मयमनसिङ्ह जिल्ला

मयमनसिङ्ह (बङ्गाली: ময়মনসিংহ জেলা) बङ्गलादेशको पूर्वी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।

मयमनसिङ्ह
ময়মনসিংহ
ময়মনসিংহের জেলা প্রশাসকের কার্যালয়
ময়মনসিংহের জেলা প্রশাসকের কার্যালয়
उपनाम: 
মমিসিং
बङ्गलादेशको नक्शामा मयमनसिङ्ह जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा मयमनसिङ्ह जिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°३८′३″उ॰ ९०°१६′४″पू॰ / २४.६३४१७°N ९०.२६७७८°E / 24.63417; 90.26778 ९०°१६′४″पू॰ / २४.६३४१७°N ९०.२६७७८°E / 24.63417; 90.26778
देशमयमनसिङ्ह जिल्ला बङ्गलादेश
विभागमयमनसिङ्ह विभाग
सरकार
 • जिल्ला प्रशासकমোঃ শাহ আলম বক্সী (বাংলাদেশ আওয়ামীলীগ)
क्षेत्रफल
 • जम्मा४,३६३.४८ किमी (१६८४.७५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा५,२१०,२७२
 • घनत्व१२००/किमी (३१००/वर्ग माइल)
वासिन्दामुमिनसिङ्ह
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
२२००
वेबसाइटhttp://www.mymensingh.gov.bd/

भूगोल

मयमनसिङ्ह जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २४°१५' देखि २५°१२' उत्तर अक्षांश र ९०°०४' देखि ९०°४९' पूर्वी देशान्तरणमा अवस्थित छ। मयमनसिङ्ह जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३६३.४८ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई गरो पहाड र भारतको मेघालय राज्यले उत्तर, गाजीपुर जिल्लाले दक्षिण, नेत्रकोनाकिशोरगञ्ज जिल्लाले पूर्व र शेरपुर, जामालपुरटाङ्गाइल जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, धलेश्वरी यस जिल्लाको प्रमुख नदिहरू हुन्।

मौसम

ময়মনসিংহको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २४.०
(७५.२)
२७.७
(८१.९)
३१.८
(८९.२)
३३.४
(९२.१)
३२.१
(८९.८)
३१.०
(८७.८)
३१.२
(८८.२)
३१.२
(८८.२)
३१.१
(८८.०)
३०.८
(८७.४)
२८.७
(८३.७)
२५.८
(७८.४)
२९.९
(८५.८)
दैनिक औसत °से (°फे) १७.५
(६३.५)
२०.७
(६९.३)
२५.१
(७७.२)
२७.८
(८२.०)
२७.९
(८२.२)
२८.०
(८२.४)
२८.५
(८३.३)
२८.५
(८३.३)
२८.४
(८३.१)
२७.२
(८१.०)
२३.४
(७४.१)
१९.६
(६७.३)
२५.२
(७७.४)
न्यूनतम औसत °से (°फे) ११.०
(५१.८)
१३.८
(५६.८)
१८.४
(६५.१)
२२.३
(७२.१)
२३.७
(७४.७)
२५.०
(७७.०)
२५.८
(७८.४)
२५.८
(७८.४)
२५.५
(७७.९)
२३.६
(७४.५)
१८.२
(६४.८)
१३.५
(५६.३)
२०.६
(६९.०)
औसत वर्षा मिमी (इन्च) १२
(०.५)
१७
(०.७)
४६
(१.८)
११०
(४.३)
२८६
(११.३)
४६९
(१८.५)
४०१
(१५.८)
३९८
(१५.७)
३११
(१२.२)
१७९
(७.०)
१८
(०.७)

(०.१)
२,२४९
(८८.६)
औसत सापेक्ष आर्द्रता (%) ४२ ३६ ३२ ४६ ६१ ७५ ७४ ७५ ७२ ६८ ५५ ४६ ५७
स्रोत: জাতীয় সংবাদপত্র

इतिहास

मयमनसिङ्ह क्षेत्रमा ब्रिटिस शासन काल देखिनै विभिन्न उतारचढाव तथा युद्धहरू भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मार्च २५ मा शुरू भएको थियो भने यस युद्ध भरि बङ्गलादेशका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच थुप्रै प्रत्यक्ष तथा अप्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थिए। २५ मार्च १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लड्न थुप्रै मानिसलाई फुलबारी उपजिल्ला अन्तर्गत पर्ने भवानीपुर सङ्घमा तालिम दिइएको थियो। २७ मार्चका दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच मयमनसिङ्ह सदर उपजिल्लामा झडप भएको थियो। १७ अप्रिलका दिन पाकिस्तानी सेनाले दुई सैनिक हवाइजहाजबाट अन्धाधुन्ध गोली प्रहार गरेका थिए जसका कारण १७ सर्वसाधारणको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए। २१ अप्रिलका दिन पाकिस्तानी सेनाले नाडाइल उपजिल्ला अन्तर्गत राजगाती गाउँमा १८ मानिसहरूको सामूहिक हत्या गरेका थिए भने थुप्रै घरटहराहरूमा आगजनी समेत गरेका थिए। पाकिस्तानी सेनाले २३ अप्रिका दिन मयमनसिङ्ह सहरमा कब्जा जमाएका थिए भने सोही दिन बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनालाई मुक्तिगच्छि भन्ने ठाउँमा प्रतिरोध गरेका थिए। बङ्गलादेश मुक्ति अभियानका बेलाउ राफाजुदिनको निर्देशनमा रहेको बङ्गलादेशी लडाकुहरूको एक समूहले मुक्तिगच्छा प्रहरी चौकी र बत टेलीमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए। ७ जुनका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेकाका लडाकु बीच त्रिशाल उपजिल्लाको कातखाली बजारमा युद्ध भएको थियो जहाँ ५० जना पाकिस्तानी सेना मारिएका थिए। १९ जुलाई १९७१ का दिन धोबउरा उपजिल्ला अन्तर्गत एक गाउँमा बङ्गलादेशी लडाकुको पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ११ सर्वसाधारण सहित २ लडाकुको ज्यान गएको थियो। ६ अगष्ट १९७१ का दिन हलुवाघाट उपजिल्ला अन्तर्गत एक गाउँमा बङ्गलादेशी लडाकुको पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ अब्दुल अजिज र पिरिमलको ज्यान गएको थियो। सन् १९७१को अगष्ट महिनामा त्रीशाल उपजिल्ला अन्तर्गत माथबाडी सङ्घमा बङ्गलादेशी लडाकुको पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ २ लडाकुहरू मारिएका थिए। पाकिस्तानी सेनासँगको एक प्रत्यक्ष गोली हानाहानमा अब्दुल रहमनको मृत्यु भएको थियो। ३ अक्टोबर १९७१ को मध्ये रातमा पाकिस्तानी सेनाले अचानक आक्रमण गर्दा ४ लडाकुहरूको ज्यान गएको थियो। त्यसको अघिल्लो दिन पाकिस्तानी सेनाले तराईकाण्डी फेरि घाटमा १२० मानिसको हत्या गरेका थिए। १६ अक्टोबरका दिन ६ स्वतन्त्राका लागि लडिरहेका लडाकुहरू ईश्वरगञ्ज उपजिल्लामा मृत्यु भएको थियो। ३ नोभेम्बरका दिन बङ्गलादेशी लडाकुले एक शक्तिशाली पाकिस्तानी सेनाको समूहलाई लगातार आक्रमण गरेक‍ थियो जसका कारण १२१ पाकिस्तानी सेना र २६ बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो। १७ नोभेम्बरका दिन नाडाइल उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच युद्ध भएको थियो जसका कारण केही बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो भने त्यहि दिनदेखि उक्त दिनलाई नाडाइल सहिद दिवसको रूपमा मनाइँदै आइएको छ। क्षेत्र नम्बर ११ का उप प्रबन्धक अस्फर उडिन अहमदले एक स्थानमा सैनिक शिक्षण केन्द्रमा केही युवाहरूलाई तालिम दिएका थिए जसले पछि पाकिस्तानी सेनालाई चुनौती दिएका थिए। फुलबारी उपजिल्ला अन्तर्गत पर्ने लक्ष्मीपुरमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच युद्ध भएको थियो जहाँ दुवै पक्षका ७० लडाकुहरूको मृत्यु भएको थियो। धपदारकन्दाका मानिसहरूले एक मध्य रातमा पाकिस्तानी सेनाले आक्रमण गर्नै लाग्दा केही धारिलो हतियार द्वरा प्रतिरोध गरेका थिए भने उक्त रात पाकिस्तानी सेनाको एक प्रमुखको मृत्यु भएको थियो। उक्त रातको घटनाको फलस्वरूप पाकिस्तानी सेनाले उक्त गाउँमा अन्धाधुन्ध गोली प्रहारी गरी थुप्रै मानिसहरूलाई मारिदिएका थिए। पाकिस्तानी पछि ९ जना मानिसहरूको अपहरण गरेका थिए जसमा शत्यन्द्रनाथ दत्त, पएर उच्च माध्यमिक विद्यालयका प्रवक्ता र अन्य मानिसहरूको सामूहिक हत्या गरेका थिए भने शत्यन्द्रनाथ भने पानीमा फाल हानी बाच्न सफल भएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको मयमनसिङ्ह उपजिल्लामा एक युद्धमा ३३ लडाकुहरू मारिएका थिए। त्रिशाल उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको युद्धमा ११ बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो भने पाकिस्तानी सेनाले यस जिल्लाको विभिन्न स्थानहरूमा सैनिक किल्ला खडा गर्ने, सामूहिक हत्या गर्ने, घरटहराहरूमा आगजनी गर्ने र बलात्कार जस्ता क्रियाकलापहरू गरेका थिए।

जनशाङ्खिकि

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४४८९७२६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २२९७३०२ छ भने महिलाको जनसङ्ख्या २१९२४२४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४२८९७८९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६८१३५ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २७९९९, इसाई धर्मको ३३० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३४७३ रहेको छ। यस जिल्लामा ३९८० मस्जिद, ५३० मन्दिर र ७ गृजाघरहरू रहेका छन्। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी आदि जनजातिहरू बसोबास गर्छन्।

अर्थतन्त्र

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.१४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.६५% मजदुरी, व्यापार र उद्योगमा ०.८२%, वाणिज्यमा ११.४०%, सञ्चार र यातायातमा ३.५३%, रेमिटेन्समा ०.४६%, निर्माण क्षेत्रमा १.३३%, सुविधा ६.२१%, धार्मिक सेवा ०.२१% र अन्य ८.२५% रहेका छन्।

प्रशासन

प्रशासकीय मयमनसिङ्ह जिल्ला सन् १७८७ मा स्थापना गरिएको थियो। मयमनसिङ्ह सहरको नाम पहिला नसिराबादको रूपमा परिचित थियो।

यस जिल्लामा हाल ४ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला शिवचार (३२१.८८ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला रोजियोर (२२९.२८ वर्ग किलोमिटर) हो।

शिक्षा

यस जिल्लाको कुल साक्षरता दर ३९.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४१.७% छ भने महिलाको साक्षरता दर ३६.३% रहेको छ। यस जिल्लामा २ विश्वविद्यालय, ३ मेडिकल कलेज, ६३ कलेज, १ सैनिक शिक्षण संस्था, २ व्यवसायीक शिक्षण संस्था, ४ शिक्षक शिक्षण संस्था, १ व्यवसायीक शिक्षण संस्था, कलेज, १ आयुर्वेदिक संस्था, ५९ नर्सिङ शिक्षण संस्था, ५०६ माध्यमिक विद्यालय, २०४३ प्राथमिक विद्यालय, ६ सामुदायिक विद्यालय, १०६५ गैरसरकारी विद्यालय, ३ सङ्गीत विद्यालय, १२१२ मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; बङ्गलादेश कृषि विश्वविद्यालय (सन् १९६०), आनन्द मोहन सरकारी कलेज (सन् १९०८), मयमनसिङ्ह मेडिकल कलेज (सन् १९६८), मयमनसिङ्ह कन्या सैनिक क्याम्पस (सन् १९६४), मुनिनेसया सरकारी कन्या कलेज (सन् १९५९), मुकुल निकेतन उच्च विद्यालय (सन् १९५९), विद्यामोही निकेतन उच्च विद्यालय (सन् १८७३), फूलपुर पाइलट उच्च विद्यालय (सन् १८८२), रामगोपालपुर पिजेके उच्च विद्यालय (सन् १८९०), मुक्तच्छा राम किशोर उच्च विद्यालय (सन् १८९४), कान्दिपारा अस्कर उच्च विद्यालय (सन् १८९४), महाकाली कन्या विद्यमलय तथा कलेज (सन् २९०७), बिरही तालतारा कन्या उच्च विद्यालय (सन् १९०२), एडवर्ड शिक्षण संस्था (सन् १९०३), राधा सुन्दरी कन्या उच्च विद्यालय (सन् १९२७), बङ्गलादेश रेलवे सरकारी उच्च विद्यालय (सन् १९२५), सेन्ट मेरीज् कन्या उच्च विद्यालय (सन् १९२९), मयमनसिङ्ह जिला विद्यालय (सन् १८५३), सिटी सैनिक विद्यालय (सन् १८८३), मृतेञ्जोय विद्यालय (सन् १९०२), नसिराबाद सैनिक विद्यालय (सन् १९२१), नुजरल एकेडेमी (सन् १९१३), कल्तासेन केण्ड्रिया कमिल मदरसा (सन् १८९०), चारगोडाङ्गा सिनियर फजिल मदरसा (सन् १९१५), पाँचबाध इस्लामी फजिल मदरसा (सन् १९२१), शेरपुर इस्लामी फजिल मदरसा (सन् १९२७) आदि।

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

मयमनसिङ्ह जिल्ला भूगोलमयमनसिङ्ह जिल्ला इतिहासमयमनसिङ्ह जिल्ला जनशाङ्खिकिमयमनसिङ्ह जिल्ला अर्थतन्त्रमयमनसिङ्ह जिल्ला प्रशासनमयमनसिङ्ह जिल्ला शिक्षामयमनसिङ्ह जिल्ला सन्दर्भ सामग्रीमयमनसिङ्ह जिल्ला बाह्य सूत्रमयमनसिङ्ह जिल्लाबङ्गलादेशबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

वैज्ञानिकदेवनागरी लिपिसहरीकरणदेउकी प्रथाजङ्गबहादुर राणाझमक घिमिरेबाथप्राथमिक उपचारनेपालका हिमालहरूको सूचीमुख्य पृष्ठगढीमाईपुनर्जागरणसमाजवाददशरथ चन्दरवि लामिछानेकिराँत कालअशोक स्तम्भनेपाल सरकारमातृभाषास्तन सम्भोगसाम्यवादयोगमाया न्यौपानेविद्यालयछाउपडीदिनेश अधिकारीभीमदत्त नगरपालिकाइन्द्रबहादुर राईविजय मल्लबास्केटबलरोगनिर्वाचननेपालको प्रधानन्यायाधीशप्रजातन्त्र दिवसप्रविधिलोकगीतनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको जनआन्दोलन २०४६राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)जङ्गलगणतन्त्रमहासागरनवलपरासी जिल्लाबारा जिल्लान्यायपालिकानेपालको प्रधानमन्त्रीआम निर्वाचन २०१५अर्थशास्त्रसुवासचन्द्र नेम्वाङमहानगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीनेपाल दूरसञ्चार प्राधिकरणकौडिन्य गोत्रलेनिनवादफौजदारी कानुनस्थानीय तहकुकुरव्यास नगरपालिकाचूडाकर्म संस्कारसमाचारजगेडादिल्ली सम्झौताऋतुनेपाल विद्यार्थी सङ्घबाल विवाहनेपालका नगरपालिकाहरूदेवताबुद्धवर्ण विन्यासबालकृष्ण समअनुराधा कोइरालाशब्दकोशघुम्ने मेचमाथि अन्धो मान्छेरानी राजेन्द्र लक्ष्मी🡆 More