उजिरसिंह थापा: नेपाल-अङ्ग्रेज युद्धका नायक

उजिरसिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन्। पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ। अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।

उजिरसिंह थापा
उजिरसिंह थापा: प्रारम्भिक जीवन, बडाहाकिम, मृत्यु
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम
कार्यकाल
वि.सं. १८७१ मङ्सिर ८ – १८८१
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
उतराधिकारीबख्तावरसिंह थापा
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)
आर्यघाट, काठमाडौँ
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठूलोबुवा)
माथवरसिंह थापा (भाइ)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अङ्ग्रेज युद्ध (पाल्पा-बुटबल)

प्रारम्भिक जीवन

उजिरसिंह थापाको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत कृष्ण प्रतिपदामा भएको थियो। उनका पूर्वज काजी वीरभद्र थापाले नेपालको एकीकरणमा युद्ध लडेका थिए र उनकी आमा मूलकाजी रणजीत पाँडेकी छोरी थिइन्। उनका भाइबहिनी मुख्तियार माथवरसिंह थापा, महारानी ललित त्रिपुरा सुन्दरी र गणेश कुमारी (जङ्गबहादुर राणाकी आमा) थिए। थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्। मुख्तियार भीमसेन थापाले थापाको रेखदेख पनि गरेका थिए। उनलाई कर्णेलको दर्जा दिइएको थियो र उनले धनकुटा, सप्तरी, बारापर्सा क्षेत्रमा पनि काम गरेका थिए।

बडाहाकिम

सानुकाजी अमरसिंह थापाको मृत्यु भएपछि १९-२० बर्सिए उजिरसिंह थापा वि.सं. १८७१ सालमा पाल्पाका बडाहाकिम भएका थिए।

उजिरसिंह थापा: प्रारम्भिक जीवन, बडाहाकिम, मृत्यु 
उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे। बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए। १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए। रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए।

अङ्ग्रेज हमला २२ पुष, १८७१ मा जीतगढीमाथि भयो। तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए। अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो। वुड गोरखपुर तिर फिर्ता गए। नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए।

मृत्यु

वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौँ आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो। मृत्युको एघारौँ दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोतहरू

कागजातहरू

  •  

Tags:

उजिरसिंह थापा प्रारम्भिक जीवनउजिरसिंह थापा बडाहाकिमउजिरसिंह थापा मृत्युउजिरसिंह थापा यो पनि हेर्नुहोस्उजिरसिंह थापा सन्दर्भ सामग्रीहरूउजिरसिंह थापानेपाल अङ्ग्रेज युद्धपाल्पा जिल्लापाल्पाका बडाहाकिमबुटवल उपमहानगरपालिकाभगवतीजात्रारणउजीश्वरी भगवती मन्दिर

🔥 Trending searches on Wiki नेपाली:

पाँचतले मन्दिरमहिनाविद्युतसापेक्षता सिद्धान्तबहुदलीय प्रणालीनेपालको पञ्चवर्षीय योजनाअसुरोमहिषपाल वंशराष्ट्रिय प्रजातन्त्र पार्टीअनलाइन खबरकर्मचारी सञ्चय कोषमन्त्रफिफाघोडाघोडी तालठकुरीबहादुर शाहभीमसेन थापानेपालका सहिदहरूरामनामपूर्वी रुकुम जिल्लासंस्कारनवलपरासी जिल्लाखप्तड राष्ट्रिय निकुञ्जसंविधान सभामिथिलामहाभारत पर्वत शृङ्खलाबालकृष्ण समग्रीष्म ऋतुभक्तपुर जिल्लावैज्ञानिकरुकुमकोटनेपालका मल्ल राजाहरूको सूचीनेपाल टेलिभिजननेपालको सैन्य दर्जाआन्ध्र महासागरभ्रष्टाचारराष्ट्रिय भूकम्प सुरक्षा दिवसविक्रम सम्वत्महालेखा नियन्त्रकको कार्यालयसप्तकोशी नदीमाटोरुपन्देही जिल्लात्रिभुवन विश्वविद्यालयनेपाल रेडक्रस सोसाइटीप्रियङ्का कार्कीअक्षांशकेराबारी गाउँपालिकामनकामना मन्दिरपहाडी प्रदेश (नेपाल)राष्ट्रिय परीक्षा बोर्डचाँगुनारायण मन्दिरविसं २०७२ को महाभूकम्पमाध्यमिक विद्यालयआर्थिक विकासक्रान्तिसुवेदीलोकतन्त्रअश्लील शब्दहरूदेवलहाट मन्दिरसहिदश्रीमद्भागवत् पुराणनेपालको मन्त्रिपरिषद्आमाप्रतिनिधि सभा (नेपाल)अर्घाखाँची जिल्लाबुद्ध धर्मविद्युतीय अपराधलोक सभाआँकनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपालको कानूनी इतिहासशेरबहादुर देउवास्याङ्जा जिल्लागाउँपालिकानिर्वाचन आयोग (नेपाल)🡆 More