तर मध्य नेपाल अर्थात् काली गण्डकीको सेरोफेरो मध्येका गुल्मी अर्घाखाँची पाल्पा स्यांजा, बाग्लुंग पर्वत कास्कीका जैसी ब्राह्मणहरूले आफूहरू उपाध्येका ल्याइते पट्टिका सन्तान नभई पूर्खाले ज्योतिष कर्म गरेकाले जैसी भएको भन्दछन् । उनीहरूले आफूहरूको पूर्खौली यही पश्चिमांचल क्षेत्र भएको मान्दछन् । कर्मकाण्ड गरी जीविकोपार्जनका लागि पूर्वबाट आएका पूर्वियाले आफ्नो पेशोलाई विस्तार गर्नका लागि पश्चिमका अरू सोझा जातका मानिसलाई भट्काई जैसीको अनर्थ लगाए अनि आफूहरूले उपद्राईं गरी जन्माएका सन्तानलाई खाँटी जैसीको वदनाम गराउन जैसी पद दिँदा भए । उपाध्यायले जुन हिसाबले जैसी भएको भन्छन्, तेसरी भएका सन्तानलाई जैसीहरूले तल्ला भाते भन्दछन् र ती तल्लाभातेसँग र पूर्वतिरबाट आएका जैसीहरूसँग पनि यी जैसीहरूको विहेवारी चल्दैन । यहाँका जैसी ब्राह्मणले उपाध्यायलाई पूजा नगरी आफैले पुरेत्याइँ गर्छन् भने पूर्वियाले जस्तै मांस खाने र बलि पूजा पनि यिनले गर्दैनन् । वरिष्ठ इतिहासविद् योगी नरहरिनाथले आफ्ना विभिन्न ग्रन्थमा ज्योतिषी पढेका जैसी र कर्मकाण्ड गर्ने उपाध्याय भएको स्विकार गरेका छन् ।
खासगरी खस आर्यन सम्प्रदायमा यो थर भएका व्यक्तिहरु परम्परागत रूपमा हिन्दु धर्मावलम्बी सदाचारी ज्योतिष पेशा अंगालेका विद्वान ब्राम्हण हुने भएता पनि हाल विभिन्न धर्मावलम्बी हुन सक्दछन् । विश्वामित्र क्षत्रीयबाट ब्राम्हण भएको हाम्रा शास्त्रको प्रमाण तथा नेपालको इतिहास एवं हिन्दु धर्मको वर्ण व्यवस्थाको आधारमा जातको व्यवस्था गरिएको प्रशस्त उदाहरणहरू पाइन्छन् । त्यसैगरी मध्यकालमा जैसी पद प्राप्तिका लागि ठूलो विद्वत्ता हुनु पर्ने तथा दरवारमा समेत विद्वानको लागि जैसी कोठाको व्यवस्था भएको तथा काठमाडौंको बसन्तपुरनजिकजैसीदेवलको समेत निर्माणा भएको पाइन्छ । यसैले सायद जैसी पद प्राचीन नेपालमा धेरै प्रतिष्ठीत पदको रूपमा रहेको हुनाले नै देवलको नाम राखिनु तथा दरवारमा समेत कोठाको व्यवस्था हुनु आवश्यक ठानिएको थियो। हालसमेत नेपालमा बसोवास गर्ने खस सम्प्रादयका तिनै जैसीका सन्तानहरूले एक पैत्रीक थरको रूपमा जैसी थर प्रयोग गर्ने गरेको प्रचलनमा रहेको छ ।
पूर्वी नेपालमा जैसीहरूलाई वेद पढ्ने तथा होमनादी क्रिया गराउनका साथै यजमानहरूलाई पूजापाठ गराउनबाट बञ्चित गराईन्छ किन भने यिनिहरू माथिल्लो स्थरका ब्राहमणहरूबाट तल खसेको मानिन्छ । यसरी तल खस्नुका धेरै कारणहरू भएपनि कुनै पनि ब्राह्मणले ब्राह्मत्व (ब्राहमणहरूले पालना गर्नु पर्ने विशेष नियमहरू) छोडेर भ्रष्ट भएमा त्यसबाट जन्मिने सन्तानहरूका पिँढी सबै "जैसी" भनिन्छन् । उपाध्याय ब्राहमणले जैसीकी छोरी बिवाह गरी सन्तान जन्माएमा तथा उपाध्याय ब्राहमण मर्न गइ ति बिधुवा ब्राह्मणीले अर्को ब्राह्मणसँग बिवाह गरी सन्तान जन्माएमा तिनीहरूका पिँढी सबै जैसी हुन्छन् । जैसीहरूले ब्राहमणबाट भ्रष्ट भएकाले तिनीहरूलाई ब्रामणको भान्छाबाट पर सारिनुका साथै तिनलाई वेद पढ्नबाट रोक लगाइन्छ प्राय: ब्राहमणहरू पूजापाठबाट नै आफ्नो जिविकोपार्जन गर्ने र ब्राहमणहरू गोरू नजोत्ने चलन रहेको पाईन्छ तर जैसी भै सके पछि जिविकोपार्जनका लागि खेती गर्नु पर्ने भएकाले हलो जोत्छन् । पूजा पाठ गराउनबाट पर सारिए पनि जैसी हरू ज्योतिषको काम भने अपनाउन सक्छन् । "जैसी" ज्योतिष अथवा "जोशी" शब्दको प्रायवाची शब्द हो भन्दा पनि फरक पर्दैन । प्राचिन तथा मध्यकालमा ज्योतिषीको पेसा अपनाउने यी जैसीहरू हाल आएर आफ्नो जिवीकोपार्नका लागि अन्य पेसा पनि अपनाएका छन् । पहिले ब्रह्मत्व त्यागेमा जैसी हुने प्रथा थियो त्यसैले यि जुन साखाबाट उत्पन्न भए पनि जैसी भनिन्थे भने हाल आएर धेरै जसोले जैसी थर नलेखेर जुन शाखाबाट उत्पन्न भएका हुन् त्यही शाखाको थर प्रयोग गर्छन । जस्तै :- आचार्य, न्यौपाने, प्याकुरेल, रिजाल, तिवारी आदी आफ्नो पैतृक थर प्रयोग गर्दछन् । यसका साथै पश्चिम नेपालमा ब्राह्मणहरूले जैसीको छोरी विवाहा गरेमा त्यसबाट जन्मिएका सन्तानहरू जैसी भए झैं अन्य अन्तरजातिय विवाह गरेर जन्मेका सन्तानहरूका थर यस प्रकारका रहने प्रथा थियो । ब्राह्मणले ठकुरीको छोरी विवाह गरेमा त्यसबाट जन्मेका संतानहरूलाई हमाल ठकुरी भनिन्थ्यो । त्यस्तै ब्राह्मणले थापा, बिष्ट, महतारा, बोहरा आदी क्षेत्रीहरूको छोरी विवाह गरेमा त्यसबाट जन्मिएका सन्तानहरूलाई खत्री (के.सी.) भनिन्थ्यो । बाहुनको जात गामनसँग खस्छ भन्ने पश्चिम नेपालमा अँझै पनि एक उखान विद्यमान रहेको छ । गुन्युँलाई पश्चिम नेपालको भाषामा गामन भनिन्छ । माथिको उखानको अर्थ बाहुनको जातले अन्तरजातिय महिला विवाह गरेमा खस्छ भन्ने बुझिन्छ ।
तर मध्य नेपाल अर्थात् काली गण्डकीको सेरोफेरो मध्येका गुल्मी अर्घाखाँची पाल्पा स्यांजा, बाग्लुंग पर्वत कास्कीका जैसी ब्राह्मणहरूले आफूहरू उपाध्येका ल्याइते पट्टिका सन्तान नभई पूर्खाले ज्योतिष कर्म गरेकाले जैसी भएको भन्दछन् । उनीहरूले आफूहरूको पूर्खौली यही पश्चिमांचल क्षेत्र भएको मान्दछन् । कर्मकाण्ड गरी जीविकोपार्जनका लागि पूर्वबाट आएका पूर्वियाले आफ्नो पेशोलाई विस्तार गर्नका लागि पश्चिमका अरू सोझा जातका मानिसलाई भट्काई जैसीको अनर्थ लगाए अनि आफूहरूले उपद्राईं गरी जन्माएका सन्तानलाई खाँटी जैसीको वदनाम गराउन जैसी पद दिँदा भए । उपाध्यायले जुन हिसाबले जैसी भएको भन्छन्, तेसरी भएका सन्तानलाई जैसीहरूले तल्ला भाते भन्दछन् र ती तल्लाभातेसँग जैसीहरूको विहेवारी चल्दैन । यहाँका जैसी ब्राह्मणले उपाध्यायलाई पूजा नगरी आफैले पुरेत्याइँ गर्छन् भने पूर्वियाले जस्तै मांस खाने र बलि पूजा पनि यिनले गर्दैनन् । वरिष्ठ इतिहासविद् योगी नरहरिनाथले आफ्ना विभिन्न ग्रन्थमा ज्योतिषी पढेका जैसी र कर्मकाण्ड गर्ने उपाध्याय भएको स्विकार गरेका छन् ।
This article uses material from the Wikipedia नेपाली article जैसी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.