बालचन्द्र शर्मा

बालचन्द्र शर्मा - क्रान्तिकारी, राजनीतिज्ञ, मन्त्री, प्राज्ञ, राजदूत, कवि, निबंधकार, उपन्यासकार, इतिहासकार, लेखक, आलोचक, शब्दकोशकार  र अनुवादक

अखिलभारतीय नेपाली कांग्रेसका संस्थापक उपाध्यक्ष, नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक महासचिव, नेपाल प्रजा परिषद्का अध्यक्ष, शिक्षामन्त्री , नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति बालचन्द्र शर्माको जन्म:  इलाहबाद, भारतमा  वि स १९७६ भाद्र कृष्ण अष्टमी तद्अनुसार १९ अगस्त १९९६  भई  मृत्यु काठमान्डु, नेपाल २०३२ असार ७ तद्अनुसार जून २१, १९७५ भएको थियो। इतिहास, साहित्य, तथा राजनीति एवं अन्य विभिन्न विधाहरुमा उनले १६ वटा पुस्तक प्रकाशित गरे ।


प्रारम्भिक जीवन र शिक्षा

सात बच्चाहरुको बालकालमै सात  मृत्यु पश्च्यात  कृष्णष्टमीको शुभ मितिमा जन्मिएका शर्माको नामकरण  भगवान कृष्णकै नाम मद्द्ये  एकबाट गरियो । उनको प्रारम्भिक शिक्षा घरमै आफ्नै  पिताले  अमरकोष, लाघु सिद्धान्त कौमुदी र रघुवंष  जस्ता  संस्कृतको शास्त्रीय कृतिका  साथ शुरू गरे । वि स १९८१ मा  परिवारको बसाई  बनारस सरेककोले  शर्माले माध्यमिक शिक्षा हरिहर हाईस्कूलबाट पुरागरी वि स १९९८ बनारस ट्रेडिङ्  कलेजबाट हिन्दी साहित्य रत्न र वि स २००३ मा बनारस हिंदू विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे। यसरी उनको‌ संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा राम्रो पकड़ हुन पुग्यो।


युवावस्था र निजी जीवन

१८ वर्षको कलिलो उमेरमै शर्माले १० महिनाको अंतरालमा आफ्ना बुबाआमा दुवै गुमाए। एक वर्ष मात्र अगि वि.स. फाल्गुन २, १९९३ ( फेब्रुअरी १९३७) मा उनको विवाह कलैयाकी कुसुम कुमारी शर्मा सँग भएको थियो र वि.स. २०००मा पारिवारिक दवावमा उनले काठमाडौँकी सावित्री देवकोटासँग दोस्रो विवाह गरे । विवाहको डेढ वर्ष पछिनै सावित्री देवकोटाको क्षयरोगबाट मृत्यु भयो र शर्माको वैवाहिक जीवन कुसुम कुमारी शर्मासितै बित्यो र वहाँहरुबाट तीन सन्तान कल्पना कौशिक शर्मा , सुह्रद कौशिक शर्मा र चेतना कौशिक शर्मा जन्मिए ।

नेपाल पुकार, नवनेपालजस्ता पत्रिकाको सम्पादन गर्दै युगवाणीबाट आफ्ना वाणी व्यक्त गर्ने शर्माले २००७ साल अगाडि नै भाषा सेवा र देश सेवको अभियान थालेका थिए ।

नेपालको इतिहास लेखन र नेपाली साहित्यका एेतिहासिक समग्रीको अन्वेषणमा संलग्न रहेका बालभन्द्र शर्माको अन्वेषणात्मक साहित्य लेखन र्इश्वर बरालको जस्तै छ । प्रारम्भमा साहित्य र राजनीतिको एेतिहासिक सामग्री अन्वेषण गर्ने केममा जुटेका शर्माको एेतिहासिक शोधखोज ग्रन्थको नाम हो नेपालको एेतिहासिक विवेचना (२००८) । प्रस्तुत कृतिको प्रकाशनबाट एेतिहासिक सामग्रका अध्येताका रूपमा प्रतिष्ठापित हुन पुगेका शर्मालाई नेलको इतिहासको आधिकारिक ज्ञाताका रूपमा लिने गरिन्छ । उनका साहित्यिक कृतिहरू पनि अन्वेषणमूलक र विवेचनात्मक रहेका छन् । उनका अन्वेषणात्मक कृतिमा भानुभक्त (२०१४) रहेको छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्



Tags:

🔥 Trending searches on Wiki नेपाली:

राई भाषासाम्यवादपृथ्वीनारायण शाहकुरिलोइबोलामाधवकुमार नेपालहिन्द महासागरयातायातग्रहराई जातिअशेष मल्लचूडाकर्म संस्कारपरिवार नियोजनलमजुङ जिल्लानवलपरासी जिल्लासंस्कारसूचना प्रविधिमार्क्सवादअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननवौँ राष्ट्रिय खेलकुद २०७९पशु पालनमुख्यमन्त्री (नेपाल)आँखा पाक्ने रोगशिवज्योतिषध्रुवचन्द्र गौतम (साहित्यकार)नेपालमा घरेलु हिंसासार्की जातिभुक्तानीपारिस्थितिक प्रणालीलियोनेल मेसीट्रेड युनियनरेडियो नेपालअन्तिम संस्कारसामाजिक सञ्जालनेपालको राष्ट्रपतिगाउँ सभाजयपृथ्वीबहादुर सिंहअमरसिंह थापानेपालका नगरपालिकाहरूखनिजअरनिकोविसं १९९० को महाभूकम्पभक्ति थापामधेश प्रदेशजाँतोदिगो विकासका लक्ष्यहरूविश्वेश्वरप्रसाद कोइरालाछन्दबदरीनाथ भट्टराईशब्दकोशआयुर्वेदनेपालको प्रधानमन्त्रीलेखनाथ पौड्यालसम्पत्तिबाइसे राज्यहरूस्वरोजगारजनता समाजवादी पार्टी, नेपालसम्पादनरगतनेपाल विद्युत् प्राधिकरणवीर अस्पतालजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीथारु जातिको संस्कृतिक्रिकेटजेम्स वाटजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीश्रीमद्भागवत् पुराणचलचित्रनेपालको पहिलो संविधान सभाभण्डारखाल पर्वशनिवारयुट्युबसञ्चारकृष्णसांस्कृतिक लैङ्गिक पहिचाननेपालको उपराष्ट्रपतिनेपालका राष्ट्रिय विभूतिहरू🡆 More