शरद्चन्द्र शर्मा भट्टराई

शरद्चन्द्र शर्मा भट्टराई (वि.सं.

१९८७- वि.सं. २०५९) समालोचक, निबन्धकार हुन्।

जीवनी

भट्टराईको जन्म वि.सं. १९८७ साल कार्तिक ८ गते गैह्रीधारा, काठमाडौंमा भएको हो। कृष्णप्रसाद शर्मा तथा गुप्तकुमारीदेवीबाट जन्मेका शरद्चन्द्र तीन दाजुभाइ र तीन दिदीबहिनीमा सबैभन्दा कान्छा थिए। उनले कमला राई सङ अन्तरजातिय विवाह गरेका थिए । उनले वि.सं. २०१९ सालमा त्रिभुवन विश्वविद्यालयबाट एम्.ए. गरे। भट्टराईले जीवनका चालीसौं वर्ष अध्यापनमा बिताए। उनले वि.सं. २०११ सालदेखि वि.सं. २०३० सालसम्म स्कूलमा अध्यापन गरे। त्यसैबीच उनले कलेजस्तरमा पनि पढाउन थाले र त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०५० सालमा सहप्राध्यापक पदबाट अवकाश पाए। यिनले सुरुमा वि.सं. २०११ सालदेखि ६ वर्षम्म विद्योदय हाइस्कूल, भोजपुरमा पढाए र त्यसपछि काठमाडौंको दरबार हाइस्कूलमा पढाए।

कृतिहरू

भट्टराईले समालोचना, निबन्धमा कलम चलाए। उनका प्रकाशित कृतिहरूः
१. बसाइँ परिचय (समालोचना, वि.सं. २०१९)
२. नाटक - एकाङ्की विचरण (समालोचना, वि.सं. २०३३)
३. नेपाली साहित्यको इतिहास- माध्यमिक काल (साहित्यको इतिहास, वि.सं. २०३७)
४. प्राचीन गद्याख्यान (समालोचना, वि.सं. २०४२)
५. नेपाली वाङमय केही खोजी केही व्याख्या (अनुसन्धान, वि.सं. २०४४)
६. रसिकको लगन : एक अध्ययन (समालोचना)
७. बाह्र फुल एक गुच्छा (सहलेखन, समालोचना)
८. झपट निबन्ध (झपटबहादुर राणाको निबन्ध सङ्ग्रह/सम्पादन)
९. छरिएका समीक्षा (इश्वर बरालसँग सहलेखन)
१०. मेरो लंदन-राजतिलक यात्रा(शेरसिंह रानाको, नियात्रा, वि.सं. २०५९)
११. जोग-मण्डलीका कवि र कविता (कवितासङ्ग्रह, वि.सं. २०५२)
१२. सानो चिनारी नरदेव पाण्डेको (जीवनी, वि.सं. २०६०)

पुरस्कार

माध्यमिक नेपाली गद्याख्यान (समालोचना, वि.सं. २०५०) नामक ग्रन्थका लागि उनले मदन पुरस्कार २०५० प्राप्त गरेका हुन्। वि.सं. २०४२ सालको झपट पुरस्कार, वि.सं. २०५७ सालको ईश्वर बराल पुरस्कार पाए। उनी वि. सं. २००६मा अन्तर हाइस्कूल र वि. सं. २००९मा अन्तर-कलेज निबन्ध प्रतियोगितामा प्रथम भएका थिए।

निधन

फोक्सोको क्यान्सरबाट पीडित उनको वि.सं. २०५९ साल असोजमा उनको निधन भयो।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

Tags:

शरद्चन्द्र शर्मा भट्टराई जीवनीशरद्चन्द्र शर्मा भट्टराई कृतिहरूशरद्चन्द्र शर्मा भट्टराई पुरस्कारशरद्चन्द्र शर्मा भट्टराई निधनशरद्चन्द्र शर्मा भट्टराई सन्दर्भ सामग्रीहरूशरद्चन्द्र शर्मा भट्टराई बाहिरी लिङ्कहरूशरद्चन्द्र शर्मा भट्टराईनिबन्ध

🔥 Trending searches on Wiki नेपाली:

श्रीमद्भगवद गीताअर्थडाँफेबम (थर)लमजुङ जिल्लामल्ल वंशगाउँपालिकाझापा जिल्लान्यायिक समितिरामेछाप जिल्लानेपालको अन्तरिम शासन विधान २००७फौजदारी कानुनपत्रकारनेपालको इतिहासरामचन्द्र पौडेलजनसाङ्ख्यिकीय लाभांशसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूबजार अर्थव्यवस्थानेपाल सम्वत्विश्वेश्वरप्रसाद कोइरालाढुङ्गे युगप्रेमध्रुवचन्द्र गौतम (साहित्यकार)जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमोरङ जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीकारकसौर्यमण्डलदैवज्ञराज न्यौपानेफेसबुकढुसीजनमत सङ्ग्रह, २०३७क्यूआर कोडअधिकारसुनुवार जातिनेपालको दोस्रो सङ्घीय संसदश्रीमद्भागवत् पुराणसंस्कारचाँगुनारायण मन्दिरभगवानयजुर्वेदशक्तिनागरिक लगानी कोषबन्दिपुर गाउँपालिकासङ्गठनसन्दुक रुइतमाधवकुमार नेपालजिल्ला सभाबर्दिया राष्ट्रिय निकुञ्जनियमावलीजिल्ला समन्वय समितिजनसङ्ख्या शिक्षासत्यमोहन जोशीपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीश्रीराम अवतारगोत्रछुवाछुतनेपालका नगरपालिकाहरूनेपालको उपप्रधानमन्त्रीजनमत पार्टीसमावेशी शिक्षासमानुपातिक प्रतिनिधित्व प्रणालीदाइजो प्रथानेपालका जिल्लाहरूलैङ्गिक समानतामदन भण्डारीरस (काव्य शास्त्र)कृषिनेपालको सैन्य दर्जाइन्दिरा प्रसाईँरोमानियानेपाल अङ्ग्रेज युद्धपशुपतिनाथ मन्दिरहिमाली प्रदेश (नेपाल)पशु पालनआँखा पाक्ने रोगमिथिला शर्मातीन घुम्ती (उपन्यास)🡆 More