रानी रत्न राज्यलक्ष्मी देवी शाह

रत्न राज्य लक्ष्मी देवी शाह (जन्म १९८५ भदौ ०४ गते) २०११ देखि २०२८ सम्म नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन्। उनी राजा महेन्द्र वीर विक्रम शाह (१९२०–१९७२) को दोश्रो पत्नी थिइन्। काठमाडौंको रत्नपार्क उनकै नाममा बनेको हो।

रानी रत्न
रानी रत्न राज्यलक्ष्मी देवी शाह
रानी रत्न १९६७ मा
बडा महारानी
शासनकाल२०११-२०२८
राज्याभिषेकवि.सं २०१३ बैशाख २०
पूर्वाधिकारीकान्ति राज्य लक्ष्मी
ईश्वरी राज्यलक्ष्मी देवी शाह
उत्तराधिकारीऐश्वर्य राज्य लक्ष्मी
जन्म१९८५ भदौ ०४
हरि भवन
जीवनसाथीमहेन्द्र वीर विक्रम शाह
नाम
रत्न राज्य लक्ष्मी देवी शाह
घरानाराणा वंश (जन्मे सँगै)
शाह वंश (बिवाहा सँगै )
बाबुहरि शमशेर जंगबहादुर राणा
आमामेघ कुमारी राज्य लक्ष्मी देवी
धर्महिन्दु
रानी रत्न राज्यलक्ष्मी देवी शाह
नेदरल्याण्ड्समा २५ अप्रिल १९६७ राजकुमार Bernhardसंग रानी रत्न

जीवन

रत्नको दिदी इन्द्रको १९९६ मा युवराज महेन्द्रसँग विवाह भएको थियो तर १८ भदौ ००७ मा इन्द्रकोमृत्यु भयो। दुई वर्ष पछि, रत्नले महेन्द्रसँग विवाह गरे । विवाह पछि थप छोराछोरी नजन्माउन उनले बन्ध्याकरण गरेकी थिइन्। महेन्द्रको पहिले नै इन्द्रबाट , तीन छोरा र तीन छोरी पैदा भएका थिए। महेन्द्रका बुबा राजा त्रिभुवन २०११ मा मृत्यु भएपछि युवराज महेन्द्र राजा र उनी रानी भए।

२०२८ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा हृदयघातबाट दियालो बङ्गला राजा महेन्द्रको मृत्यु भयो । उनका जेठा छोरा, युवराज बिरेन्द्र राजा भए र रत्न मुमामहरानी भए। रत्न अर्थ "गहना" हुन्छ .

२०५८ जेठ १९ को रात जब दरवार हत्याकाण्ड भयो - मुमा बडामहारानी देवरानी राजकुमारी हेलेन शाह सँग  बसिरहेकि थिइन् र उनीहरू बेग्लै कोठमा बसेका हुनाले यसरी बाँचेका थिए। दुई महिलाले गोलीबारी सुने तर यसलाई केही गम्भीर मानेनन्, सामान्य ठाने। केही मिनेट पछि, अधिराजकुमार पारस आए र युवराज दिपेन्द्रले राजा बिरेन्द्र सहित सबैलाई गोलि प्रहार गरेको कुरा बताए।

संविधान सभा निर्वाचन २०६४  पछी नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । राजपरिवारको सबै सदस्यहरु  नारायणहिटी दरवार, छोड्नु पर्ने भयो तर मुमा रानी रत्नलाई  महेन्द्र मञ्जिलमा रहन अनुमति दिइयो ।

रानी रत्न राज्यलक्ष्मी देवी शाह 
राजा महेन्द्र र रानी रत्न राज्य लक्ष्मी देवी शाह आफ्नो राज्यभिषेक मा 2 मे 1956.

प्रशस्ति

स्वस्तिश्रि ओजस्विराजन्य महा गौरवमय तेजस्वी त्रिभुवन प्रजातन्त्र श्रीपद मह उज्ज्वल किर्तिमय नेपाल श्रीषद श्री श्री श्री श्री श्रीमन्महारजधिराज पट्ट राज्ञी बडा महारानी रत्न राज्य लक्ष्मी शाह सदा सौभाग्यवती नाम् ।

उपाधी

  • १९८५-२००८: रत्न राज्य लक्ष्मी देवी
  • २००८-२०११: श्री ५ युवराज्ञी
  • २०११-२०२८: श्री ५ बडामहारानी
  • २०२८-२०५८: श्री ५ मुमा बडामहारानी
  • १९-२३ जेठ २०५८:
  • २३ जेठ २०५८-२०६५: श्री ५ मुमा बडामहारानी
  • २०६५– वर्तमान: श्री ५ मुमा बडामहारानी (titular)

सम्मान

राष्ट्रिय सम्मान

  • नेपाल प्रताप भास्कर (वि.सं २०२३ पौष १०).
  • ओजस्वी राज्य
  • त्रिभुवन प्रजातन्त्र श्रीपद, पहिलो श्रेणी (वि.सं २०१३ बैशाख २० )
  • नेपाल श्रीपद, पहिलो श्रेणी (वि.सं २०१९ पौष १ )
  • ॐ राम पट्ट पहिलो श्रेणी
  • अति सुविख्यात सेवालंकार
  • राजा महेन्द्र राज्याभिषेक पदक
  • राजा बिरेन्द्र राज्याभिषेक पदक
  • राजा बिरेन्द्रको गद्दी आरोहण रजत जयन्ति पदक
  • राजा ज्ञानेन्द्र राज्याभिषेक पदक

नामंकित स्मारक तथा भवन

सन्दर्भहरू

Tags:

रानी रत्न राज्यलक्ष्मी देवी शाह जीवनरानी रत्न राज्यलक्ष्मी देवी शाह प्रशस्तिरानी रत्न राज्यलक्ष्मी देवी शाह उपाधीरानी रत्न राज्यलक्ष्मी देवी शाह सम्मानरानी रत्न राज्यलक्ष्मी देवी शाह नामंकित स्मारक तथा भवनरानी रत्न राज्यलक्ष्मी देवी शाह सन्दर्भहरूरानी रत्न राज्यलक्ष्मी देवी शाहनेपाल अधिराज्यमहेन्द्र वीरविक्रम शाहरत्नपार्क

🔥 Trending searches on Wiki नेपाली:

विश्व व्यापार सङ्गठनसदर चिडियाखाना, नेपालतामाङ जातिजनसङ्ख्या नीतिसिन्धुपाल्चोक जिल्लाक्रान्तिलेनिनवादभण्डारखाल पर्वबृहस्पति ग्रहअन्तिम संस्कारजनसङ्ख्या वृद्धिलामाबङ्गलादेशनेपालरामेछाप जिल्लाजिल्ला सभासमयधर्म निरपेक्षताश्राद्धअम्ल वर्षागरिबीभुक्तानीहाट बजारकास्की जिल्लादोस्रो विश्व युद्धसार्क शिखर सम्मेलनको सूचीअल्गोरिदमसूचना प्रविधिमुटुविद्यार्थीदक्षिण एसियापारिजात (साहित्यकार)ज्ञानेन्द्र शाहनेपालको संविधान २०७२भौतिकनेपाली कांग्रेसमार्क्सवादयोनीन्यायनेपाल कृषि अनुसन्धान परिषद्सार्की जातिग्रहकपिलवस्तु जिल्लाभ्यागुते रोगइटहरी उपमहानगरपालिकाराणा शासनराशि-चक्रसाक्षरताढुङ्गे युगजीवनीपहिलो विश्वयुद्धपशुपति क्षेत्र विकास कोषयुरी गागरिनविश्वका अग्ला हिमालहरूराणा वंशतेङ सियाओ फिङशक्ति पृथकीकरणसुशासनपर्यटनआगन्तुक शब्दविश्व बैंकगजलभीमसेन थापासाहित्यकृषि विकास बैंककिशोरावस्थासम्भोगनेपालको लोकतन्त्र दिवसगोपाल प्रसाद रिमालसर्लाही जिल्लाविद्युतएलन मस्क🡆 More