बख्तावर सिंह थापा: नेपाली काजी एवम् कर्णेल

बख्तावर सिंह थापा नेपाल अंग्रेज युद्धमा बिजयपुर-सिन्धुलीगढी क्षेत्रका कमाण्डर थिए। उनी मुख्तियार भीमसेन थापाका भाइ हुन्।

बख्तावर सिंह थापा
व्यक्तिगत विवरण
जन्मनेपाल
नातादाजु भीमसेन थापा
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध (बिजयपुर-सिन्धुलीगढी), मकवानपुर

कार्य

नेपाल-अंग्रेज युद्धको पहिलो चरणमा उनी बिजयपुर-सिन्धुलीगढीका क्षेत्रका कमाण्डर थिए। उनी दोस्रो चरणमा मकवानपुरगढीमा अङ्ग्रेजी हमला सामना गर्न उभिएका थिए । नेपालले सन्धि गर्दा अङ्ग्रेजलाई गजराज मिश्रचन्द्रशेखर उपाध्याय सहित उनलाई पठाइयो ।

समर जंग कम्पनीको कमान्डर

भीमसेन थापाले बख्तावर सिंह समर जंग कम्पनीको कमान्डर बनाएर दरवारको सुरक्षाको जिम्मेवारी दिएका थिए जिम्मेवारी दिए।

भीमसेन थापा विरुद्ध विद्रोह

कम्पनीले वफादारीपूर्वक श्री ५ को सम्मान र सुरक्षा गरिआएको’ थियो। तर पछि काजी बख्तावरसिंह थापाको नेतृत्वमा रहँदा कम्पनीमाथि राजकाज उल्ट्याउने षड्यन्त्र गरेको आरोप लाग्यो। काजी बख्तावर सिंह थापाले राजपरिवारको विश्वासको फाइदा उठाउन थालेका थिए। बख्तावर सिंह थापाले राजा र रानी दुवैको विश्वास जितेका थिए। भीमसेन थापाले युद्धमा नेपालको ठूलो भू–भाग गुमाए पनि पूर्ण शक्ति कायम राखेका थिए। राजा गीर्वाणयुद्धलाई यो मन परेको थिएन। बख्तावर सिंह, भीमसेन थापालाई पदच्यूत गरेर आफैँ प्रधानमन्त्री बन्न चाहन्थे। तर, ‘राजमाता’ ललित त्रिपुरा सुन्दरीले प्रशासनको लगाम भीमसेन थापाकै हातमा राख्न चाहेकी थिइन्।

यो घटनापछि मुख्तियार भीमसेन थापाले समरजंग कम्पनीलाई पनि सजाय दिए।

तत्कालीन मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाद्वारा शाही रक्षकबाट हटाइनुका साथै यसले निशान खडा गरी हिँड्न नपाउने, सुताएर राख्नुपर्ने र बडादसैँचैते दसैँ को माला पूजामा मात्र उठाउन पाउने व्यवस्था गरिदिए।” नेपाल- अंग्रेज युद्ध अन्त्यपछि भीमसेन थापालाई बख्तावर सिंह थापा आफ्ना शत्रुहरूको पंक्तिमा सामेल भएको आशंका हुन थालिसकेको थियो। त्यसकारण उनी आफ्नै कान्छो भाइ (बख्तावर सिंह) लाई सजाय दिने मौकाको पर्खाइमा थिए। राजा राजेन्द्रको राज्याभिषेक समारोहको आसपास भीमसेन थापाले भाइ बख्तावरसिंहलाई बर्खास्त गरे। तर, आमाको याचना सुनेर उनलाई नुवाकोट पुर्‍याएर जीवितै थुनामा राखे।

बख्तावर सिंहप्रति भीमसेन थापा यतिसम्म क्रुद्ध थिए कि आमाले याचना गरेका कारण मात्र उनले भाइको ज्यान लिएनन्। बख्तावर सिंहले ‘कमान्ड’ गरेको समरजंग कम्पनीका कर्मचारीहरूलाई पनि यो कसुरमा सजाय दिए। उनीहरूमध्ये केहीलाई शाही दरबारको सुरक्षाबाट हटाएर जेल पठाइयो। बख्तावर सिंहसँग नजिक रहेकालाई थुनेर बाँकीलाई सडक निर्माणको सुपरीवेक्षण गर्ने काममा लगाइएको थियो। भीमसेन थापाले उनीहरू सबैलाई दोषी करार गरेका थिए। अर्थात् त्यसपछि यो ‘दोषीहरूको कम्पनी’ झैँ बन्नगएको इतिहास शिरोमणि आचार्यको लेखमा उल्लेख छ।

सन्दर्भ सामग्रीहरू

Acharya, Baburam (Nov १, १९७४) [१९५७], "The Downfall of Bhimsen Thapa", Regmi Research Series 6 (11): 214–219, अन्तिम पहुँच Dec ३१, २०१२ 

Tags:

बख्तावर सिंह थापा कार्यबख्तावर सिंह थापा समर जंग कम्पनीको कमान्डरबख्तावर सिंह थापा सन्दर्भ सामग्रीहरूबख्तावर सिंह थापानेपाल अङ्ग्रेज युद्धभीमसेन थापा

🔥 Trending searches on Wiki नेपाली:

झापा जिल्लासामाजिक सुरक्षा कोषवीरेन्द्र वीरविक्रम शाहपूँजीवादसुनवल नगरपालिकाब्रह्माण्डसिंहदरबाररुस-युक्रेन युद्धडोल्पा जिल्लानुवाकोट जिल्लायार्चागुम्बारातो मच्छिन्द्रनाथको रथयात्राभक्तपुर दरबार क्षेत्रनारायणगोपाल गुरूवाचार्यकालीगण्डकी जलविद्युत आयोजनास्वरवर्ण र व्यञ्जनवर्णफिफाधनुषा जिल्लादोलखा जिल्लाछुवाछुतविसं २०७२ को महाभूकम्पनेपालको संस्कृतिइलाम जिल्लागढीमाईधर्मचितवन राष्ट्रिय निकुञ्जमुख्य पृष्ठदशरथ चन्दनेपालका मल्ल राजाहरूको सूचीकार्कीनेपाल कानुन आयोगनागरिकविधिशास्त्रनेपालका विश्वविद्यालयहरूको सूचीराममहाकाव्यबागमती प्रदेशरशीद खान (नेपाली क्रिकेटर)टिम्बुरबोटे काण्डप्रतिलिपि अधिकारवासलातनेपालको राष्ट्रपतिअसुरोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)खुकुरीक्रिकेटऔद्योगिक क्रान्तियोगभिटामिनचतराधामजाजरकोट जिल्लास्टिफन हकिङकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)लेखा नीतिहरु तथा लेखा टिप्पणीहरूलैङ्गिक पहिचानसिन्धुली जिल्लालखन थापा मगरकोशी प्रदेशको मुख्यमन्त्रीनेपाल राष्ट्र बैङ्कनिर्धन उत्थान बैंक लिमिटेडकथाबौद्धिक सम्पत्तिसुदूरपश्चिम प्रदेशवीरेन्द्र सैनिक अस्पतालपूँजी बजारपृथ्वीनारायण शाहअङ्कभौतिक विज्ञानमाछालेखा प्रणालीलैङ्गिकतानेपालका उपत्यकाहरूधर्मभक्त माथेमाजीवनभूपरिवेष्ठित राष्ट्रनेपाल वायुसेवा निगमहिमालभक्तपुर नगरपालिका🡆 More