निर्जला एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रूपमा मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

निर्जला एकादशी
मितिज्येष्ठ शुक्ल एकादशी

कथा

जब सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए तब महाबली भीमले निवेदन गरे- हे पितामह! तपाईँले त प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन- मेरो पेटमा 'वृक' नामको जो अग्नि छ, त्यसलाई शान्त राख्नको लागि मलाई कैयों मान्छेको बराबर अथवा कैयों पटक भोजन गर्नु पर्दछ । के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्यव्रतबाट बाँच्न सकुँला ?

पितामहले भीमको समस्याको समाधान गर्दै उनको मनोबल बढाउँदै भने- नाही कुन्तीनंदन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत-नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।

यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । यसैले वर्ष भरका एकादशिहरूको पुण्य लाभ दिने यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयं निर्जल रहेर ब्राह्मण या जरूरतमंद व्यक्तिलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

अर्को कथा

एक पटक महर्षि व्यास पाण्डवहरूको यहाँ आए । भीमले महर्षि व्यासलाई भने, भगवान! युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्तीद्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् परन्तु म खाए बिना रहन सक्दैन यसैले चौबीस एकादशीहरूमा निरहार रहने कष्ट साधनाबाट बचाएर मलाई कुनै यस्तो व्रत बताउनुस् जसलाई गर्नमा मलाई विशेष असुविधा न होस् र सबैका फल पनि मलाई मिलुन् । महर्षि व्यास जान्दथे कि भीमको पेटमा बृक नामक अग्नि छ यसैले अधिक मात्रामा भोजन गर्दा पनि उनको भोक शान्त हुँदैन । महर्षिले भीमलाई भने तिमी ज्येष्ठ शुक्ल एकादशीको व्रत राख्ने गर । यस व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रतबाट अन्य त्याइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ, तिमी जीवन पर्यन्त यस व्रतको पालन गर । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे । यसैले यसलाई भीमसेन एकादशी पनि भनिन्छ ।

विधान

यो व्रतलाई नर नारीहरू दुबैले गर्नुपर्छ जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्त्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्जला एकादशी कथानिर्जला एकादशी अर्को कथानिर्जला एकादशी विधाननिर्जला एकादशी यो पनि हेर्नुहोस्निर्जला एकादशी सन्दर्भ सामग्रीहरूनिर्जला एकादशी बाह्य कडीहरूनिर्जला एकादशीअधिकमासएकादशी तिथिजेठनेपालभारतशुक्ल पक्षहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

सुर्खेत जिल्लाविश्व व्यापार सङ्गठनह्रस्व दीर्घ नियमसंस्कृतिच्याउखस राज्यकिराँत जाति२०२३ एशिया कपरामेछाप जिल्लाएसआइ एकाइडोल्पा जिल्लाकुलदेवताडाँफेमाधवकुमार नेपालसामन्तवादनेपालको इतिहासविद्युतीय अपराधनेपाली परम्परागत नापका इकाईदाहालनेपालमा कृषिदादुरासाकेला नाचवीरेन्द्र सैनिक अस्पतालप्रदेशजल तथा शक्ति आयोग (नेपाल)नेपालमा घरेलु हिंसासंविधान सभाकोत पर्वक्लोनिङनेपालमा धर्मराष्ट्रिय सुरक्षा परिषद्दुबईकबड्डीराई जातिनेपालका हिमालहरूको सूचीलोकगीतनेपालको प्रधानमन्त्रीचरासिद्धिचरण श्रेष्ठशाह वंशदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवमौलाकालिका मन्दिरकार्बोहाइड्रेटवीरेन्द्रनगर नगरपालिकामनोविज्ञानचन्द्रमाएडम स्मिथहनुमाननेपालका विश्वविद्यालयहरूको सूचीपशुपति शमशेर जङ्गबहादुर राणाभिरिङ्गीसौर्यमण्डलनेपाल सशस्त्र प्रहरी बलएडल्फ हिटलरजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीबम (थर)स्नातक तहनेपालगन्ज उपमहानगरपालिकाभाषासंसदमाओवादी जनयुद्धसेयरउद्योगलमजुङ जिल्लानातानेपालका सर्वोच्च आठ हिमालनेपालमा पाइने चराहरूको सूचीएड्सनेपालका राष्ट्रिय विभूतिहरूनवौँ राष्ट्रिय खेलकुद २०७९कलमश्रीमद्भागवत् पुराणग्रहस्वास्थ्यजेम्स वाटव्रतबन्धजनमत पार्टी🡆 More