इन्फ्लुएन्जा

इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। यसका लक्षणहरू सामान्यदेखि अत्यन्तै गम्भीरसम्मका हुन्छन्। प्रायजसो देखा पर्ने लक्षणहरू: उच्च ज्वरो, नाकबाट पातलो सिँगान बग्ने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने तथा थकान महशुस हुने आदि हुन्। सामान्यतया यी लक्षणहरू भाइरसको सम्पर्कमा पुगेको दुई दिनपछि सुरु हुन्छन् र धेरैजसो एक हप्ताभन्दा कमसम्म रहने गर्दछन्। यद्यपी यो रोगका कारण लाग्ने खोकी दुई हप्ताभन्दा बढी रहन सक्छ। बालबालिकाहरूमा वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू पनि देखिन्छ तर वयस्कहरूमा यस्तो लक्षण नदेखिन सक्छ। वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू खासगरी इन्फ्लुएन्जासँग सम्बन्धित नहुने सङ्क्रामक पखाला (ग्यास्ट्रोएन्टराइटिस) भएको बेलामा देखा पर्छ। सङ्क्रामक पखालालाई गलत अर्थ लाग्नेगरी 'पेटको फ्लू' वा '२४ घण्टे फ्लू' पनि भन्ने गरिन्छ तर यसको वास्तविक फ्लूसँग कुनै सम्बन्ध छैन।

इन्फ्लुएन्जा
विभाग:Family medicine, फोक्सोशास्त्र, infectious diseases, आकस्मिक चिकित्सा Edit this on Wikidata

इन्फ्लुएन्जाले भाइरल निमोनिया, दोस्रो चरणको ब्याक्टेरियल निमोनिया, नाके ओढारको सङ्क्रमण (पिनास) जस्ता जटिलता निम्त्याउन सक्छ भने दम वा हृदयघात जस्ता समस्यालाई झनै जटिल बनाउन सक्छ।

इन्फ्लुएन्जा भाइरसहरू धेरै प्रकारका भए पनि तीन वटाले मात्र मानिसलाई असर पुर्याउने गर्दछन्। ती भाइरसहरूलाई अङ्ग्रेजीमा टाइप ए, टाइप बी र टाइप सी भनेर नामाकरण गरिएको छ।

सन्दर्भ सामग्रीहरू


Tags:

सङ्क्रामक पखाला

🔥 Trending searches on Wiki नेपाली:

उपेन्द्र यादवस्वरवर्ण र व्यञ्जनवर्णभावनाहात्तीपाइले रोगपहिलो विश्वयुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमहेन्द्र वीरविक्रम शाहनिजीकरणरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोच्याटजिपिटीजीवनीशाह वंशकोशी प्रदेशको मुख्यमन्त्रीराम राज पन्तनेपालको अर्थतन्त्रफ्लोरेन्स नाइटिङ्गेलनगरपालिकाइलाम २ (निर्वाचन क्षेत्र)देवनागरी सङ्ख्या पद्धतिसीताआन्तरिक लेखापरीक्षणनेपालको सङ्घीय संसदझोला (चलचित्र)नेपालमा भूकम्पको इतिहासनेपाली राष्ट्रिय क्रिकेट टोलीसिद्धार्थनगर नगरपालिकानेपालको अन्तरिम शासन विधान २००७भूमध्यरेखानेपालमा कृषिउत्प्रेरणायान्देक्सनेपालका दलित वर्गमा पर्ने थरहरूछाउपडीकान्तिपुर दैनिकहलेसी महादेवयुट्युबऔलोगाउँ सभानेपालका हिमालहरूको सूचीनेपाल संस्कृत विश्वविद्यालयचिठीसैजनअक्षराङ्क शिक्षालैङ्गिक पहिचानसुनवल नगरपालिकानेपालको संस्कृतिपहिलो पुस्तासप्तरी जिल्लाखस ब्राह्मणनमस्तेजारी (चलचित्र)गण्डकी प्रदेशनेपाल टेलिभिजनचतराधामफिफानेपाल विद्यार्थी सङ्घसमूहनेपालका अञ्चलहरूकाल भैरवसमाचारनेपाली विकिपिडियाकालिकोट जिल्लानेपालको अन्तरिम संविधान २०६३जलवायु परिवर्तनआइएसबिएनइन्टरनेटबूढानीलकण्ठ मन्दिरविसं २०७२ को महाभूकम्पकानूनविकिसुशासनप्रतिनिधि सभा (नेपाल)ताप्लेजुङ जिल्लाश्रीमद्भगवद गीतादोस्रो विश्व युद्धघोराही उपमहानगरपालिकाकिम्बु🡆 More