क्रिस हेम्सवर्थ

क्रिस हेम्सवर्थ (जन्म ११ अगस्ट १९८३) एक अस्ट्रेलियन अभिनेता हुन जो मार्भल स्टुडियोको चलचित्र थोरमा थोरको प्रमुख भूमिका निर्वाह गरेकोमा चिनिन्छन। हेम्सवर्थ आफ्नो सो भूमिका २०१२ को चलचित्र द अभेन्जर्स र २०१३ को चलचित्र थोर २ मा पनि निभाउदै छन्। उनले अस्ट्रेलियन धारावाहिक शृङ्खला होम एन्ड अवेमा किम हाईड भएर पनि खेलेका थिए। उनी लियमको ठुलो दाई र लुकको सानो भाइ पनि हुन्।

क्रिस हेम्सवर्थ
क्रिस हेम्सवर्थ
हेम्सवर्थ एप्रिल २०११ मा आफ्नो चलचित्र 'थोर' को प्रेस कन्फ्रेन्समा
जन्म११ अगस्ट १९८३
मेलबोर्न, अस्ट्रेलिया
पेशाअभिनेता
कार्यकाल२००२–हाल
जीवनसाथीएल्सा पटाकि (२०१०)
सन्तान
आफन्तलियम हेम्सवर्थ
लुक हेम्सवर्थ

प्रारम्भिक जीवन

हेम्सवर्थ लियोनि, एक अङ्ग्रेजीका शिक्षिका, र क्रेग हेम्सवर्थ, एक सामाजिक परामर्शदाताको छोराको रूपमा मेलबर्नमा जन्मेका थिए उनी त्यहाँ र उत्तरी क्षेत्रको एक सानो अस्ट्रेलियन आदिवासी समुदाय, बुलमनमा हुर्किएका थिए । "मेरो सबैभन्दा पहिलेको सम्झनाहरु त्यहाँका पशु स्टेशनहरूमा थिए र त्यसपछि हामी मेलबर्न फिर्ता आयौँ र फेरि त्यहाँ गयौँ र अन्तयमा फेरि मेलबर्न फिर्ता आयौँ । निश्चित रूपले मेरो बाल्यकाल सबैभन्दा बढि मेलबर्नमा बितेको थियो तर शायद मेरो सबैभन्दा विशुद्ध सम्झनाहरु त्यहि बुलमनमा गोहि र भैंसीसंग थिए । निकै भिन्न खाल्को जीवन", हेम्सवर्थले भने ।

उनले आफ्नो परिवार उत्तरी क्षेत्रबाट फिलिप टापुमा जानु अघि हिथमन्ट कलेजमा उच्च शिक्षा लिएका थिए ।

कार्यकाल

२००४ मा उनले होम एन्ड अवे नामक कार्यक्रममा रोबि हन्टर (जेसन स्मिथद्वारा निभाइएको) को भूमिकाको लागि अडिशन दिए तर सफल हुन सकेनन। त्यसपछि उनलाई किम हाइडको भूमिकाको लागि फिर्ता बोलाईएको थियो र उनी त्यसको लागि सिड्नी सरे। ३ जुलाई २००७ मा यस शृङ्खला नछाडुन्जेल सम्म उनले यसको १७१ भागहरूमा देखा परेका छन । उनी दुई लोगि पुरस्कारको निम्ति मनोनयनमा परेका छन र २००५ मा होम एन्ड अवेका लागि सर्वाधिक लोकप्रिय नयाँ प्रतिभा पुरस्कार जितेका पनि छन्।

निजि जीवन

हेम्सवर्थले अभिनेत्री एल्सा पटाकिसँग २०१० को क्रिसमस छुट्टीको समयमा विवाह गरे। उनीहरू दुईजना २०१० मा आपसी प्रतिनिधिको माध्यमले भेटेको थिए। २५ सेप्टेम्बर २०१० मा लस एन्जलस काउन्टी कला सन्ग्र्हालयको एक समारोहमा उनिहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। उनिहरु आफ्नो पहिलो सन्तानको आगमन वसन्त २०१२ मा गर्दैछन्। उनको ठूलो दाई लुक र सानो भाइ लियम पनि अभिनेता हुन्।

अभिनयको सूची

क्रिस हेम्सवर्थ 
हेम्सवर्थ २०१० को सान डिएगो कमिक-कन ईन्टरनेशनलमा

चलचित्र

वर्ष शीर्षक भूमिका जारि मिति
२००९ स्टार ट्रेक जोर्ज कर्क ८ मे २००९
पर्फेक्ट गेटअवे, अअ पर्फेक्ट गेटअवे केल ७ अगस्ट २००९
२०११ थोर थोर ६ मे २०११
२०१२ क्याबिन ईन द वुड्स, दद क्याबिन ईन द वुड्स कर्ट १३ एप्रिल २०१२
अभेन्जर्स, दद अभेन्जर्स थोर ४ मे २०१२
स्नो व्हाईट एन्ड द हन्टस्म्यान एरिक, द हन्टस्म्यान १ जुन २०१२
रेड डन जेड एकर्ट २ नोभेम्बर २०१२
२०१३ थोर २ थोर १५ नोभेम्बर २०१३

टेलिभिजन

वर्ष शीर्षक भूमिका टिप्पणी
२००२ मार्शल ल द किड १ भाग: "डमेस्टिक ब्लिस"
२००३ स्याडल क्लब, दद स्याडल क्लब द न्यु भेट १ भाग: "टेन्डरफुट"
२००४ फर्गस मक्फेल क्रेग १ भाग: "ईन अ ज्याम"
२००४–०७ होम एन्ड अवे किम हाईड शृङ्खला रेगुलर

भिडियो गेम्स

वर्ष शीर्षक भूमिका टिप्पणी
२०११ थोर: गड अफ थन्डर थोर

पुरस्कार तथा नामांकन ‎

  • लोगि अवार्ड २००६
    • सर्वश्रेष्ठ चर्चित अभिनेता – मनोनित
  • लोगि अवार्ड २००५
    • सर्वश्रेष्ठ चर्चित नयाँ प्रतिभा – पुरुष – विजयी
    • सर्वश्रेष्ठ चर्चित अभिनेता – मनोनित
  • अस्ट्रेलियन्स ईन फिल्म्स २०१० ब्रेक्थ्रु अवार्ड
    • एआईएफ ब्रेक्थ्रु अवार्ड – विजयी
  • २०११ टिन चोईस अवार्ड
    • चोईस चलचित्र: ब्रेकआउट पुरुष प्रतिभा – मनोनित
  • सिनेमाकन अवार्ड २०११
    • मेल स्टार अफ टुमरो – विजयी
  • २०११ स्क्रिम अवार्ड
    • सर्वश्रेष्ठ सुपरहिरो - मनोनित
    • ब्रेक्थ्रु अभिनय: पुरुष - मनोनित
  • ३८ औँ पिपल्स चोईस अवार्ड
    • मनपर्ने चलचित्र सुपरहिरो - मनोनित
  • बाफ्टा अवार्ड
    • राईजिन्ग स्टार अवार्ड २०१२ – मनोनित

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

क्रिस हेम्सवर्थ प्रारम्भिक जीवनक्रिस हेम्सवर्थ कार्यकालक्रिस हेम्सवर्थ निजि जीवनक्रिस हेम्सवर्थ अभिनयको सूचीक्रिस हेम्सवर्थ पुरस्कार तथा नामांकन ‎क्रिस हेम्सवर्थ सन्दर्भ सामग्रीक्रिस हेम्सवर्थ बाह्य कडीहरूक्रिस हेम्सवर्थथोर (चलचित्र)

🔥 Trending searches on Wiki नेपाली:

सुनफ्रान्सेली राज्यक्रान्तिकोशी प्रदेश क्रिकेट टोलीअल्पविकसित देशनेपाल टेलिभिजनबालेन शाहमोबाइल फोनघोराही उपमहानगरपालिकालोक सभाअङ्कमाझी जातिनेपालका प्रधानमन्त्रीहरूको सूचीमानव विकास सूचकाङ्कपाटन दरबार क्षेत्रनेपालका झरनाहरूको सूचीनिक्षेपतिहारकृष्ण मन्दिरनियमावलीनारायणगोपाल गुरूवाचार्यनेपालको झन्डापृथ्वीहिन्दु धर्मनेपालका सहिदहरूकार्यपालिकावायु प्रदूषणमदन पुरस्कारनिबन्धसगरमाथाअन्तिम संस्कारमहासागरडढेलोकान्तिपुर दैनिकपिनासलोकतन्त्रसौर्यमण्डलकुसुम (फल)सर्लाही जिल्लाभाषागाउँखाने कथापोखरा महानगरपालिकाछन्दनेपाल ए क्रिकेट टिमसूर्यविकिमिडिया कमन्सराष्ट्रिय स्वतन्त्र पार्टीनक्साज्योतिषपूँजी बजारहिमाली प्रदेशपञ्चशीलअंशुवर्मानेपालका राजाहरूको सूचीप्राइभेट लिमिटेड कम्पनीपूँजीवादलोक सेवा आयोग (नेपाल)हनुमान चालीसाआन्ध्र महासागरकान्ति उच्च माध्यमिक विद्यालयविराटनगर जुट मिलनेपाल स्काउटउखान-टुक्कादराजमहाभारतवेब ब्राउजरडडेल्धुरा जिल्लानम्रता श्रेष्ठसमयनेपाल आयल निगम लिमिटेडगौरी (शोककाव्य)कथानकनेपालको जनआन्दोलन २०६३नेपालका राष्ट्रिय विभूतिहरूझमक घिमिरेवेब्याक मेसिननेपालका उपत्यकाहरूमारुनी नाचदमकल🡆 More