दीपिका पादुकोण: भारतीय अभिनेत्री र मोडल

दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: ; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री एवं मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन्। उनले आफ्नो जीवनयात्रा बलिउडमा स्थापित गरिसकेकी छिन् र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन्।

दीपिका पादुकोण
(English:  Deepika Padukone)
दीपिका पादुकोण: व्यक्तिगत जीवन र मोडलिङ करियर, अभिनय करियर, प्रमुख चलचित्रहरू
सन् २०१८ मा पादुकोण
जन्म(१९८६-०१-०५)जनवरी ५, १९८६
कोपनहेगन, डेनमार्क
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान
उचाइ५ फिट ८ इन्च (१.७३ मी)
जीवनसाथीरणवीर सिंह

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन। उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो। बाल्यवस्थामा उनले राष्ट्रियस्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फेसन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन्। मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन्। सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन्। पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओमबाट गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो। पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा कमाइन्। साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नकारात्मक समीक्षा पाएको थियो।

सन् २०१२ मा प्रदर्शित बक्स अफिस हिट ककटेल चलचित्रले उनको अभिनय यात्रामा आयाम त थप्यो नै उनको अभिनयलाई सम्मान प्रदान गर्दै विभिन्न पुरस्कार समारोहमा उत्कृष्ट अभिनेत्रीको लागि नामाङ्कन समेत गराएको थियो। त्यसपछि उनी ये जवानी है दीवानी (२०१३), चेन्नई एक्सप्रेस (२०१३) र ह्याप्पी न्यू इयर (२०१४) जस्ता हाँस्य चलचित्र जुन सबैभन्दा बढी कमाइ गर्ने बलिउड चलचित्र रहेका थिए त्यस्ता चलचित्रमा मुख्य महिला पात्रको अभिनय गरेर बलिउडमा आफ्नो स्थान जमाइन्। उनले सन् २०१३ मा गोलियों की रासलीला राम-लीला नामक चलचित्रमा दमदार अभिनय गरेर सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार जितेकी थिइन्।

अभिनय क्षेत्र बहेक पादुकोण रङ्गमञ्चमा भाग लिने गरेकी छिन् साथै उनले एक भारतीय पत्रिकाको लागि लेख समेत लेखिसकेकी छिन्। यस बाहेक उनले विभिन्न ब्रान्ड र उत्पादनको लागि स्थायी रूपमा विज्ञापन गर्ने गरेकी छिन्। महिलाको हक तथा अधिकारको लागि पनि उनले बेला बखत आवाज उठाउने गरेकी छिन्।

व्यक्तिगत जीवन र मोडलिङ करियर

दीपिका पादुकोणको जन्म ५ जनवरी १९८६ मा डेनमार्कको कोपनहेगनमा भएको हो। उनको जन्म कोंकणी भाषी परिवारमा भएको हो। उनको बुवा, प्रकाश, एक भूतपूर्व अन्तर्राष्ट्रियस्तरका सम्मानित ब्याडमिन्टन खेलाडी थिए। उनकी आमा उज्जाला एक यात्रु एजेन्ट थिइन्। उनकी कान्छी बहिनी अनिसा गोल्फ खेलाडी हुन्। उनको हजुरबुवा रमेश मैसुर ब्याडमिन्टन सङ्घका प्रशासक थिए। पादुकोण जब एक वर्षकी थिइन् त्यस समय उनको परिवार भारतको बेङ्गलोर बसाइसराई गरे । उनले बेङ्गलोरको सोफिया उच्च विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् र प्रवीणता प्रमाणपत्र तहको अध्ययन माउन्ट कार्मेल कलेजबाट गरिन्। उनी मानविकी संकाय अन्तर्गत समाजशास्त्र विषयमा स्नातक तहको पढाइ गर्न इन्दिरा गान्धी राष्ट्रिय खुल्ला विश्वविद्यालयमा भर्ना भइन् तर पछि उनले समयको व्यस्तता तथा मोडलिङ गर्ने समयको अनियमितताले पढाइ स्थगन गरिन्।

दीपिका पादुकोण: व्यक्तिगत जीवन र मोडलिङ करियर, अभिनय करियर, प्रमुख चलचित्रहरू 
सन् २०१४ को ५९औं फिल्मफेयर पुरस्कार समारोहमा दीपिका पादुकोण आफ्नो अभिभावक तथा बहिनीसँग

पादुकोण बच्चा हुँदा कठिन सामाजिक अवस्था स्वीकार गरिन् जसले गर्दा उनको धेरै साथीहरू थिएनन्। उनको जीवनको लक्ष्य ब्याडमिन्टन थियो, जुन उनले युवा उमेरदेखि नै प्रतिस्पर्धात्मक तरिकाले खेल्ने गर्थिन्। सन् २०१२ को एक अन्तरवार्तामा पादुकोणले आफ्नो दिनचर्याको बारेमा भनेकी थिइन् "म सधैँ बिहान ५ बजे उठ्थेँ र शारीरिक कसरत गर्न जान्थे, विद्यालय जान्थे, ब्याडमिन्टन खेल्न जान्थे, आफ्नो गृहकार्य गर्थें र सुत्न जान्थेँ।" पादुकोणले विद्यालय अवधिमा ब्याडमिन्टनमा आफ्नो जीवन बनाउन जारी राखिन् र राष्ट्रियस्तरको च्याम्पियनसिपमा भाग लिइन्। उनले राज्यस्तरका बेसबल प्रतियोगितामा पनि आफ्नो सहभागिता जनाइन्। शिक्षा तथा खेल करियरमा आफ्नो ध्यान केन्द्रित राखिरहेकै बेला पादुकोणले बाल कलाकारको रूपमा समेत कार्य गरिन्। उनी ८ वर्षको उमेरमा एक दुई विज्ञापन अभियानमा देखा परिन्। १० कक्षामा अध्ययन गर्दा उनले आफ्नो ध्यान परिवर्तन गरी फेसन मोडल बन्ने निर्णय गरिन्। सन् २००४ मा उनले प्रसाद बिडापाको संरक्षणमा पूर्ण समय मोडल बन्ने कार्यमा लागिन्।

करियरको प्रारम्भिक चरणमा पादुकोणले लिरिल साबुनको टेलिभिजन विज्ञापनले पहिचान प्राप्त गरिन्। त्यस सँगै उनले विभिन्न ब्रान्ड तथा उत्पादनको लागि मोडलिङ गरिन्। सन् २००५ मा, उनले डिजाइनर सुनीत वर्माको लागि पहिलो पटक लक्मे फेसन विकमा भाग लिइन् र किङफिसर फेसन अवार्डमा मोडल अफ द इअरको अवार्ड जित्न सफल भइन्। पादुकोणको प्रसिद्धिमा त्यस समय वृद्धि भयो जब उनलाई २००६ को किङफिसर क्यालेन्डरमा स्थान दिइयो । क्यालेन्डरका डिजाइनरका रूपमा रहेका वेन्डेल रोड्रिक्सले पादुकोणमाथि टिप्पणी गर्दै भनेका थिए "ऐश्वर्या रायपछि हामीसँग यस्तो सुन्दर र ताजा महिला थिएन्।" रोड्रिक्सले उनलाई गञ्जम ज्वेलरी कक्षामा हेरेका थिए र पछि उनले म्याट्रिक्स एजेन्सीका लागि पादुकोणलाई हस्ताक्षर गर्न भ्याए। २१ वर्षको उमेरमा पादुकोण मुम्बई बसाइँ सरिन् र आफ्नो काकीको घरमा बसिन्। त्यसै वर्ष, उनले हिमेश रेशमियाको म्युजिक भिडियो नाम है तेरा मा काम गर्ने अवसर पाइन् र त्यसमा गरेको अभिनयले व्यापक पहिचान प्राप्त गरिन्।

पादुकोणले चाँडै चलचित्र भूमिकाको लागि प्रस्ताव प्राप्त गर्न सुरू गरिन्। आफ्नो अभिनयलाई अझ प्रभावकारी बनाउन पादुकोणले अनुपम खेरको चलचित्र संस्थानमा अभिनय कोर्समा भर्ना भइन्। रेशमियाको साङ्गीतिक भिडियोमा निर्देशक फराह खानले पादुकोणको अभिनय हेरेकी थिइन् जसले गर्दा उनले पादुकोणलाई आफ्नो चलचित्र ह्याप्पी न्यू इअरमा अभिनेत्रीको रूपमा चयन गरिन्।

अभिनय करियर

चलचित्र सुरूवात र सफलता (२००६–०९)

पादुकोणले सन् २००६ मा आफू इन्द्रजीत लङ्केशको निर्देशनमा कन्नड चलचित्र ऐश्वर्यबाट अभिनय क्षेत्रमा प्रवेश गर्न लागेको बताएकी थिइन्। उक्त रोमान्टिक हाँस्य चलचित्र तेलुगु चलचित्र मनमधुदुको रूपान्तरण रहेको थियो र पादुकोणलाई शीर्ष भूमिकामा अभिनेता उपेन्द्रसँग तय गरिएको थियो । पादुकोण अभिनित कन्नड चलचित्रले उच्च व्यापारिक सफलता प्राप्त गरेको थियो। रिडिफ.कमका आरजी विजयसारथीले पादुकोणको भूमिकाको प्रशंसा गर्दै उनलाई आत्मीय दृश्यमा अझ बढी काम गर्नुपर्छ भनी थपेका थिए ।

सन् २००६ को अन्तसम्ममा फराह खानको ह्याप्पी न्यू इअर को काम रोकियो र खानले पुनर्जन्मको कथामा आधारित नाटकीय चलचित्र ओम शान्ति ओम (२००७) को लागि पादुकोणलाई चलचित्रमा लिने निर्णय गरिन्। हिन्दी चलचित्र उद्योगको पृष्ठभूमिमा तैयार पारिएको यस चलचित्रले सन् १९७० ताका सङ्घर्षरत् अभिनेताको कथा भन्दछ जो आफ्नो प्रेमिकाको हत्याको साक्षी भएर मर्छ र उसको प्रेमिकाको हत्याको बदला लिन पुनर्जन्म लिन्छ। यस चलचित्रको नायकको रूपमा शाहरूख खान एक समर्थकको भूमिकामा रहेका थिए भने पादुकोण दोहोरो भूमिकामा थिइन्। — पहिलो भूमिका शान्तिप्रिया, १९७० को शीर्ष अभिनेत्रीको रूपमा र पछि स्यान्डी, एक इच्छुक अभिनेत्रीको भूमिकामा रूपमा रहेकी थिइन्। उनले भनिन्, "म शाहरूखलाई चलचित्रमा हेरेर ठूली भएकी हुँ र वहाँको म सधैँ अनुशरण गर्थें। वहाँसँग काम गरेर ... म ज्यादै खुसी महसुस गरिरहेकी छु। साथै फराहलाई पनि धन्यवाद दिन चाहन्छु जसले म माथि भरोसा गरेर वहाँसँग मलाई काम गर्ने मौका दिइन्।" आफ्नो भूमिकाको तयारीको लागि पादुकोणले विभिन्न अभिनेत्रीहरू हेलनहेमा मालिनीको शारीरिक हाउभाउ पढ्न चलचित्र हेरिन्। जुन आजभोलिको अभिनेत्रीभन्दा ज्यादै भिन्नअधिक मनोरम भएको महसुस गरिन । तर, उनको आवाज भने आवाज कलाकार मोना घोष शेट्टीद्वारा स्वराङ्कित थियो । चलचित्रमा रहेको एक गीत धुम ताना मा पादुकोण भारतीय शास्त्रीय नृत्यकर्ताको रूपमा आफुलाई ढालेर नृत्य गरिन्। वर्षको चर्चित गीतहरू मध्ये एक साबित भएपछि डोर्लिङ किन्डर्सलेले भने पादुकोणले दर्शकलाई आफ्नो हस्त मुद्रा नृत्यले मन्त्रमुग्ध पार्न सफल भइन्। ओम शान्ति ओम सन् २००७ को व्यावसायिक सफल चलचित्र बन्न सफल रहयो र चलचित्रले विश्व्यापी १.४९ बिलियन (युएस$२१ मिलियन) कारोबार गरेको थियो । बलिउड हङ्गामाका तरण आदर्शले चलचित्रको समिक्षा गर्दै दीपिकाको अभिनयमा एउटा उत्कृष्ट अभिनेत्रीसँग हुनुपर्ने सबै कला भएको भनि भनेका थिएफिल्मफेयर पुरस्कारको वार्षिकोत्सवमा पादुकोणलाई सन् २००८ मा फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिइएको थियो र सर्वश्रेष्ठ अभिनेत्री श्रेणीको लागि नामाङ्कन गरिएको थियो।

दीपिका पादुकोण: व्यक्तिगत जीवन र मोडलिङ करियर, अभिनय करियर, प्रमुख चलचित्रहरू 
पादुकोण लभ आज कल, २००९ को पहिलो दृश्य समारोहमा

बलिउड हङ्गामाले ओम शान्ति ओम को सफलताले पादुकोणको अभिनय करियरमा आयाम थपेको एक रिपोर्टमा उल्लेख गरेको थियो। उनले यो सफलतालाई आफ्नो अर्को चलचित्रमा गायत्री (रणवीर कपुरको प्रेमिका)को भूमिकामा एक अस्ट्रेलियाली विद्यार्थी जो क्याब चालकको रूपमा यशराज फिल्म्सको हाँस्य रोमान्टिक चलचित्र बच्ना ए हसिनो (२००८) मा अभिनय गरिन्। यो चलचित्रले व्यावसायिक सफलता प्राप्त गरेको थियो। तर आउटलुक को नम्रता जोशीले पादुकोणको अभिनयलाई सन्तोषजनक नभएको बताएकी थिइन्।।

सन् २००९ को पहिलो चलचित्रको रूपमा पादुकोण र अक्षय कुमारद्वारा निखिल आडवाणीको निर्देशनमा कुङ फु हाँस्य कथानक चलचित्र चाँदनी चौक टु चाइना रहेको थियो जसमा पादुकोणले भारतीय-चिनियाँ दिदी बहिनीको दोहोरो भूमिका निभाएकी थिइन्। वार्नर ब्रोजद्वारा निर्माण गरिएको यो चलचित्रले हिन्दी चलचित्रको इतिहासमा अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी सिनेमाघरमा प्रदर्शित गरिएको थियो । पादुकोणले आफ्नो भूमिकको लागि जापानी मार्सल आर्ट्स जुजुत्सुबाट सिखेकी थिइन् र आफ्नो सबै आक्रमक दृश्य आफैंले गरेकी थिइन्। तर अपेक्षा गरिएको ठिक विपरित यस चलचित्रले विश्वव्यापी ५५४.७ मिलियन (युएस$७.८ मिलियन) कमाइ गर्न सक्यो जबकि यस चलचित्रको निर्माण लागत ८०० मिलियन (युएस$११ मिलियन) थियो । चलचित्र विश्लेषकहरूले पादुकोणको अभिनयलाई सामान्यत मन पराएनन्।

त्यसै वर्ष पादुकोणले नाटकीय चलचित्र बिल्लु (लभ मेरा हिट हिट नामक गीत) मा आयटम डान्स गरेकी थिइन्। त्यस लगतै उनी सैफ अली खानसँग रोमान्टिक नाट्य चलचित्र लभ आज कल मा अभिनय गरिन् जसको कथाकार र निर्देशक इम्तियाज अली थिए। यस चलचित्रले युवाहरूको बदलिदो सम्बन्धलाई प्रस्तुत गरेको थियो। यस चलचित्रमा पादुकोणले एक सुदृढ सोच भएकी महिला मीरा पण्डेको भूमिका चरित्रार्थ गरेकी थिइन्। यस चलचित्रले विश्वव्यापी १.२ बिलियन (युएस$१७ मिलियन)को कारोबार गरेको थियो। लभ आज कल ले सन् २००९ को सबैभन्दा बढी पैसा कमाउने तेस्रो चलचित्रको रूपमा आफूलाई प्रमाणित गरेको थियो। डेली न्यूज एन्ड एनालायसिस का अनिरूद्ध गुहाले पादुकोणको बारे उल्लेख गर्दै अहिलेसम्म अभिनय गरेका चार चलचित्रहरू मध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको भनी लेखेका थिए भने द टाइम्स अफ इन्डिया का बलिउड विशेशज्ञ निखत काजमीले पादुकोणको अभिनयलाई उत्कृष्ट र दृढ भनी व्याख्या गरेका थिए। यस चलचित्रको लागि पादुकोणले ५५औँ फिल्मफेयर पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको नामाङ्कन पाएकी थिइन्।

करियर सङ्घर्ष (२०१०–११)

सन् २०१० मा पादुकोणको पाँच चलचित्र प्रदर्शित भएको थियो। उनको पहिलो भूमिका विजय लालवाणीको मनोबैज्ञानिक रोमाञ्चकारी चलचित्र कार्तिक कलिङ कार्तिक थियो जसमा पादुकोणले एक हरेस खाइसकेको व्यक्ति (फरहान अख्तरद्वारा अभिनित) जो प्रत्येक विहान एक संदिग्ध फोन पाएर विभिन्न परिवर्तनबाट गुज्रिरहेको व्यक्तिको सहयोगी प्रेमिकाको भूमिका गरिन्। भराइटी पत्रिकाका डेरेक एलेले चलचित्रलाई समीक्षा गर्दै चलचित्रको कथाबस्तुले दर्शकमाझ छाप छोड्न नसकेको र पादुकोणको  ...निरीह भूमिकाले पनि चलचित्र सफल नभएको तर्क थपेका थिए । व्यवसायिक रूपमा चलचित्र असफल भएको थियो।

सो वर्ष उनको सबैभन्दा व्यवसायिक सफल चलचित्र साजिद खानको हाँस्यप्रधान चलचित्र हाउसफुल थियो जसले १.१५ बिलियन (युएस$१६ मिलियन)को कारोबार गर्न सफल भएको थियो। यस चलचित्रमा उनी अक्षय कुमार, रितेश देशमुख, लारा दत्ता, अर्जुन रामपाल, जिया खानबोमन इरानीसँग चित्रित गरिएका थिए। राजा सेनले चलचित्रलाई "खराब अभिनयको चाड" र पादुकोणद्वारा कमजोर अभिनय भनी वर्णन गरेका थिए।

दीपिका पादुकोण: व्यक्तिगत जीवन र मोडलिङ करियर, अभिनय करियर, प्रमुख चलचित्रहरू 
पादुकोण लफङ्गे परिन्दे, २०१० को कार्यक्रममा

प्रमुख चलचित्रहरू

प्रसिद्धि

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

दीपिका पादुकोण व्यक्तिगत जीवन र मोडलिङ करियरदीपिका पादुकोण अभिनय करियरदीपिका पादुकोण प्रमुख चलचित्रहरूदीपिका पादुकोण प्रसिद्धिदीपिका पादुकोण सन्दर्भ सामग्रीहरूदीपिका पादुकोण बाह्य कडीहरूदीपिका पादुकोण यो पनि हेर्नुहोस्दीपिका पादुकोण

🔥 Trending searches on Wiki नेपाली:

महाभारतआन्ध्र महासागरश्रीमद्भगवद गीताकाँक्रे विहारअङ्ग्रेजी भाषापोखरा महानगरपालिकाकास्की जिल्लानेपालयौनमातृकाप्रसाद कोइरालाकवितासुशासनकाठमाडौँ २ (निर्वाचन क्षेत्र)मानव संसाधन व्यवस्थापनभूगोलdb2esनेपाल दूरसञ्चार प्राधिकरणराउटे जातिझमक घिमिरेआविष्कारकहरूको सूचीकैलास पर्वतमोहन शमशेर जङ्गबहादुर राणाजङ्गबहादुर राणाराणा वंशमानव विकास अर्थशास्त्रनेपाली कांग्रेसराम राज पन्तचन्द्रमाश्रेष्ठनेवार जातिलम्कीचुहा नगरपालिकाआन्तरिक लेखापरीक्षणआर्थिक विकासकोशिका सिद्धान्तनिर्वाचनभ्रष्टाचारमहादेशमानिसराष्ट्रिय स्वतन्त्र पार्टीमकवानपुर जिल्लाकृष्णसार्की जातिखनिजहलेसी महादेवकीर्तिपुर नगरपालिकानिजीकरणनयाँ पत्रिका दैनिकमेटाइतिहासरेडियो नेपालत्रिभुवन विश्वविद्यालयप्रदेश सभा निर्वाचन, २०७९नागरिक लगानी कोषपानीशार्दूलविक्रीडित छन्दलक्ष्मीप्रसाद देवकोटाधनुषा जिल्लाबालेन शाहखेलजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीमगर जातिमहाकाव्यनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसकृष्ण जन्माष्टमीनेपालको जनआन्दोलन २०४६कुसुम (फल)नेपालमा भूकम्पको इतिहासनेपालको संविधानसुगौली सन्धिन्युटनको गतिका नियमहरूकम्पनीहलोगणतन्त्र दिवस (नेपाल)फिफा🡆 More