आदिलाबाद जिल्ला: भारतको जिल्ला हो

आदिलाबाद जिल्ला भारतको तेलङ्गाना राज्यको उत्तरी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। यसलाई दक्षिण र मध्य भारतको प्रवेशद्वार जिल्लाको रूपमा चिनिन्छ। आदिलाबाद सहर यस जिल्लाको सदरमुकाम हो। जिल्लाले कोमुरम भीम आसिफाबाद, निर्मल जिल्लाहरू र महाराष्ट्रको राज्य सीमासँग सीमाहरू साझा गर्दछ।

आदिलाबाद जिल्ला
कुन्तला झरना
कुन्तला झरना
आदिलाबाद जिल्लाको अवस्थिति
देशआदिलाबाद जिल्ला: भारतको जिल्ला हो भारत
राज्यतेलङ्गाना
सदरमुकामआदिलाबाद
क्षेत्रफल
 • जम्मा४१५३ किमी (१६०३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा७०८९७२
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)

इतिहास

यस जिल्लामा विभिन्न समयमा मौर्य, सातवाहन, काकतिया र गोण्ड राजाहरू लगायत विभिन्न राजवंशहरूद्वारा शासन गरिएको थियो। काकतिया राजवंशको समयमा बनेका केही तेलुगु शिलालेख आदिलाबाद जिल्लामा फेला परेका छन्, जसले यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई सङ्केत गर्दछ।

अक्टोबर २०१६ मा जिल्लाको पुनर्गठनका कारण, पहिलेको आदिलाबाद जिल्लालाई चार जिल्लाहरूमा विभाजन गरिएको थियो: आदिलाबाद जिल्ला, कोमाराम भीम आसिफाबाद जिल्ला, मनचेरियल जिल्ला, र निर्मल जिल्ला

जनसाङ्ख्यिकी

भारतको जनगणना अनुसार, अवशिष्ट आदिलाबाद जिल्लाको जनसङ्ख्या ७०८,९७२ छ, जसमा ९८९ महिला र १००० पुरुषको अनुपात छ। जनसङ्ख्याको २३.६६% शहरी क्षेत्रमा बसोबास गर्दछ। साक्षरता दर ६३.४६% छ। अनुसूचित जाति र अनुसूचित जनजातिहरूले क्रमशः ९९,४२२ (१४.०२%) र २२४,६२२ (३१.६८%) जनसङ्ख्या बनाउँछन्।

अवशिष्ट जिल्लामा, जनसङ्ख्याको ३६.५०% तेलुगु, १९.६७% मराठी, १७.२३% गोंडी, १०.२३% उर्दू, ७.१०% लाम्बाडी, २.९२% कोलामी र २.०५% हिन्दी आफ्नो पहिलो भाषाको रूपमा बोल्छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

आदिलाबादकोमुरम भीम आसिफाबाद जिल्लाजिल्लातेलङ्गानानिर्मल जिल्लाभारतमहाराष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

मिथिलाआइज्याक न्युटननेपालका वनस्पतिहरूनयाँ वर्षमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८नेपालको मन्त्रिपरिषद्मानव विकास सूचकाङ्कशाह वंशलैङ्गिक समानतासंयुक्त राष्ट्रहात्तीराष्ट्रिय वाणिज्य बैंकचन्द्र शमशेर जङ्गबहादुर राणानेपाली राष्ट्रिय क्रिकेट टोलीमिटरव्यवस्थापनसीतानेपालमा बोलिने भाषाहरूध्रुवचन्द्र गौतमचाडपर्वसन्दुक रुइतपृथ्वीनारायण शाहगौरी (शोककाव्य)थापाविकिमिडिया नेपालको विधानताप्लेजुङ जिल्लाकारकशिक्षण विधिचेपाङ जातिकिशोरावस्थाकर्जाइन्स्टाग्रामव्यवस्थापिका१ वैशाखदरबार हाई स्कुलबालीकृषिरुपन्देही जिल्लापरिवार नियोजनप्रवेशिका परीक्षामुनामदन (चलचित्र)फलेवास नगरपालिकागण्डकी नदीपशुपतिनाथ मन्दिरकावासोती नगरपालिकामधेश प्रदेशमस्तिष्ककिराँत धर्मनेपाली साहित्यको इतिहासदिनेश अधिकारीकरतालआत्महत्याजलवायु परिवर्तनगोकर्णेश्वर नगरपालिकामकवानपुर जिल्लासमाजवादयशू ख्रिष्टतत्समकुलदेवतालोकतन्त्रलोकगीतमहासागरसुगौली सन्धिफ्लोरेन्स नाइटिङ्गेलमुख्य पृष्ठभगवानतथ्याङ्कटिकटककुमारी बैंकभारद्वाज ऋषिइरानराष्ट्रिय सहकारी दिवसअध्यक्षहिमाली प्रदेश (नेपाल)भित्री मधेशसिन्जा उपत्यकाधान🡆 More