बस्न्यात परिवार

बस्न्यात काजी खलक वा बस्न्यात काजी वंश वा बस्न्यात भारदार परिवार १८ औँ देखि १९ औँ शताब्दीको गोरखा राज्य/नेपाल अधिराज्यको एक राजनीतिक परिवार थियो । यस परिवारका संस्थापक सेनापति बडावीर शिवराम सिंह बस्न्यात थिए । उनका वंशजहरूले नेपालको राजनैतिक तथा सैनिक सेवामा जीवनयापन गरेका थिए । यस वंशका पुरुष व्यक्तित्वहरूलाई बस्न्यात काजी भनी सम्बोधन गरिन्थ्यो । यो वंश श्रीपाली बस्नेत कुलघरानको थियो जुन क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको सम्बन्ध पाँडे वंशसँग लामो समयसम्म रह्यो ।


बस्न्यात काजी खलक/बस्न्यात काजी वंश
बस्न्यात भारदार परिवार
भारदार परिवार
राष्ट्रनेपाल
सम्पदातिलङ्गा घर
उपाधिहरूकाजी
सम्बोधन शैलीहरूकाजी साहेब, बस्न्यात काजी
स्थापना१८ औँ शताब्दी
संस्थापक शासकशिवराम सिंह बस्न्यात
अन्तिम शासककुलमान सिंह बस्न्यात
वीरध्वज बस्न्यात
अपदस्थवि.सं. १९०३ (भण्डारखाल पर्व)
जातियताखस क्षेत्री
धर्महिन्दु
कुलघरान/गोत्रश्रीपाली बस्नेत
बस्न्यात परिवार
काजी अभिमान सिंह बस्न्यात, बस्न्यात वंशका प्रसिद्ध भारदार

बस्न्यात वंशको उदय गोरखाका राजा पृथ्वीनारायण शाहको पालाबाट सुरू भएको थियो । शिवरामसिंहका माहिंला छोरा काजी केहरसिंहले राजा पृथ्वीनारायणका आग्रहमा काजी कालु पाँडेकी छोरी चित्रावती देवीसँग विवाह गरेका थिए । दुवै परिवारको यो सम्वन्धलाई राजा पृथ्वीनारायणले दिव्योपदेशमा पाँडेको ढाल बस्न्यातको तरबार भनेका थिए र त्यसैको बलमा नेपाल चढाइ गर्याको बताएका थिए । ईसा १८औं शताब्दीको अन्त्यतिर बस्न्यात भारदारहरू - अभिमान सिंह बस्न्यात, कीर्तिमान सिंह बस्न्यातबख्तावर सिंह बस्न्यातले शीर्ष भारदारको (काजी, मूलकाजी) भूमिका निर्वाह गरेका थिए । वि.सं. १९०३ को भण्डारखाल पर्वमा जङ्गबहादुर राणाले मच्चाएको नरसंहारमा यो वंश नेपालको राजनैतिक शक्तिसमुहबाट बाहिरिएको थियो । उक्त पर्वलाई बस्न्यात पर्व पनि भनिन्थ्यो ।

पृष्ठभूमि

बस्न्यात परिवार 
सेनापति बडावीर शिवराम सिंह बस्न्यात

शिवराम सिंह बस्न्यात गोरखाका श्रीपाली घरानाका जयराम सिंह बस्न्यातका छोरा थिए । उनी गोरखा राज्यको सेनापति भए । उनको विवाह बगाले थापाकी छोरी शूरप्रभासंग भएको थियो । डा. निरञ्जनमान सिंह बस्न्यातका अनुसार शूरप्रभा थापा वंशका पूर्वज विक्रम थापाकी दिदी/बहिनी तथा भारदार वीरभद्र थापा (भीमसेन थापाका हजुरबुवा)की फुपू हुन्। शूरप्रभासंग शिवरामसिंहको ४ पुत्रहरू भए - नाहर सिंह, केहर सिंह, अभिमान सिंह र धोकल सिंह थिए। धोकल सिंह एक गर्भे टुहुरो थियो जब उनका पिता शिवरामसिंहको देहान्त वि.सं। १८०३ फागुनमा साँगाचोकको युद्धमा भयो । परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - अभिमान सिंह, कीर्तिमान् सिंह बस्न्यात र बख्तावर सिंह बस्न्यात

बस्न्यात परिवार 
कीर्तिमान् सिंह बस्न्यात, नेपालको मूलकाजी (प्रधानमन्त्री सरह), बस्न्यात परिवारका भारदार
बस्न्यात परिवार 

पनि हेर्नुहोस्

खड्का

कार्की

सन्दर्भहरू

Tags:

क्षत्रियक्षेत्रीगोरखा राज्यनेपाल अधिराज्यपरिवारपाँडे वंशशिवरामसिंह बस्न्यातश्रीपाली बस्नेत

🔥 Trending searches on Wiki नेपाली:

घरेलु हिंसाकम्पनीप्रकाशशरण महतकार्बनडाइअक्साइडनयनसिंह थापाकार्यसम्पादन मूल्याङ्कनशार्दूलविक्रीडित छन्दपूर्णबहादुर खड्कानेपाल स्काउटरानीमहलगणेशनेपालको पहिलो संविधान सभाविप्रेषणअंकताप्लेजुङ जिल्लापारिस्थितिक प्रणालीनेपाल प्रजा परिषद्जैन धर्मनेपालको राजनीतिविष्णुभरतपुर महानगरपालिकाविस्तृत शान्ति सम्झौतास्वस्थवेदकालापानीलोकगीतदक्षिण एसियाली खेलकुदपर्यटनश्रीमद्भगवद गीताजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीविकिहिन्दु धर्मबजारशास्त्रनदीएसआइ एकाइबाल्यावस्थानेपालका प्रदेशहरूधर्म निरपेक्षतानेपालका संरक्षित क्षेत्रहरूको सूचीमहिला सशक्तिकरणमार्क्सवाद-लेनिनवादनेपालका परम्परागत बाजाहरूको सूचीनगदे वालीकाजी भारदार परिवारबूढानीलकण्ठ मन्दिरसोरठी नाचकम्प्युटर विज्ञानरेसम किरामधेश प्रदेशओखलढुङ्गा जिल्लासिद्धिनरसिंह मल्लत्रिभुवन विश्वविद्यालयधान नाचएथलेटिक्सत्रि-चन्द्र कलेजनाटकरस (काव्य शास्त्र)उत्तर अमेरिकासंयुक्त राज्य अमेरिकासंविधान सभानेपालको जनआन्दोलन २०६३शीतयुद्धनेपालमा विद्यालयको तहगत संरचनानेपालको अन्तरिम संविधान २०६३अङ्ग्रेजी भाषानेवारी भाषानेपालमा पर्यटनकानूनफ्री जातिरुस🡆 More