नेपाल बैंक

नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो। यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो।

नेपाल बैंक
नामनेपाल बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त संस्था
उद्योगबैंङ्किग
स्थापित वर्ष१९९४
मुख्यालयधर्मपथ,काठमाडौँ
सेवा क्षेत्रनेपाल
उत्पादनबैंङ्किग
वेबसाईटनेपालबैंक.कम.एनपी

इतिहास

नेपाल बैङ्कको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन भएको थियो। यसैबाट नेपालमा संस्थागत रूपमा बैङ्किङ्ग सेवाको शुरुवात भएको थियो। यो बैङ्क स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो। १२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको थियो। उक्त अवसरमा बोल्दै तत्कालिन प्रधानमन्त्री राणा प्रधानमन्त्री जुद्धशमशेरले "राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो" भनेका थिए। "आजसम्म नेपालमा कुनै बैङ्क खोल्न सकिएको थिईएन। तर्सथ, उक्त आवश्यकता पूरा गर्न नेपाल बैङ्क लिमिटेड नाममा यो बैङ्क स्थापना हुन लागेको तथा श्री ५बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो। यस बैङ्कको उद्देश्य भनेको धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्‍याउनु रहेको छ। उक्त उद्देश्य हासिल गर्न सबैबाट र्समर्थन तथा शुभकामनाको आवश्यकता पर्ने हुनाले म त्यस प्रकारको सहयोग प्राप्त हुनेमा विश्वस्त छु।"

त्यस समयमा, यस औपचारिक बैङ्किङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझनुको साथै धेरै कम मात्र यस प्रति विश्वस्त थिए। जति हकप्रद शेयर उठाउनु सजिलो थिएन त्यति नै निक्षेप परिचालन गर्नु पनि गार्‍हो थियो । जसको परिणामस्वरूप, बैङ्कले रु. २५,००,००० मुल्यको हकप्रद शेयर निश्कासन गरेकोमा रु. ८,४२,००० मात्र उठाउन सफल भएको थियो । नेपालमा बैङ्क नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्‍याउने उद्देश्यकासाथ यस बैङ्कको स्थापना एवं सञ्चालनको लागि यो कानुन जारी गरिएको छ । बैङ्क स्थापनाको प्रथम वर्षा कुल निक्षेप रु. १७,०२,०२५ रहेकोमा चल्ती निक्षेप करिव रु. १२,९८,८९८ मुद्दती निक्षेप रु. ३,८८,९६४ तथा वचत निक्षेप रु. १४,१६३ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरी जम्मा रु. १९,८५,००० रहेको थियो । नेपाल बैङ्क लिमिटेड स्थापना देखिनै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैङ्क हो । रू. १०० परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये, ४०% शेयरमा सरकारको लगानी थियो भने बाँकी ६०% शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैङ्क सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए ।

सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध

Tags:

नेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

कार्कीस्वर्गद्वारीसुसाङ्ख्यनेपालको अर्थतन्त्र१९८२ फिफा विश्वकपमुख्य पृष्ठभानुभक्त आचार्यनेपालका हिमालहरूको सूचीअरुणा लामाफिफादेशान्तरमेचीनगर नगरपालिकापाकिस्ताननगदे वालीन्यायिक समितिअमेरिकाको राष्ट्रपतिमहागुरु फाल्गुनन्दहिन्दु धर्मको इतिहासपाथीभरा देवी (ताप्लेजुङ)भुक्तानीशाह वंशलोकतन्त्रनेपालको प्रशासनिक विभाजननालापानीको लडाइँनेपाली व्याकरणउत्पादन (अर्थशास्त्र)उदयपुर जिल्लाअहिल्याजलवायु परिवर्तनवैदेशिक रोजगारनेपाल अङ्ग्रेज युद्धनेपालका परम्परागत बाजाहरूको सूचीनेपालको चलचित्रको इतिहासत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्त्री प्रजनन प्रणालीअन्तर्राष्ट्रीय मात्रक प्रणालीट्रेड युनियनमाचू पिचूआन्तरिक राजस्व विभाग (नेपाल)धर्मजिल्ला समन्वय समितिखड्गप्रसाद ओलीसदर चिडियाखाना, नेपालजडीबुटीसंस्कृतिप्रकृतिढुङ्गे युगराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)तामाङ भाषाएस्टन भिल्ला फुटबल क्लबएचटिएमएलनेपालमा महिलाको अवस्थासिन्धुली जिल्लाभारतप्रविधिमाओवादी जनयुद्धसरकारमहालेखा नियन्त्रकको कार्यालयटिकटकक्रम-विकासनेपालका वनस्पतिहरूजानकी मन्दिरनेपालको संविधान २०७२ को संशोधनशनिग्रहराष्ट्रिय प्रकृति संरक्षण कोषप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)ह्रस्व दीर्घ नियमडोल्पा जिल्लानवलपरासी जिल्लापाँचऔंलेसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपालका जिल्लाहरूमगर जातिइन्डियन प्रिमियर लिगप्रतिव्यक्ति आय🡆 More