आइसर मोटर्स: भारतीय मोटर कम्पनी

आइसर मोटर्स (अङ्ग्रेजी: Eicher Motors, BSE: 505200, NSE: EICHERMOT)को स्थापना सन् १९८२ मा भएको एक भारतिय गाडि बनाउने कम्पनी हो । यसको कार्यालय गुरगाउँ इन्डियामा रहेको छ । रोयल इनफिल्डको स्वामित्व आइसर मोटर्समा रहेको छ । सन् २०१६ मा आइसर मोटर्स लिमिटेड निफ्टि ५० इन्डेक्समा समावेश भएको थियो ।

आइसर मोटर्स
व्यवसाय प्रकार
पब्लिक कम्पनी
व्यावसायिक रूप
आइएसआइएनINE066A01013 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसवारी साधन
स्थापित१९४८; ७६ वर्ष अघि (१९४८)
स्थापनाकर्ताविक्रम लाल
केन्द्रीय कार्यालयगुरगाउँ, भारत
मुख्य व्यक्ति
सिद्धार्थ लाल (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूव्यावसायिक सवारी तथा इन्जिन
राजश्व११,९२३ करोड (युएस$१.७ बिलियन) (2015)
खुद आम्दानी
३,०८० करोड (युएस$४३० मिलियन) (2012)
मालिकसिद्धार्थ लाल
सहायक कम्पनीहरू
  • Eicher Polaris (50%)
  • VE Commercial Vehicles (54.4%)
  • Royal Enfield (India)
वेबसाइटwww.eicher.in

इतिहास

आइसर मोटर्स: इतिहास, समूह संरचना, सवारी साधनहरू 
आइसरको सवारी साधन

आइसर मोटर्स भारतको व्यावसायिक गाडि उत्पादक कम्पनी हो । यस कम्पनीको शुरूवात सन् १९४८ मा विदेशी ट्याक्टरहरूको वितरण तथा सेवाको लागि गुडअर्थ कम्पनीको स्थापना भए पश्चात भएको । सन् १९५९ मा आइसर ट्याक्टर कर्पोरेशन इन्डिया प्राइभेट लिमिटेडको स्थापना आइसर ट्याक्टर कम्पनी तथा जर्मन ट्याक्टर उत्पादकको सहकार्यमा भएको थियो । सन् १९६५ देखि आइसर भारतमा भारतिय शेयरधनीहरूले स्वामित्व ग्रहण गरेका थिए । जर्मन आइसर ट्याक्टरको अर्थ स्वामित्व मासेइ-फर्गुसनले सन् १९७० देखि ग्रहण गरेका थिए, जुन ३० प्रतिशतको स्वामित्व रहेको छ । मासेइ-फर्गुसनले जर्मन कम्पनीलाई सन् १९७३ मा खरिद गरेका थिए ।

सन् २००५ मा आइसर मोटर्स लिमिटेडले आफ्नो ट्याक्टर तथा इन्जिन व्यावसायलाई चेन्नईमा अवस्थित ट्याफे ट्याकटरसलाई बेचेका थिए । सन् १९८२ अक्टोबरमा मित्सुविसीसँग हल्का व्यावसायिक सवारी साधन उत्पादनको गर्नको लागि सम्झौता गरेका थिए । हल्का व्यावसायिक सवारी साधन आइसर मित्सुविसी ब्राण्डमा बिक्रि हुने गर्दथ्यो । सन् १९९० फेब्रुअरी मा आइसर गुडअर्थले इन्फिल्ड इन्डियाको २६ प्रतिशत शेयर खरिद गरेको थियो र सन् १९९३ मा आइसले रोयल इन्फिल्ड इन्डियाको सर्वाधिक शेयर गरेको थियो ।

सन् २००८ मा आइसर मोटर्स लिमिटेड तथा भोल्भो समूहको ५०:५० प्रतिशतको उपक्रममा भिइ व्यावसायिक सवारि साधानको डिजाइन, उत्पादन तथा बजारीकरण गर्ने गरेका थिए । हाल भोल्भो समूहले भिइ व्यावसायिक सवारि साधानको ४५.६ प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको छ ।

समूह संरचना

आइसर समूहमा विभिन्न डिजाइन, विकास, तथा स्थानिय र अन्तर्राष्ट्रिय ट्रकहरूको बजारीकरण, बस, मोटरसाइकर, सवारी साधनको पार्टस तथा सामानहरूको व्यावसायिक स्वार्थ रहेको छ । आइसरले विकासको सम्भावित क्षेत्रहरू जस्तो व्यवस्थापन परामर्श सेवा, कस्टोमाइज इन्जिनियरिंग तथा नक्सा तथा भ्रमण पुस्तकहरूमा लगानी गरेका छ ।

भिइ व्यावसायिक सवारि साधान लिमिटेड भोल्भो समूह तथा आइसर मोटर्स लिमिटेडको संयुक्त उपक्रमको कम्पनी हो । भिइ व्यावसायिक सवारि साधान लिमिटेड पाँच व्यावसायिक इकाइहरूमा विभाजित रहेको छ ।

  • आइसर ट्रक तथा बसहरू
  • भोल्भो ट्रक भारत
  • आइसर इन्जिनियरिंग कम्पोनेन्ट
  • भिइ पावरटे्रन
  • रोयल इन्फिल्ड मोटर्स

सवारी साधनहरू

  • आइसर पोलारिस मल्टिक्स
  • रोयल इन्फिल्ड

सन्दर्भ सामग्रीहरू

Tags:

आइसर मोटर्स इतिहासआइसर मोटर्स समूह संरचनाआइसर मोटर्स सवारी साधनहरूआइसर मोटर्स सन्दर्भ सामग्रीहरूआइसर मोटर्सअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

सती प्रथाअल्पसङ्ख्यकबौद्ध धर्ममा पञ्चशीलकालीगण्डकी नदीअरनिको राजमार्गबागमती नदीपर्यटननयाँ पत्रिका दैनिकनविकरणीय उर्जाशङ्खधर साख्वासामाजिक विज्ञानलमजुङ जिल्लाआँपउत्पादन (अर्थशास्त्र)फेवातालअर्थ मन्त्रालय (नेपाल)उदारवादफौजदारी कानुनरुस-युक्रेन युद्धनेपाल टेलिभिजनविराट कोहलीसमूहन्यायिक समितिसङ्ग्रहालयजैविक खेतीपहिलो विश्वयुद्धमोतीराम भट्टनेवार जातिइराननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपाल विद्युत प्राधिकरणराष्ट्रिय वाणिज्य बैंकयुरोपेली सङ्घयौनसेभिया फुटबल क्लबफुटबल खेललिच्छवि राज्यआर्थिक विकासनेपालको प्रधानन्यायाधीशदेवकुमारी थापाविज्ञाननेपालका परम्परागत बाजाहरूको सूचीनिजामती सेवालोकतन्त्रजीवनीस्थानीय तह निर्वाचन, २०७४चितवन राष्ट्रिय निकुञ्जलुम्बिनी प्रदेशसदर चिडियाखाना, नेपालजङ्गबहादुर राणानेपालका राजाकास्की जिल्लासत्यमोहन जोशीनेपालको प्रमाणिक समयभीमसेन थापापाणिनिशब्दकोशमहेन्द्र वीरविक्रम शाहनेपालका अञ्चलहरूनामसंयुक्त राष्ट्रसङ्घका महासचिवपञ्चैबाजासंविधानभोजपुर जिल्ला, नेपाललेखा प्रणालीपूर्वी एसियानेपालको संविधानसंस्कृतकालिञ्चोक भगवतीभूगोल२०१६ ग्रीष्मकालीन ओलम्पिकपिनासराष्ट्रिय सहकारी दिवसटङ्कप्रसाद आचार्यपृथ्वी राजमार्ग🡆 More