जामालपुर जिल्ला

जामालपुर (बङ्गाली: জামালপুর জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्छ। यस जिल्लालाई सन् १९७८ मा स्थापना गरिएको थियो।

जामालपुर
জামালপুর
बङ्गलादेशको नक्शामा जामालपुर जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा जामालपुर जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५५′N ८९°५८′E / २४.९२°N ८९.९६°E / 24.92; 89.96 ८९°५८′E / २४.९२°N ८९.९६°E / 24.92; 89.96
देशजामालपुर जिल्ला बङ्गलादेश
विभागमयमनसिङ्ह विभाग
क्षेत्रफल
 • जम्मा२,०३१.९८ किमी (७८४.५५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा२,२९२,६७४
 • घनत्व११००/किमी (२९००/वर्ग माइल)
वासिन्दाजामालपुरी
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
२०००

भूगोल

जामालपुर जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°२६' उत्तर अक्षांश र ८९°४०' देखि ९०°१२' पूर्वी देशान्तरणमा अवस्थित छ। जामालपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २०३१.९८ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई कुडिग्राम, शेरपुर जिल्ला र भारतको मेघालय राज्यले उत्तर, टाङ्गाइल जिल्लाले दक्षिण, मयमनसिङ्हशेरपुर जिल्लाले पूर्व र बोगडा, सिराजगञ्ज, गाईबान्धा जिल्ला र जमुना नदिले पश्चिमबाट घेरेको छ। ढाका विभाग अन्तर्गतको १७ जिल्ला मध्ये यस जिल्ला क्षेत्रफलको आधारमा छैटौँ स्थानमा पर्छ भने बङ्गलादेशको ६४ जिल्ला मध्ये ३३अौँ स्थानमा पर्छ। पद्मा, जमुना, ब्रहम्मपुत्र यस जिल्लाको प्रमुख नदिहरू हुन्। यी नदिहरू सुरमा-मेधना नदि प्रणाली अन्तर्गत पर्छन्। यस जिल्लाको सदरमुकाम ब्रहम्मपुत्र नदिको किनारमा अवस्थित छ जुन देशमो राजधानी ढाकाबाट १४० किलोमिटरको दुरीमा रहेको छ।

इतिहास

सन् १९७१ मा बङ्गलादेशको मुक्ति अभियान पाकिस्तानी सेना विरुद्ध शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले आतङ्कबादीसँग साझेदारी गर्दै जामालपुरमा आक्रमण गरेका थिए। २१ जुन १९७१ मा जामालपुर सदर उपजिल्ला अन्तर्गत ब्रहम्मपुत्र नदिको किनारमा पाकिस्तानी सेनाले ९ स्थानीय मानिसहरूको हत्या गरेका थिए। ३१ जुलाईका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच बक्शीगञ्ज जिल्लामा युद्ध भएको थियो जहाँ ३५ स्वतन्त्र लडाकुको सहित सहुलादिन मोम्ताज अहजुदामन, अब्दुल कलाम अजिको मृत्यु भएको थियो। १३ नोभेम्बरका दिन बक्शीगञ्ज उपजिल्ला अन्तर्गत पर्ने कमलपुरमा बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच युद्ध भएको थियो भने उक्त लडाइँमा बङ्गाली लडाकुका प्रमुख सेना गम्भीर घाइते भएका थिए। २१ दिन सम्मको सङ्घर्ष पश्चात् पूर्ण रूपमा सुरक्षित कमलपुरमा रहेको पाकिस्तानी सेनाको किल्ला अन्ततः बङ्गलादेशी लडाकुले ४ डिसेम्बरका दिन बम बारुद र तोप द्वरा ध्वस्त पारिदिएका थिए। उक्त युद्धमा पाकिस्तानी सेनाका प्रमुख असान मलिक सहित २२० पाकिस्तानी सेनाले सामूहिक रूपमा बङ्गलादेशी लडाकु प्रति आत्मसमर्पण गरेका थिए।

जनशाङ्खिकि

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २१०७२०९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०७५६९४ छ भने महिलाको जनसङ्ख्या १०३१५१५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०६७६८५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३७४४९ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ८४८, इसाई धर्मको ६६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११७१ रहेको छ। यस जिल्लाको जनघनत्व २१९१ प्रति किलोमिटर रहेको छ। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी आदि जनजातिहरू बसोबास गर्छन्।

अर्थतन्त्र

जामालपुर जिल्ला उखु, जुट, खैनी र तोरीको लागि प्रख्यात छ। यस जिल्लाले बदाम, अण्डा, छाला, गेडागुडी, तेल आदि निर्यात गर्ने गर्छ। यस जिल्लामा अन्य मौसमी बाली र फलफूल पनि उत्पादन हुने गर्छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.५०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३०% मजदुरी, व्यापार र उद्योगमा ०.८१%, वाणिज्यमा ११.८८%, सञ्चार र यातायातमा २.९४%, रेमिटेन्समा ०.३०%, निर्माण क्षेत्रमा १.२२%, अन्य क्षेत्रमा १०.६७%, धार्मिक सेवा ०.१९% र अन्य ८.१% रहेका छन्।

प्रशासन

प्रशासकीय जामालपुर जिल्लाको स्थापना सन् १९७८ मा भएको थियो। यस जिल्लामा हाल ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला जामालपुर सदर (४८९.५६ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला बाक्सीगञ्ज (१४०.१२ वर्ग किलोमिटर) हो। यस जिल्लाका ७ उपजिल्ला यस प्रकार छन्:

शिक्षा

यस जिल्लाको कुल साक्षरता दर ३१.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३५.४% छ भने महिलाको साक्षरता दर २८.०% रहेको छ। यस जिल्लामा ५ विश्वविद्यालय, ३९ कलेज, १ आयुर्वेदिक कलेज, १८५ माध्यमिक विद्यालय, ८२० प्राथमिक विद्यालय, १९ सामुदायिक विद्यालय, ३०८ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सरकारी आशिक महमद कलेज (सन् १९४६), सरकारी जहेदा सफिर महिला कलेज (सन् १९६७), मादारगञ्ज एएचजी सरकारी कलेज (सन् १९६८), स्लामपुर कलेज (सन् १९७०), जामालपुर जिला विद्यालय (सन् १८८१), जामालपुर सरकारी कन्या उच्च विद्यालय (सन् १८८२), पेङ्ना उच्च विद्यालय (सन् १८९६), सिङ्जाजमनी कन्या उच्च विद्यालय (सन् १९०१), जार्कता बहुभाषिक उच्च विद्यालय (सन् १९०७), सिङ्जाजानी बहुभाषिक उच्च विद्यालय (सन् १९१८), दिवानगञ्ज सरकारी उच्च विद्यालय (सन् १९१९), शरिशाबाडि रानी नदमनी नमुना उच्च विद्यालय (सन् १९२०), हज्राबाडि उच्च विद्यालय (सन् १९२६), कुमारी पाइलट उच्च विद्यालय (सन् १९३५), बलरिडिया प्राथमिक विद्यालय (सन् १८६९) आदि।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

जामालपुर जिल्ला भूगोलजामालपुर जिल्ला इतिहासजामालपुर जिल्ला जनशाङ्खिकिजामालपुर जिल्ला अर्थतन्त्रजामालपुर जिल्ला प्रशासनजामालपुर जिल्ला शिक्षाजामालपुर जिल्ला सन्दर्भ सामग्रीजामालपुर जिल्ला बाह्य कडीहरूजामालपुर जिल्लाबङ्गलादेशबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपाली सेनामनमोहन अधिकारीजनशक्तिविराट कोहलीमन्त्रविसं २०७२ को महाभूकम्पउपमहानगरपालिकासङ्घीयतास्वास्थ्यसती प्रथासूर्यटिमुरमुख्यमन्त्री (नेपाल)नारायणहिटी दरबार सङ्ग्रहालयशिवचार धामकमिलाप्रतिनिधि सभा निर्वाचन, २०७९लखन थापा मगरढुङ्गे युगइटहरी उपमहानगरपालिकाजापानी भाषाबाजुरा जिल्लाघोराही उपमहानगरपालिकामानव शरीरका अङ्गहरूको सूचीतत्समदिगो विकासनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थादार्चुला जिल्लाजाजरकोट भूकम्प, २०८०खड्गप्रसाद ओलीबाइसे राज्यहरूभक्ति थापाऔलोनीति शाहखनिजग्वाङझाउमहेन्द्र सिंह धोनीलोकतन्त्रमानव संसाधन व्यवस्थापनद्वापर युगपाकिस्तानको प्रधानमन्त्रीहेमन्त ऋतुनेपालको राजनीतिरामप्रसाद ज्ञवालीढोरबराहि मन्दिरनेपालका गाउँपालिकाहरूपुम्दिकोटरुस-युक्रेन युद्धसोह्र श्राद्धमदन भण्डारी राजमार्गरसायन शास्त्रकिराँत काललैङ्गिक पहिचानशिखरिणी छन्दइन्द्रबहादुर राईसुवासचन्द्र नेम्वाङनेपालका सर्वोच्च आठ हिमालमष्टो देवताजयपृथ्वीबहादुर सिंहबाख्रागणतन्त्रकर्जाभ्रष्टाचारखैरहनी नगरपालिकाअलौ पर्ववराहक्षेत्रओखलढुङ्गा जिल्लायुरोपपनौती नगरपालिकाकर्मचारी सञ्चय कोषमहिला सशक्तिकरणसन्दुक रुइतमौरिससजनकपुरधाम उपमहानगरपालिकाजानकी मन्दिरअङ्कनेपालको राष्ट्रपति🡆 More