विद्युतीय ब्याट्री

ब्याट्री भनेको विद्युतीय उपकरणहरू चलाउनको लागि बाह्य जडानहरू भएको एक वा बढी इलेक्ट्रोकेमिकल सेलहरू मिलेर बनेको विद्युत शक्तिको स्रोत हो। यसको घनात्मक टर्मिनललाई क्याथोड र ऋणात्मक टर्मिनललाई एनोड भनिन्छ। न जब ब्याट्रीले पावर आपूर्ति गरिरहेको हुन्छ, क्याथोड बाट एनोडतर्फ इलेक्ट्रोनको प्रवाह हुन्छ । जब ब्याट्री बाह्य विद्युतीय लोडमा जडान हुन्छ, रेडक्स प्रतिक्रियाले उच्च-ऊर्जा भएको रिएक्टेन्टहरूलाई निम्न-ऊर्जा उत्पादनहरूमा रूपान्तरण गर्छ, र विद्युत ऊर्जाको रूपमा बाह्य सर्किटमा प्रवाह गर्छ। ऐतिहासिक रूपमा ब्याट्री शब्दले विशेष गरी धेरै सेल मिलेर बनेको उपकरण लाई बुझाउँछ; यद्यपि, प्रयोग एकल सेल बनेका उपकरणहरू समावेश गर्न विकसित भएको छ।

Battery
विद्युतीय ब्याट्री
Various cells and batteries (top left to bottom right): two AA, one D, one handheld ham radio battery, two 9-volt (PP3), two AAA, one C, one camcorder battery, one cordless phone battery
प्रकारPower source
कार्य सिद्धान्तढाँचा:Zero width joinerElectrochemical reactions, Electromotive force
पहिलो उत्पादन भएको 1800s
विद्युतीय प्रतीक
विद्युतीय ब्याट्री
The symbol for a battery in a circuit diagram. It originated as a schematic drawing of the earliest type of battery, a voltaic pile.

प्राइमरी (एकल-प्रयोग वा "डिस्पोजेबल") ब्याट्रीहरू एक पटक प्रयोग गरिन्छ र फालिन्छ, यसको रासायानिक प्रतिक्रिया अपरिवर्तनीय हुन्छन्; एउटा सामान्य उदाहरण फ्ल्यासलाइट र धेरै पोर्टेबल इलेक्ट्रोनिक उपकरणहरूको लागि प्रयोग गरिने क्षारीय ब्याट्री हो। सेकेन्डरी (रिचार्जेबल) ब्याट्रीहरू लागू विद्युतीय प्रवाह प्रयोग गरेर धेरै पटक डिस्चार्ज र रिचार्ज गर्न सकिन्छ; इलेक्ट्रोड को मूल संरचना करेन्टद्वारा पुनर्स्थापित गर्न सकिन्छ। यसको उदाहरणहरू सवारी साधनहरूमा प्रयोग हुने लिड-एसिड ब्याट्रीहरूल्यापटपमोबाइल फोनहरू जस्ता पोर्टेबल इलेक्ट्रोनिक्सका लागि प्रयोग हुने लिथियम-आयन ब्याट्री हुन्।

ब्याट्रीहरू धेरै आकार र क्षमतामा आउँछन्, हाते घडीमा प्रयोग हुने सानो सेल देखि कोठाको आकारको विशाल ब्याट्री बैंकहरू जुनले टेलिफोन एक्सचेन्जहरू र कम्प्युटर डाटा केन्द्रहरूको लागि स्ट्यान्डबाइ वा आपतकालीन शक्ति प्रदान गर्दछ। ब्याट्रीहरूमा पेट्रोल जस्ता सामान्य इन्धनहरू भन्दा धेरै कम विशिष्ट ऊर्जा (प्रति एकाइ द्रव्यमान ऊर्जा) हुन्छ। अटोमोबाइलहरूमा, यो दहन इन्जिनको तुलनामा, विद्युतीय ऊर्जालाई मेकानिकल कार्यमा रूपान्तरण गर्न विद्युतीय मोटरहरूको उच्च दक्षताले केही हदसम्म बराबर हुन्छ।

इतिहास

आविष्कार

बेन्जामिन फ्रयाङ्कलिनले पहिलो पटक १७४९ मा "ब्याट्री" शब्द प्रयोग गरेका थिए जब उनले लेडेन जार क्यापेसिटरहरूको सेट प्रयोग गरेर बिजुलीको प्रयोग गर्दै थिए। फ्र्याङ्कलिनले धेरै जारहरूलाई एकीकृत गरेर यसलाई "ब्याट्री" को रूपमा वर्णन गरेका थिए । सैनिक शब्दावलीमा "ब्याट्री"ले संगै काम गर्ने हतियारको समूहलाई जनाउछ।

इटालियन भौतिकशास्त्री एलेसेन्ड्रो भोल्टाले १८०० मा पहिलो इलेक्ट्रोकेमिकल ब्याट्री, भोल्टेइक पाइलको निर्माण र वर्णन गरेका थिए यो यो नुनिलो पानीले भिजेको कागजले अलग गरिएको तामाजस्ताको प्लेटहरूको चाङ थियो, जसले पर्याप्त समयको लागि स्थिर करेन्ट उत्पादन गर्न सक्थ्यो । भोल्टाले भोल्टेज उत्पत्तिको कारण रासायनिक प्रतिक्रिया हो भनेर बुझेका थिएनन्। उनले ती सेलहरू उर्जाको अविरल अक्षय स्रोत हुन् भन्ने सोचेका थिए।

प्रकार

प्राइमरी र सेकेन्डरी ब्याट्री

ब्याट्रीहरूलाई प्राइमरी र सेकेन्डरी को रूपमा वर्गीकृत गरिएको छ:

  • प्राइमरी ब्याट्रीहरू ऊर्जा समाप्त नभएसम्म प्रयोग गर्ने र त्यसपछि फाल्ने । यसमा भएको रासायनिक प्रतिक्रियाहरू सामान्यतया उल्टाउन मिल्दैन, त्यसैले यसलाई रिचार्ज गर्न सकिँदैन। जब ब्याट्रीमा रिएक्टेन्टहरूको आपूर्ति समाप्त हुन्छ, ब्याट्रीले करेन्ट उत्पादन रोकिन्छ र बेकार हुन्छ।
  • सेकेन्डरी ब्याट्री रिचार्ज गर्न सकिन्छ; अर्थात्, यसको रासायनिक प्रतिक्रियाहरू सेलमा विद्युतीय करेन्ट प्रवाह गरेर उल्टाउन सकिन्छ। यसले मूल रासायनिक रिएक्टेन्टहरू पुन: उत्पन्न गर्दछ, त्यसैले तिनीहरू प्रयोग गर्न, रिचार्ज गर्न र धेरै पटक पुन: प्रयोग गर्न सकिन्छ।

खतराहरू

ब्याट्री विस्फोट सामान्यतया गलत प्रयोग वा खराबी, जस्तै प्राइमरी ब्याट्रीलाई रिचार्ज गर्ने प्रयास, वा सर्ट सर्किटको कारणले हुन्छ।

जब ब्याट्री अत्यधिक दरमा रिचार्ज हुन्छ, हाइड्रोजनअक्सिजनको विस्फोटक ग्यास ब्याट्री भित्रबाट निस्कने भन्दा छिटो उत्पादन हुन सक्छ, यसले गर्दा दबाब सिर्जना हुन्छ र ब्याट्री केस अन्ततः विस्फोट हुन्छ। चरम अवस्थामा, ब्याट्रीको रसायन खतरनाक रुपमा स्प्रे हुन्छ र चोट पुर्याउन सक्छ। यदि ब्याट्री सेल धेरै छिटो चार्ज भयो भने, यसले सर्ट सर्किट निम्त्याउन सक्छ, जसले विस्फोट र आगो निम्त्याउँछ"। सर्ट सर्किटले धेरै ठूला करेन्ट उत्पन्न हुँदा कारको ब्याट्रीहरू विस्फोट हुने सम्भावना हुन्छ।

सन्दर्भ सामग्रीहरू

Tags:

विद्युतीय ब्याट्री इतिहासविद्युतीय ब्याट्री प्रकारविद्युतीय ब्याट्री खतराहरूविद्युतीय ब्याट्री सन्दर्भ सामग्रीहरूविद्युतीय ब्याट्रीविद्युत

🔥 Trending searches on Wiki नेपाली:

भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूमकवानपुर जिल्लानेपालको प्रधानमन्त्रीदैवज्ञराज न्यौपानेनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनविकरणीय उर्जामहायानसमाजवादनेपालको मन्त्रिपरिषद्नेपालका विश्वविद्यालयहरूको सूचीसमासव्रतबन्धभूपरिवेष्ठित राष्ट्रतनहुँ जिल्लासप्तरी जिल्लाकागेश्वरी मनोहरा नगरपालिकाअवलोकनसयौँ थुङ्गा फूलका हामीदमाई जातिविसं २०७२ को महाभूकम्पहिन्दु धर्मबझाङ जिल्लानेपालको संस्कृतिक्रान्तिशब्दकोशआयुर्वेदनेपाली व्याकरणनेपालमा धर्मसार्वभौमसत्ताआमा (वि.सं. २०२१ चलचित्र)मानव शरीरका अङ्गहरूको सूचीराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरागुगलपेरियोडिक तालिका (ठूलो संस्करण)नेपालका नगरपालिकाहरूनेपाल दूरसञ्चार प्राधिकरणदाइजोराजेन्द्र वीरविक्रम शाहयौन तथा प्रजनन स्वास्थ्य अधिकारउत्प्रेषणविराट कोहलीमदन पुरस्कारमात्रासंयुक्त राष्ट्रइटहरी उपमहानगरपालिकागणतन्त्र दिवस (नेपाल)आसियानआउँअफ्रिकारौतहट जिल्लामहासागरनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)गाउँखाने कथाभिरिङ्गीग्रीष्म ऋतुसैजनगीर्वाणयुद्ध विक्रम शाहगङ्गा नदीसहरीकरणथारू संस्कृतियोनीखेलप्रविधिमुक्तिनाथनेपाल आयल निगम लिमिटेडचिठीमहिषपाल वंशकुरिलोढुङ्गे युगलियोनेल मेसीप्रतिनिधि सभा (नेपाल)रोल्पा जिल्लाकार्ल मार्क्सधनुषा जिल्लामहिनानेपाली रुपैयाँ🡆 More