सैजन

सैजन, सहिजन अथवा सजिवन तराई प्रदेशमा हुने अग्ला रूखमा लामा लामा बोडीका आकारका तरकारी खानहुने कोसा फल्ने एक रूख हो । यसको कोसा छिप्पिएपछि चपाएर पानी खाँदा गुलियो हुने भएकोले यसलाई कवाफचिनी अथवा शीतलचिनी पनि भनिन्छ ।नेपाली भाषामा कतै कतै शीतल चिनी पनि भनेर चिनिने यो वनस्पतिलाई संस्कृतमा सोभञ्जन, शिग्रु र तीक्ष्णगन्धा आदि नामले सम्बोधन गरिन्छ। अङ्ग्रेजीमा ड्रमस्टिक (DRUMSTICK) भनिने यसको बोटानिकल नाम मोरिङ्गा ओलिफेरा (Moringa oleifera) हो। यो गुणकारी वृक्ष ईशाको पहिलो शताब्तीतिर आयुर्वेदीय औषधी प्रयोगका रूपमा पत्ता लागेको हो। आयुर्वेदमा यसका बारेमा धेरै व्याख्या गरिएको छ। यसको उद्गम स्थल भारतवर्षको उत्तरी क्षेत्र अर्थात् हिमाली क्षेत्रसँग जोडिएको नेपाल र भारतको महाभारत पर्वत शृङ्खला तथा समथर मैदान हो भन्ने वनस्पति शास्त्रीहरूको ठम्याइ छ। आयुर्वेदमा व्याख्या गरिएअनुसार यो वृक्ष १२ प्रजातिको हुन्छ। यो वृक्ष वर्णको हिसाबले सेतो र रातो गरी दुई प्रकारको हुन्छ भने स्वादको हिसावले तीतो र मिठो गरी दुई प्रकारको हुन्छ। विशेषगरी यो वनस्पतिको बियाँ मुखमा हालेर पानी खाएपछि पानी सबै गुलियो र शीतल हुने भएकाले नै यसलाई शीतल चिनी भन्ने गरिएको हुनुपर्छ।

सैजन
सैजन
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Brassicales
कुल:
Moringaceae
वंश:
Moringa
प्रजाति:
M. oleifera
वैज्ञानिक नाम
Moringa oleifera
Lam.
सैजन
पाँचखालमा जेठ महिनामा फलेको सैजन को कोसा

केही विशेषज्ञले यसलाई दुनियामा सबैभन्दा बढी उपयोगी बिरुवाका रूपमा मान्ने गरेका छन्। विशेषज्ञका अनुसार एउटा शीतल चिनीको बोटबाट ३०० किसिमका रोगको उपचार गर्न सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनले ४२ वर्षदेखि यसको अनुसन्धान गरिरहेको छ। स्वस्थ शरीर र राम्रो स्वास्थ्य राख्नका निम्ति मानिसको शरीरलाई पर्याप्त मात्रामा भिटामिन, खनिज तत्व, प्रोटिन, कार्बोहाइडे्रटलगायत् पदार्थ आवश्यक हुन्छ। प्रोटिनलाई शरीर निर्माणको आधारमध्ये एक मानिन्छ। मानिसको शरीरलाई २१ किसिमका एमिनो एसिड चाहिन्छ। यी सबै पाउन मासु र दूधलाई सर्वोत्तम स्रोत मानिँदै आएको छ तर आश्चर्यलाग्दो तथ्य के छ भने मासु, दूध र अण्डामा जस्तै सबै किसिमका एमिनो एसिड शीतल चिनीमा पाइएको छ। त्यसैगरी शीतल चिनीमा सुन्तलामा भन्दा ७ गुणा बढी भिटामिन “सी”, गाजरमा भन्दा ४ गुणा बढी भिटामिन “ए”, दूधमा भन्दा ४ गुणा बढी क्याल्सियम, केरामा भन्दा ३ गुणा बढी पोटासियम, दहीमा भन्दा २ गुणा बढी प्रोटिन पाइन्छ।

शीतल चिनीको १०० ग्राम पातमा १३.४, कोसामा ३.७ र सुकाएको पातको धुलोमा ३८.२ ग्राम कार्बोहाइड्रेट पाइन्छ। १०० ग्राम शीतल चिनीको कोसामा ०.१ र सुकेको पातको धुलोमा २.३ ग्राम फ्याट पाइन्छ। १०० ग्राम शीतल चिनीको सुकेको पातको धुलोमा २०५ क्यालोरी र कोसामा २६ क्यालोरी पाइन्छ। शीतल चिनीको कोसा र पातको प्रयोगले पाचन क्रियालाई बलियो पार्छ। मधुमेह र उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि यो अति नै उपयोगी मानिन्छ। एकदेखि ३ वर्षका साना नानी, बच्चालाई दूध खुवाउँदै गरेका आमा र रोग लागेर तङ्रिदै गरेका मानिसका निम्ति शीतलचिनीबाट पाइने पोषणतत्व अत्यन्त लाभकारी ठहर भएको छ। पुग्ने जति पोषिलो खानेकुरा खान नपुग्ने कम आम्दानी हुनेहरुका निम्ति शीतल चिनी एउटा अत्यन्त उत्तम विकल्प ठान्ने गरिएको छ।



चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

प्रवेशिका परीक्षाभीमबहादुर रावलनेपाल संस्कृत विश्वविद्यालयकोशिका सिद्धान्तकिराँत कालसत्यमोहन जोशीअम्लपित्तनेपाली भाषाकोशी प्रदेशआन्तरिक लेखापरीक्षणनेपाली रुपैयाँमोतीराम भट्टस्थानीय तह निर्वाचन, २०७४इटहरी उपमहानगरपालिकासहरीकरणमधेश प्रदेशका मुख्यमन्त्रीरेडियोविकसित देशकृष्ण जन्माष्टमीबाल दिवसबागमती नदीखाँदवारी नगरपालिकासिद्धार्थनगर नगरपालिकाहात्तीपाइले रोगऊर्जाजङ्गलहिमालयन बैंक लिमिटेडनेपाल स्काउटमानव संसाधन व्यवस्थापनविधिशास्त्रगण्डकी प्रदेशनेपाल राष्ट्र बैङ्कसमाचारकावासोती नगरपालिकागणतन्त्रलिच्छवि राज्यकपिलवस्तु जिल्लापारिस्थितिक प्रणालीनेपाल प्रजा परिषद्गुराँससीतामार्क्सवादमदन भण्डारीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीइजरायल–हमास युद्ध, सन् २०२३हिन्द महासागरनेपालको अर्थतन्त्रराणा शासनगौरीशङ्कर हिमालपारिजात (साहित्यकार)संयुक्त राज्य अमेरिकाकाठमाडौँस्वरवर्ण र व्यञ्जनवर्णविकासशील देशनेपालको संविधाननेपाल राष्ट्रिय विकास परिषदइन्स्टाग्राममानव विकास अर्थशास्त्रपाठ्यक्रमभ्रष्टाचारनेपालका नगरपालिकाहरूरेशमलाल चौधरीनेपालका राजामदर टेरेसाधर्मचूडाकर्म संस्कारहोलीचतराधामगरिबीहिन्दु धर्मकार्ल मार्क्सपूँजीवादऔद्योगिक क्रान्तिनेपालको राष्ट्रपतिराष्ट्रिय सभा निर्वाचन, २०८०🡆 More