डोरेमन (जापानी: ドラえもん) फुजिको फुजिओद्वारा रचित माङ्गामा आधारित जापानी एनिमे दूरदर्शन श्रङ्खला हो। यस एनिमे श्रङ्खला सिन एल एनिमेन र आस्तसु डिकेद्वारा निर्माण गरिएको थियोे भने, १५ अप्रिल २००५ देखि यो प्रदर्शनीमा आएको थियो। एनिमेमा आवाज कलाकार वासाबी मिसुजाले आवाज भरेकी हुनाले यसलाई मिजुता एडिसनको नामले पनि जानिन्छ। डोरेमन एनिमेको प्रदर्शनीको अनुमति पत्र भिज एनिमेसनले प्राप्त गरेको छ। ब्रिङ जुम एनिमेसनले डिज्नी (अमेरिकी दूरदर्शन च्यानलमा) सन् २०१४ देखि अङ्ग्रेजी भाषामा प्रसारण गर्न थालेको थियो।
डोरेमन | |
---|---|
चित्र:Logo Doraemon 2005 version.jpgचित्र:Logo Doraemon new version.jpg | |
निर्माण गर्ने देश | जापान |
भागहरूको सङ्ख्या | ५७४ |
प्रसारण | |
मूल च्यानल | टिभी आसाही |
प्रथम प्रसारण | १५ अप्रिल २००५ | – हालसम्म
कालक्रम | |
यो भन्दाअघि | सन् १९७९ |
यन्त्रमानव बिरालो "डोरेमन" बाइसौँ शताब्दीबाट "नोबिता नोबी" बालकलाई सहयोग दिन आएका छन्। दैनिक जीवनमा आइपर्ने समस्यालाई विभिन्न अत्याधुनिक, अपत्यारिला उपकरणको प्रयोगद्वारा समाधान गर्ने जस्ता विषयमा कथा आधारित रहेको छ। यो भारतमा सबैभन्दा बढी रुचाइएको दूरदर्शन कार्यक्रमहरूमा पर्दछ।
वास्तविक माङ्गाको कथामा पुरै एनिमेमा नै आधारित भएपनि कथा वस्तुमा सुहाउँदा अन्तयका निम्ति केही परिवर्तनहरू गरिएका छन् ।
सेरा हउजर, मुरिल होफमन, क्याथेिन फु, डेभ ब्रिजेस, रसेल वेट, बेन मार्गलिथ
भिज मिडिया द्वारा डिज्नी टेलिभिजनमा सन् २०१४ जुलाई ७ देखि प्रदर्शनी हुने गरेको छ । अङ्गरेजी संस्करणमा अलिक फरक हुने गरी परिवर्तन गरिएको छ ।
अगस्ट १५, २०१५ देखि बेलायतमा पनि बुमरेङ यसको प्रसारण भएको थियो ।
२२ औँ शताब्दीबाट रोबोट बिरालो नोबीता नोबी, जो अध्ययनमा मन्द छन्, उसको सहयोगका लागि पठाइएको छ । आफ्ना साथीहरू ग्लान र सोनियोबाट सधैँजसो नोबितो हेपिन्छन् । उनको साथी सिजुका उनको भविष्यकी श्रीमति भएको पनि केही भागहरूमा देखाइन्छन् । डोरेमनको खल्तीमा अपत्यारिला गेजेटहरूको भण्डार छ । ती सबै गेजेटहरू भविष्यबाट ल्याइएका हुन्: ती अन्तर्गत ब्याम्बो-कप्टर (उड्न सहयोग गर्ने गेजेट), एनिभेर डोर (जुनै पनि स्थानमा पुग्न सहयोग गर्ने ढोका), ट्रान्स्लेटर टुल (भाषा परिवर्तन गर्ने गेजेट) आदि पर्दछन् । धेरैजसो डोरेमनका भागहरूमा डोरेमनबाट नोबिता गेजेट लिन्छन् र सोहीको प्रयोगबाट अफ्ठ्यारामा परेका कहानी हुने गर्दछन् । डोरेमनको भागहरू हास्य, यात्रा र भावनाले भरिएका हुने गर्दछन् ।
डोरेमन, नोबिता नोबी, सिजुका मिनामोटो, ताकेसी गोडा, सुनेयो होनेकावा, डोरामी, मिनी डोरा
नोबी परिवारका सदस्यहरू, मिनामोटो परिवारका सदस्यहरू, होनेकावा परिवारका सदस्यहरू, गोडा परिवारका सदस्यहरू
हालसम्म डोरेमन (एनिमेको) १४ सिजन प्रसारण भइसकेका छन् ।
This article uses material from the Wikipedia नेपाली article डोरेमन (एनिमे), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.