशेषलाई ज्ञान प्राप्तिकोलागि उत्प्रेरित गर्ने गर्दछ | उपनिषद् भनेको वेद र अरण्यक ग्रंथहरूको सार हो भने दर्शन भनेको हाम्रो जीवन र जगतको परमसत्यहरूको प्राकृतिक सिद्धान्त र त्यसका कारणहरूलाई कोट्याएर विश्लेषण गरेको सिद्धान्त हो | दर्शन कुनैपनि विषयवस्तुहरूको यथार्थता थाहा पाउन सकिने प्रारम्भिक दृष्टिकोण हो | मानव जीवनको मूलअर्थ खोज्नु दार्शनिक चिन्तनको एकमात्र लक्ष हो | हाम्रो सनातनी दर्शन र अंग्रेजको ‘फिलोसफी’ (Philosophy) एउटै कुरो होइन , यी नितान्त वेग्लावेग्लै कुरो हुन | किनभने , दर्शनले जीवनको ,भोगेको विषय वस्तुको, तत्वज्ञानको यथार्थता वोध गराउँदछ भने फिलोसफीले विभिन्न विषय वस्तुहरूको साधारण विश्लेषण मात्र गर्न सक्दछ | हाम्रो दर्शनले हाम्रो चेतनाको र चेतनास्तरको मीमांसा अर्थात गम्भीर मनन र विचार विमर्श गरेको हुन्छ ,जुनकुरो पाश्चात्य फिलोसफीले अलिकतिपनि समेट्न सकेको देखिन्न |

वेदान्त र ज्ञान योग

वेदान्त ज्ञानयोगको त्यस्तो हाँगो हो ,जसले मान्छेलाई आध्यात्मिक ज्ञान प्राप्तिकोलागि उक्साउँछ | माथि उल्लेख गरे अनुसार यसको मुख्यश्रोत उपनिषद हो र त्यो उपनिषद् भनेको वैदिक ग्रन्थ र आरण्यक ग्रंथहरूको सार हो | त्यै उपनिषद् वैदिक साहित्यहरूको अंतिम भागपनि हो | त्यसैले यसलाई वेदान्तपनि भन्ने गरिएको हो | वेदान्तका शाखाहरु अद्वैत, द्वैत, विशिष्ठाद्वैत, द्वैताद्वैत, विशुद्धाद्वैत र अचिन्त्य भेदाभेद भनेर चिह्निएका छन | आदि गौणापाद, शंकराचार्य, रामानुजाचार्य, माधवाचार्य, निम्वाकाचार्य, वल्लाभाचार्य, चैतान्यदास आदि यसका प्रवर्तक मानिएका छनभने यसका ज्ञानयोगका अन्य शाखाहरूको प्रवर्तकमा भाष्कर, वल्लभ, चैतन्य, निम्बारक, वाचस्पति मिश्र, सुरेश्वर र विज्ञान भिक्षु आदि रहेका छन | यसवाहेक आधुनिककालका केही वेदान्तीहरु रामकृष्ण परमहंस, विवेकानंद, अरविंद घोष, शिवानंद र रमण महर्षि आदिहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएकाछन | शुरुशुरुमा उपनिषदकोलागि मात्र ‘वेदान्त’ शब्दको प्रयोग गरेको देखिएपनि पछिपछि त्यै उपनिषदलाई आधार मानिंदा जुनजुन विचारहरूको विकास भएर गयो त्यसलाई पनि ‘वेदान्त’ नै भन्न थालिएको पाइन्छ |

उपनिषदलाई ‘वेदान्त’ शब्द प्रयोग गर्ने ३ वटा आधारहरू

  1. पहिलो, उपनिषद् ‘वेद’को अन्तमा आउने हुँदा, वेद भानिंदा वैदिक संहिताहरु भन्ने बुझिन्छ, जसमा ऋक्, यजुः, साम तथा अथर्ववेद पर्दछन | त्यसपछि ब्राह्मण, आरण्यक तथा उपनिषद् आउँछ | यी उपनिषदहरु वैदिक साहित्यको अन्तमा पर्न गएकोकारण यिनीहरूलाई वेदान्त भनिने गरिएको हो |
  2. दोश्रो, वैदिक साहित्यमा उपनिषदकोपालो पछिमात्र आउने हुँदा, वैदिककालतिर गृहस्थाश्रममा प्रवेश गरेपछि गृहस्थोचित यज्ञादि कर्मगर्न ब्राह्मण-ग्रन्थ पढाइने गरिन्थ्यो | अनि, वानप्रस्थ या संन्यास आश्रममा पुगेपछि उसलाई आरण्यक ग्रन्थको आवश्यकता पर्दथ्यो | ती मान्छेहरु वनमा बसेर जीवन ,जगतको कुरोहरु बुझ्ने गर्दथे | उपनिषद्को अध्ययन तथा मनन त्यतिखेरै खुवै हुने गर्दथ्यो |
  3. तेश्रो, उपनिषदहरूमा वेदको ‘अन्त’ अर्थात् वेदका विचारहरूको परिपक्व स्वरूप रहेको हुँदा वेद-वेदांग आदि सबै शास्त्र पढेपनि उपनिषदहरूको शिक्षा प्राप्त नगरेसम्म मान्छको ज्ञान पूर्ण आर्जन गर्नसकेको मानिन्थेन | त्यसकारण सबै उपनिषद् ग्रन्थहरूले वेदान्त शाखाको प्रतिनिधित्व गर्ने गर्दछन भन्ने गरिएको हो |

हाम्रो सनातन हिन्दूधर्ममा वेदान्तका विशेषताहरूलाई कोट्याउने ज्यादैलामो परम्परा रहेको पाइन्छ | वेदान्त दर्शनलाई नेपाली सनातन हिंदू समाजले ब्रह्म सूत्रपनि भन्ने गरेको छ | ब्रह्मसूत्र भनेको छुट्टै पदावलीको प्रयोग हो ,जसले , हाम्रै सत्य सनातन वैदिक ग्रन्थलाई जनाउँछ | यसमा विगतका हाम्रा विभिन्न आध्यात्मिक व्यक्तित्वहरूले प्रतिपादन गरिदिएका विभिन्न सूत्रहरूको ब्याख्या गरिएको छ | तेश्रो शताव्दी अघिदेखि यसका विशेषताहरु औंल्याउन , केलाउन र प्र्ष्ट्याउन , विभिन्न व्यक्तिहरूले , विभिन्न धार र विचारहरु प्रतिपादन गरेका छन् | यत्रोलामो समयावधिमा कस्ता कस्ता पूर्वाचार्यहरु जन्मिए ? तिनले कस्तो कस्तो दर्शन र मान्यताहरु अघि सारे ? हाम्रा ती व्यक्तित्वहरूले आत्मा ,परमात्मा र मायाँलाई प्रष्ट्याउन सम्बन्धमा कस्तो सिद्धान्त राखे , कस्तो मान्यता प्रतिपादन गरे ? भन्ने कुराहरूको निचोडनै अद्वैत ,द्वैत ,विशिष्ठ अद्वैत , द्वैताद्वैत ,विशुद्ध अद्वैत र अचिन्त्य भेदाभेद वेदान्त दर्शन हो | आदि शंकराचार्य , रामानुजाचार्य , निम्वकाचार्य , माधवाचार्यले , वल्लभाचार्य ,चैतन्य महाप्रभु यसका प्रवर्तकहरु हुन |

(१) अद्वैत

अद्वैतको शाब्दिक अर्थ, ब्रह्म र जीव दुईटा कुरो जस्तो बुझिएपनि तिनको सत्ता एक हो, भन्ने हो | यो त्यस्तो दार्शनिक शब्द हो जसलाई गौणपादले चलाए, आदि शंकराचार्यले उनको अनुवर्ती भएर प्रसार गरे | आजको सनातनी हिन्दू संसारमा त्यै व्याख्या अद्वैतवादको नाउँले चिह्निंन सकेको छ | यस मतले एउटामात्र ईश्वरीय सत्ता देख्तछ, जसलाई भन्ने गरिन्छ – ब्रह्म | यस मतमा प्रत्येक आत्मा ब्रह्मसंगै रहेको हुन्छ, त्यसैले मूल रूपमा त्यो ब्रह्मलाईनै आत्मा भनेर स्वीकारिएको हुन्छ | यसको भनाईमा हामी भित्रको अज्ञानले यस्तो कुरोलाई दुईटा देख्ने गरेको मात्र हो | किनभने ज्ञान प्राप्त गरेपछि मात्र, हाम्रो आत्माले आफ्नो मूल स्वरूप ब्रह्मलाई प्राप्तगर्न सक्ने अवस्थामा पुग्दछ | आदि शंकराचार्यले मायाँको अस्तित्वलाई कुनैपनि अर्थमा, कुनैपनि स्वरूपमा स्वीकारी दिएनन, त्यसलाई पटक्कै वास्ता गरेनन | उनको तर्कमा मायाँ भन्ने चिज, एकदमै झूठो चिज हो | उनको भनाईमा " मायाँ " एक किसिमको इल्यूज़न(illusion) मात्र हो | हाम्रो अज्ञानताको कारणले गर्दा हामीले त्यसलाई बोध गर्न सकेका हौँ | किनभने मान्छेले ज्ञान प्राप्त गर्न थालेपछि त्यो “मायाँ” आफै हराएर जान्छ | एउटै परमसत्ताको कुरो गरेर सबैलाई एउटैमा समेटने दर्शन नै अद्वैतवाद हो (Non -Dualism) | ब्रह्म सत्य, जगत मिथ्या

यस सिद्धान्तमा ब्रह्म मात्र सत्य हो | कुनैपनि जीव, ब्रह्म भन्दा अलग हुने सक्दैन | यो नामरूपात्मक जगत् झूठो हो | ब्रह्ममात्र सत्य हो | त्यसैले एउटा ब्रह्मलाई मात्र सत्य मान्ने विचारधारा अद्वैतवाद भनिएको हो र यसैलाई वेदांतपनि भनिएको हो | अहम ब्रह्मास्मि, ‘सर्वं खल्विदं ब्रह्म’ (यो सबै ब्रह्म हो), तत्वमसि (तत् त्वम् असि), तिमी (जीव) त्यो (ब्रह्म) जस्ता महावाक्यले ब्रह्म अद्वैतताकै पुष्टि गर्न पुगेको हो | उपनिषद अनुसार महर्षि बादरायणले ब्रह्मसूत्रको रचना गरेका थिए र उनैले त्यसमा अद्वैतवादको प्रतिपादन गरिदिए | ब्रह्म सूत्रपछि गीताले ब्रह्मतत्वको विश्लेषण गर्‍यो | त्यसैले यी तीनै ग्रन्थलाई प्रस्थानत्रयी भनेर चिन्ने गरियो | बादरायणपछि यस मतका झन्डै एक दर्जन विद्वानहरू देखिए तर शंकराचार्यको ठाउँ कसैले ओगट्न सकेनन | एकमात्र स्थायी सत्ता भएको कारण, यो ब्रह्म भन्ने चिज निर्गूण, निराकार, अनादि, निरंजन, अद्वितीय र सर्वव्यापक मानिएको छ | यसमा मायाँ भन्ने चिज जतिखेर मिसिन पुग्दछ, त्यतिखेर त्यो निर्गूण ब्रह्म ईश्वर भनिन पुग्दछ र त्यै ईश्वर यस सृष्टिको कारण कहलिन्छ | यसरी ईश्वर ब्रह्मको अभिन्न अङ्ग हुन् पुग्दछन | उनको भनाइमा यो नामरूपात्मक जगत् हाम्रो इन्द्रियले देख्न सक्छ, ब्रह्मको सत्तालाई ब्रह्म तत्वद्वारा हेरेर त्यसको यथार्थता थाहापाउन सकिन्छ | तसर्थ शंकराचार्यको मतमा यो जगत झूठो भनिएको हो | मायाँ यो नामरूपात्मक, दृश्यात्मक जगत् रुपी ब्रह्मको विकार हो | ब्रह्म तत्वलाई भ्रामक बनाई त्यसमा परिवर्तन गराउन खोज्नु नै विकार हो | त्यतिखेर शंकराचार्यले बौद्ध र जैन दर्शनको खुबै विरोध गरे | किनभने, उनीहरूको त्यो अद्वैतवादी दर्शनले वर्ण-व्यवस्थाको समर्थन गरेको देखिएको थियो |त्यसैले शंकराचार्य ज्ञान र निर्गुण ब्रह्मको उपासना तिर मात्र केन्द्रित हुन पुगे | उनले ईश्वरलाई शिव रूपमा चिह्नाए, जन-साधारणलाई शैव उपासना सिकाएर ज्ञानमार्ग द्वारा एकेश्वरवादमा छिर्न बाटो देखाए | शुरुशुरुमा यो अद्वैतवादका सर्जक गौणपाद (तेश्रो शताव्दी) मानिएपनि तिनका अनुवर्ती आदि शंकराचार्य (जम्मा वत्तिस वर्षको आयुमा मृत्यु वरण गर्ने शंकराचार्य, (जन्म ७८८ - मृत्यु ८२०)ले यस दर्शनलाई उचाइमा पुर्याउन सकेकोले उनैलाई अद्वैत्वादको मर्मज्ञ मानिएको छ | त्यसैले उनलाई शिवजीको पूर्णावतार मानिएको हो | 

(२) द्वैत

यस दर्शनका प्रवर्तक १२ औँ शताव्दीका रामानुजाचार्य हुन् | यसलाई विशिष्टाद्वैत वेदान्तपनि भन्ने गरिएको छ | इनले एउटा ब्रह्मको कुरो स्वीकारेका छन्, तर, उनको भनाईमा एउटा वृक्षको हाँगाबिङ्गा, पात, फूल, फलपनि हुन्छन जुन समग्रमा हेर्दा त्यस वृक्षका बेग्ला बेग्लै अङ्ग हुन् | यो कुरो स्विकार्दा एउटै रुखमा धेरै विविधता रहेको भेटिन्छ | त्यसरीनै एउटै परमेश्वरको जीव (आत्मा )र मायाँ, परमात्मा आदि शब्दहरु ती परमेश्वरका विशेषण हुन, अझ भनौं विशिष्ठ गुणहरू हुन | त्यसैले यस दर्शनको नाउँ विशिष्ठ अद्वैतवाद राखिएको हो, जसलाई पश्चिमा समाजले Qualified Non -Dualism भन्ने गरेका छन | यो दर्शनले मायाँलाई झूठो भन्दैन | यस दर्शनले ब्रह्म सत्य हो भने मायाँपनि सत्य हो भन्ने गर्दछ |

(३) द्वैताद्वैत

१२ औँ शताव्दीमा माधवाचार्य भन्ने सन्त देखा परे, जसले पाँच किसिमको द्वैतवादको कुरो गरे (Five Dualities)

  1. पहिलोकुरा, माधवाचार्यको भनाईमा प्रत्येक मान्छे भित्र दुई किसिमको आत्मा हुन्छ | तर, त्यो आत्माहरू स्वरुप एक नासको हुँदैन | एउटा मूक्त हुँदा अर्को बन्धनमै रहेको हुन्छ | भन्नुको अर्थ, हरेक आत्माले आफ्नो स्वभाव अनुरुप संस्कार पाएको हुन्छ | त्यसैले तिनको स्वभाव वेग्ला वेग्लै भएको ठानिन्छ |
  2. दोश्रोकुरा, उनले मायाँ (Material energy) र आत्मा विच फरक देखाए | उनको भनाईंमा मायाँ जड़ हो, यसमा भौतिक उर्जा हुने गर्दछ | तर, आत्मा जीव हो, चैतन्य हो अर्थात चेतनाको स्तर हो |
  3. तेश्रोकुरा, उनले त्यो मायाँमा पनि फरक देखाए | उनको विचारमा जसरी हामीले केहीकुरा आफ्नालागि खाद्य र अखाद्द भनेर छुट्ट्याउछौं त्यसरी नै समस्त भौतिक उर्जाका स्वरुपहरू हाम्रालागि फरक फरक हुन पुग्दछन् |उनको तरका यदि त्यस्तो नभएको भए मान्छेले माटो नि खाने थियो |
  4. चौथोकुरो, उनको भनाइमा मायाँ र ब्रह्म बीच द्वैधभाव (द्वैत) रहेको हुन्छ | परमात्मा सर्व शक्तिमान रचनाकार (Creator) हुन भने मायाँ तिनको शक्ति (Energy) हो | परमात्मा सनातन सत्य हो | ज्ञान र आनंदको सागर हो | कोईपनि मान्छेले मायाँको शक्ति परमात्माबाट पाउँछ तसर्थ परमात्मा मायाँको आश्रय स्थल हो |
  5. पांचौकुरो, उनको भनाईमा, आत्मा र परमात्मा बेग्ला बेग्लै कुराहरू हुन् | आत्मा मायाँसङ्ग आवद्ध रहेको हुन्छ | अनि, परमात्माले मायाँमाथि शासन गरेको हुन्छ | आत्मा ज्ञान स्वरूप हो, तर, उसको ज्ञान सँधै सीमित हुन्छ | आत्मा सर्वज्ञ (सर्वज्ञाता) हो | आत्माको चेतना (चेतन तत्व) एउटै शरीरमा मात्र हुन्छ भने परमात्मा सर्वत्र अर्थात सारा सृष्टिमा व्याप्त रहेका हुन्छन | आत्माले शान्ति र आनंद खोज्ने गर्दछ, तर, परमात्मा सँधै स्वयं आनंन्दित भई रहन्छ | त्यसैले आनंदलाई परमात्माको नाउँले पुकारिएको हो | जहाँ आनंद हुन्छ, त्यहाँ परमात्माको वास हुन्छ | यो आनन्द कहिल्यै सीमित हुन्न, सँधै असीमित रहन्छ | परमात्मा यो संसारको होइन, त्यो संसारको हो | त्यसैले भगवान कृष्ण भन्दछन जहाँ आनंद छ त्यहाँ म पनि रहन पुग्दछु, त्यस अर्थमा त्यो आनन्द भनेको म नै हुँ | हाम्रो परम्परामा सँधै द्वैतवादको बोलबाला रहेकोकारण यो समस्त परम्परालाई द्वैतवाद भन्ने गरिएको हो (Dualism) |

(४) विशिष्ठाद्वैत (द्वैत -अद्वैतवाद)

११ औँ शताब्दीका निम्बकाचार्य यस वेदान्तका प्रतिपादक मानिन्छन | उनी अद्वैत र द्वैत दुबैलाई सही र स्तुत्य ठान्दछन | उनको भनाईमा समुन्द्र र त्यसमापर्ने पानीको थोपा दुईटै अलग अलग कुरा हुन | यसरी हेर्दा आत्मा त्यै परमात्माकै अंश हो | अब त्यो अंश र अंशीलाई बेग्ला बेग्लैपनि मान्न सकिन्छ वा होइन यी दुईटा एउटै हो पनि भन्न सकिन्छ किनभने शक्ति, शक्तिमानभन्दा अलग्ग रहन सक्तैन, सँधै शक्तिमान संगै रहन्छ |

(५) विशुद्ध अद्वैतवाद (Pure Non-Dualism)

१५ औँ शताब्दीका वल्लभाचार्य यस वेदान्तका प्रवर्तक मानिन्छन | यसलाई कसै कसैले शुद्धद्वैत वेदान्तपनि भन्ने गर्दछन | इनले आदि शंकराचार्य जस्तो मायाँको अस्तित्वलाई अस्विकार गरेका छैनन् | इनले मायाँलाई इल्यूज़न वा झूठपनि भनेका छैनन | इनको भनाईमा दुईटैको अस्तित्व छ | तर, परमात्माका साथमा रहन पुग्दा यी दुबैको अस्तित्व एउटै हुन पुग्दछ, अर्थात मायाँ परमात्माको शक्ति हो | त्यसैले आत्माको परमात्मासँग विलय हुन सक्तछ | आत्माले परमात्मालाई भेट्न सक्तछ |

(६) अचिन्त्य भेदाभेद

१५ औँ शताब्दीका चैतन्य महाप्रभु यस वेदान्तका प्रतिपादक हुन | उनको भनाईमा जसरी गर्मी र प्रकाश आगोकै शक्ति हो | त्यसरी नै गर्मी र प्रकाश ऊर्जाका दुई बेग्ला बेग्लै स्वरुप भएपनि, दुईटै एकैसाथ् रहेका ठानिंछन | यसलाई अग्निको रूपबाट अलग्याउन सकिन्न | त्यसैगरी आत्मा र माया दुईटै कुरोले परमात्माको शक्ति भएर काम गर्ने गर्दछ | दुवै उसैका शक्ति हुन, तर बेग्ला बेग्लै काम गर्दछन, अलग अलग बस्छन तर सधैं साथ रहन्छन | साधारण किसिमले यी कुराहरूलाई त्यही रूपमा बुझ्न सकिन्न | यसलाई बुझ्न प्रज्ञा चक्षु चाहिन्छ | त्यसैले उनले यो मतलाई अचिन्त्य भेदाभेदवाद भन्न पुगे |सनातन हिंदू धर्म दर्शन भित्रका यी प्राथमिक विद्द्यालयहरु हुन | आज सम्ममा निकालिएको वेदान्तको निचोडपनि यही नै हो |

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

http://suvham.com

बाह्य कडीहरू

Tags:

वेदान्त षड् दर्शन र दर्शन भनेको के त ?वेदान्त र ज्ञान योगवेदान्त यो पनि हेर्नुहोस्वेदान्त सन्दर्भ सामग्रीहरूवेदान्त

🔥 Trending searches on Wiki नेपाली:

विस्तृत शान्ति सम्झौताविवाह संस्कारदादुराविष्णुउपनिवेशदसैँउत्पादन (अर्थशास्त्र)निर्वाचन प्रणालीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रपहाडी प्रदेश (नेपाल)नेपालको निसानछापरामयमबुद्धपृथ्वीको तल्लो कक्षराजनीतिक दलमोरङ जिल्लाइजिप्टभूमध्यरेखाअङ्कोरवाटनेपालको उपराष्ट्रपतिनेपालको प्रधानन्यायाधीशत्रिभुवन विश्वविद्यालयकर्जामहिला सशक्तिकरणझमक घिमिरेसुशासनज्योतिषशिक्षण विधिविज्ञापननेपाल कृषि अनुसन्धान परिषद्शङ्खधर साख्वानेपाली साहित्यनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालमा कृषिसेभिया फुटबल क्लबलिम्बू जातिविकिमिडिया नेपालको विधाननेपालको संविधान २०७२नेपालका बैङ्कहरूको सूचीकुष्ठरोगकिराँत धर्मजैविक विविधताकरतालसंविधान सभा निर्वाचन, २०६४नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबजेटनेपालको भूगोलसङ्घीयताबजारगाउँखाने कथारानीमहलखाद्यान्नव्यवसायनेपाल अधिराज्यको संविधान २०४७फौजदारी कानुनरुपन्देही जिल्लानेपालको इतिहासमदन पुरस्कारफिफाव्यापारसहरीकरणउदारवादबैतडी जिल्लाभारत-चीन युद्धनेपालका राष्ट्रिय विभूतिहरूसञ्चारपाकिस्तान सरकारविवाहसहकारीसिन्जा उपत्यकायौनदिनेश अधिकारीबागमती नदीबजारशास्त्रप्रदेश प्रमुख (नेपाल)राणा शासननेपाल अधिराज्यको संविधान २०१५प्रदेश सभा निर्वाचन, २०७९🡆 More