महत: नेपाली क्षत्री थर

महत नेपालमा बसोवास गर्ने एक क्षेत्रिय जाति हो । खास गरेर जाजरकोट जिल्लाको महतगाउँबाट उद्गम भएर हाल नेपाल भर फैलिएका महतहरू आज भोली कसैले महतारा, कसैले कठायत लेख्दछन् । जुम्ला महतगाउँका महतहरू गौतम गोत्री हुन् । नेपालमा गौतम गोत्री महतहरूको गर्वयोग्य इतिहास रहेको छ । गौतम गोत्री महतहरूको नेपाल आगमनको इतिहास खोतल्न प्राचिन खस प्रदेश हालको कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पुग्नु पर्ने हुन्छ । जुम्लाको चौघानबाट नेपालका गौतम गोत्री महतहरूको इतिहास आरम्भ हुन्छ ।

इतिहास

मल्लकालिन  समयमा जुम्ली मल्ल राजाले आफ्नो कान्छो भाई धर्म मल्ललाई सेनाको प्रमुख  बनाएको बखत महत नामको उत्पत्ति भएको हो । यसले धर्म मल्ललाई महत (जसको अर्थ महान्‌ व्यक्ति ) भन्ने उपाधि प्रदान गर्‍यो र परिणामस्वरूप, उनका सन्तानले 'महत' लाई उपनामको रूपमा प्रयोग गर्न थाले।

महतहरूको विभिन्न ठाउँमा बस्ती

जुम्ला जिल्ला महतगाउँमा स्थाइ बसोवास भएका महतहरू मुलतः एकल कुल क्षत्रिय हुन् । नेपाल अधिराज्यको एकिकरणको शिलशिलामा प्रशासनिक तथा सैनिक सेवामा संलग्न रही महत्त्वपूर्ण योगदान गरेकाले कार्यक्षमताको मुल्यांकन गरी जुम्लाका महतहरूलाई आफुसँगै पूर्वी नेपाल तर्फ लगेको देखिन्छ । यसरी फौज तथा विभिन्न सरकारी कार्यमा जुम्लाबाट अन्यत्र (पूर्व, पश्चिम, उत्तर, दक्षिण) लागेका महतहरूलाई आफुसँगै लिने राजा-महाराजाहरू तथा अधिकारीहरूले आफ्नै गाउँमा जमिन वा विर्ता दिइ राखेको र कतिपय अवस्थामा आफ्नै गोत्र दिएर भाइ बनाएको पनि पाइन्छ । राजकाज तथा सामाजिक कार्यमा आफुलाई सहयोग होस् भनि महतहरूलाई आफ्नै गोत्र दिई भाइ बनाएका घटनाहरू देखिएका छन् । यही कारणले जुम्लाबाट गएका महत काठमाडौँ, नुवाकोट, रामेछाप, काभ्रे, ललितपुरभक्तपुरमा पुग्दा आफ्नो गोत्र छोडेर अन्य गोत्र धारण गरेको देखिन्छ । यस्तै जुम्लाको महतगाउँबाट जुम्लाकै अन्यत्र गाउँमा जाने तथा कालिकोट, डोल्पाहुम्ला जिल्लाको विभिन्न गाउँमा रहेका महतहरूले वैवाहिक सम्बन्ध एवं बकसपत्रबाट अंश प्राप्त गरेका कारण आफ्नो गोत्र छोडी अन्य गोत्र धारण गरेको देखिन्छ । यो कुराहरू नेपाल अधिराज्य भर बसोवास गर्ने महतहरूको महत वंशिवली पुस्ट्याई गर्दछ ।

दैलेख सोतका महतहरू

हालको जुम्ला जिल्ला सदरमुकाम चौघान महतबाडा भन्ने ठाउँमा महतहरूको बसोवास रहेको थियो । तिनै महतहरू मध्यबाट एकजना नरिमान महत नामका व्याक्ति जुम्ला जिल्लाको माल कार्यालमा कार्यालय प्रमुख थिए । कारणवस तिनै नरिमान महतले राणाकालमा दैलेख जिल्लाको माल कार्यालयमा हाकिम भई काम गरे । त्यो बेलामा दैलेख जिल्लाको माल कार्यालय सोत गाउँमा रहेको थियो । त्यही सोत गाउँमा कठायतहरूको बस्ती थियो । त्यो बस्तीमा एकजना कठायत मुखिया थिए । मुखियाकी दुईवटी स्वास्नी थिए । जेठीको नाम धर्मेनी साउनी र कान्छीको नाम विन्द्रा साउनी थियो । दुई स्वास्नी भएका मुखिया गाउँ घरको तिरोभारो उठाई जग्गा जमिनको काम गर्दथे । कुनै समयमा त्यो कठायत गाउँमा हैजा आयो । हैजामा त्यो गाउँका मुखिया कठायतको मृत्यु भयो । मुखियाकी स्वास्नीहरू बचिन् । जेठी पट्टिबाट एक छोरी र कान्छी पट्टीबाट एक लाटो छोरा मात्र बचेका थिए । गाउँका मान्छेहरू हैजाको कारण कोही मरे र कोही हैजाको डरले गाउँ नै छोडेर टाढा गएकाले गाउँ खाली भएको थियो । यसरी गाउँ खाली हुँदा मुखियाकी दुवै स्वास्नीहरूलाई जिवन धान्न र आफ्नो छोरा छोरी पाल्न निकै समस्या भयो । मुखियाकी स्वास्नीहरूले आफुलाई सहारा दिने मान्छे खोजीरहेकी थिइन् । त्यो खबर नरिमान महतले थाह पाएर दुःखीको दया गर्ने वाचा गरी आफू त्यो गाउँको मुखिया भई ति दुवै मुखियाकी स्वास्नी र उनको घरमा भएको धन सम्पती सहित राखेर आफ्नो जिवनोपार्जन गर्ने निर्णय गरे । कठायतको मुखेली लगेर बसेकाले नरिमानका सन्तानहरूले अहिले सम्म पनि आफुलाई कठायत नै लेख्ने गरेका छन् । हाल तिनै नरिमानकी दुईटी स्वास्नीबाट दैलेख जिल्लाको नारायण नगरपालिका वडा नंवर ५ सोत गाउँमा कठायत लेख्ने महतहरूका ३४ घर धुरी रहेका छन् भने त्यहाँबाट बसाइसराई गरी हाल महेन्द्र नगर, चाँदनी, सुर्खेत, छिन्चु, कोहलपुर, रम्भापुरमा र टिकापुरमा छरिएर रहेका छन् ।

कालिकोट फुकोटका महतहरू

जुम्लाका महतहरू जुम्लाबाट यताउता सर्ने क्रममा विक्रम संवत १९८१ सालमा महत थरका व्याक्ति प्रहरी भएर कालिकोट जिल्लाको फुकोट गाविस अन्तरगत पर्ने फुकु गाउँमा आएर बसेका हुन् । अहिले त्यो ठाउँमा महतहरूको एक गाउँ नै बनेको छ ।

महत खानदानका केही विशिष्ठ व्याक्तिहरू

हालको जुम्ला जिल्लाको महतगाउँ लगायत अन्य विभिन्न गाउँमा बसोवास गर्ने महतहरूको करिब ६०० जति घरधुरीमा करिब ४००० जति जनसङ्ख्या रहेको छ । महतहरू आफू बसोवास गर्ने ठाउँको विकास निर्माणका लागि उच्चस्तरीय सामाजिक सेवा गर्ने भावना राख्ने प्रवृत्तिका भएका कारण नेपालको २००७ सालको प्रजातान्त्रीक क्रान्ति कर्णालीमा २००८ सालमा क्रान्ति भएको थियो । सो क्रान्तिको अगुवाइ जय बहादुर महत, श्रीराम महत, लक्ष्मिमान महत लगायतका व्याक्तिले गरेको हुँदा अगवाइ गर्ने मध्य जयबहादुर महतलाई बडाहाकिम, श्रीराम महत समेत अन्यलाई भूमिका निर्वाह गरे बमोजिम विभिन्न पदमा तत्अवस्थामा विभिन्न पद सहितको जिम्मेवारी दिई पजनी गरिएको थियो । प्रजातान्त्रिक क्रान्तिमा सहभागी नहुने तर पदको लालच मात्र राख्ने जुम्ला जिल्लाका अदनसिंह कठायतले कुनै पद तथा जिम्मेवारी नपाएको कारणबाट राणाकालिन बडाहाकिमसँग मिलेर सिमित मान्छे जम्मापारी प्रजातान्त्रिक क्रान्तिको विरुद्धमा प्रतिक्रान्ति गरी प्रजातान्त्रिक क्रान्तिबाट नियुक्त भएका जनप्रतिनिधिहरूलाई थुनक्षक गराएकोमा केही दिनपछि केन्द्रबाट हस्तक्षप भई तत्अवस्थाको परिस्थितिलाई हेरी पूनर्वहाल गरिएको थियो । अहिले जुम्ला जिल्लाको महतगाँउ कर्णाली अञ्चल, जुम्ला जिल्ला महतगाउँ गाविसमा परिणत भएको छ । महतहरूमा सर्व प्रथम जयबहादुर महत २०१५ सालको संसदिय आम निर्वाचनमा क्षेत्र नंवर ७३बाट सांसद निर्वाचित भएका थिए । उनी २०१७ सालमा भएको शाही कु पछि सांसद पदबाट हटेका थिए । तत् पश्चात २०२४ सालमा हरिश्चन्द्र महत राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भई विभिन्न विभागिय मन्त्रमा रहनुका साथै नेपालको पहिलो जलस्रोत मन्त्रीसमेत भए । पछिल्लो कालमा राजाको सल्लाहकारको रूपमा रहनेगरी राजसभा स्थायी सदस्य भई सेवा गरेका थिए । त्यस्तै २०४८ सालको प्रजातन्त्रपछिको पहिलो निर्वाचनमा जुम्ला जिल्लाबाट डिल्लिबहादुर महत सांसदमा निर्वाचित हुनुका साथै २०६७ सालमा शान्ति तथा पुनः निर्माण राज्यमन्त्री भई देशको सम्पूर्ण राजनिती प्रक्रिया र शासन व्यवस्थापनको परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी प्रजातान्त्रिक व्यवस्था पछिको राज्यको औपचारिक जिम्मेवारो बहन गरेका थिए । हाल देशभरि रहेको महतहरूको अवस्थालाई दृष्टिगत गरी उनीहरूको सम्पूर्ण सूचना सङ्कलन तथा आपसी हितका निमित्त अग्रिणी भूमिका निर्वाह गर्दै अग्रज भरतराज महतबाट महत वंशावली तयार पारी त्यसलाई प्रकाशित एवं प्राप्त भएका थप विवरण समावेस गरी पुनः प्रकाशन गर्ने कार्य भईरहेको छ भने महत समाज को विधिवत संस्था दर्ता गरी संस्थाको अध्यक्षको रूपमा कुशेन्द्रबहादुर महतले महतसँग सम्बन्धित विभिन्न कार्यहरू गरी रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

Tags:

महत इतिहासमहत हरूको विभिन्न ठाउँमा बस्तीमहत खानदानका केही विशिष्ठ व्याक्तिहरूमहत सन्दर्भ सामग्रीहरूमहत यो पनि हेर्नुहोस्महत बाह्य कडीहरूमहतक्षेत्रीखस जातिगोत्रीजुम्ला जिल्लानेपाल

🔥 Trending searches on Wiki नेपाली:

जलवायु परिवर्तननेपाल टेलिकमनवलपरासी जिल्लाबौद्धिक सम्पत्तिदशरथ चन्दनेपालको झन्डानेपाल सरकारमेटारेखा थापापहाडी प्रदेश (नेपाल)इलाम नगरपालिकासैजनपाल्पा जिल्लानेपालको सर्वोच्च अदालतविज्ञानबझाङ १ (निर्वाचन क्षेत्र)रणबहादुर शाहनबिल बैंकजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीआँखावासलातझमक घिमिरेलोकतन्त्रस्वर्णिम वाग्लेराष्ट्रिय भूकम्प सुरक्षा दिवसकागेश्वरी मनोहरा नगरपालिकासेप्टेम्बर ११ को हमलाफुलकतारमलेसियाखाद्य सुरक्षाखोटाङ जिल्लाबन्दी प्रत्यक्षीकरणॐ नमः शिवायभानुभक्त आचार्यगायत्री मन्त्रसुनवल नगरपालिकाडडेल्धुरा जिल्लासात सालको क्रान्तिघोडाघोडी तालवेब्याक मेसिनविकसित देशमटिहानीभूपि शेरचनकृष्ण मन्दिरदैवज्ञराज न्यौपानेकार्यसम्पादन मूल्याङ्कनहरिभक्त कटुवालसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)कानूननेपाली साहित्यको इतिहासरस (काव्य शास्त्र)जीव विज्ञानवडा कार्यालय (नेपाल)छुवाछुतअरिङ्गालमदन पुरस्कारबसाइँ सराईदादुराधनुषा जिल्लाभक्तपुर नगरपालिकाराष्ट्रिय सभा (नेपाल)युट्युबडोल्पा जिल्लाबुद्ध धर्ममहाकाव्यउखान-टुक्कारोल्पा जिल्लालोकगीतकपिलवस्तु जिल्लाबहादुर शाहदरबार हाई स्कुलकथामानवशास्त्रपिनासमाथवरसिंह थापा🡆 More