कोरियाली युद्ध

कोरियाली युद्ध (दक्षिण कोरियामा Hangul: 한국전쟁; Hanja: 韓國戰爭; RR: Hanguk Jeonjaeng, कोरियाली युद्ध; उत्तर कोरियामा चोसङ्गुल: 조국해방전쟁; Hancha: 祖國解放戰爭; MR: Choguk haebang chŏnjaeng, पितृभुमी स्वतन्त्रता युद्ध; २५ जुन १९५० – २७ जुलाई १९५३) उत्तर कोरिया (चीन र सोभियत सङ्घको सहायतामा) र दक्षिण कोरिया (संयुक्त राष्ट्र विशेषतः अमेरिकाको सहायतामा) बीच भएको एक युद्ध थियो। यो युद्ध उत्तर कोरियाले दक्षिण कोरिया माथि आक्रमण गरेपछि सन् १९५० जुन २५ का दिन सुरु भएको थियो। यो शीत युद्ध कालमा लडिएको पहिलो महत्त्वपूर्ण युद्ध थियो। यो युद्ध अन्तमा बिना निर्णय नै समाप्त भएतापनि जन क्षति तथा तनाव धेरै बढेर गएको थियो।

कोरियाली युद्ध
Korean War Montage 2

दोस्रो विश्व युद्ध पछि सोभियत सङ्घ र अमेरिकाले कोरियालाई सन् १०४५ अगस्ट १५ का दिन जापानको उपनिवेश नियन्त्रणबाट मुक्त गरेको थियो। जापानको आत्मसमर्पणसँगै युद्धको अन्त्य पछि ३८औँ अक्षांंश उत्तरमा कोरियाको विभाजन भएको थियो। सोभियत सङ्घले उत्तर तर्फको हिस्सा नियन्त्रण गर्दा अमेरिकाले दक्षिण तर्फको हिस्सा लिएको थियो। सन् १९४८ मा ३८औँ समान्तरलाई सिमा मानेर दुई सार्वभौम राष्ट्रको स्थापना भएपछि शीत युद्धको भुराजनैतिक तनाव सुरु भएको थियो। उत्तरमा किम इल-सुङको नेतृत्वमा समाजवादी राज्यको स्थापना भएको थियो भने दक्षिणमा कम्युनिस्ट विरोधी पूँजीवादी राज्यको स्थापना भएको थियो। नवनिर्मित दुवै राष्ट्रका सरकारले सम्पूर्ण कोरियाको वैधानिक सरकार आफूलाई नै दावी गरेपछि कुनै सरकारले पनि सिमालाई स्थायी मान्न तयार भएका थिएनन्

उत्तर कोरियाली सेना सिमा पार गर्दै सन् १९५० जुन २५ का दिन दक्षिण कोरियामा छिरेपछि कोरियाली द्वन्द्व युद्धमा परिणत भएको थियो। युद्धको सुरुवातमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो सेनाको गठन गर्दै कोरियामा तैनाथ गरेको थियो जसको उद्देश्य उत्तर कोरियाको आक्रमणलाई रोक्नु थियो। संयुक्त राष्ट्रका २१ राष्ट्रले संयुक्त राष्ट्रको सेनामा योगदान दिएका थिए त्यसमा ९० प्रतिशत हिस्सा अमेरिकाको थियो।

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू


Tags:

उत्तर कोरियाचीनदक्षिण कोरियाशीतयुद्धसंयुक्त राज्य अमेरिकासंयुक्त राष्ट्रसोभियत सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

परिवारनारायणगोपाल गुरूवाचार्यसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकोशी प्रदेश क्रिकेट टोलीनेपालका दलित वर्गमा पर्ने थरहरूअधिकारपृच्छाकिशोरावस्थावराहक्षेत्रनेपालको इतिहाससहकारीसुगौली सन्धिजात्रै जात्रातापन, वायुसञ्चार तथा वातानुकूलनअनुराधा कोइरालासंयुक्त राष्ट्रसङ्घका महासचिवसुनसैजननेपालमा महिला अधिकारध्रुवचन्द्र गौतमयुरोपेली सङ्घदादुरागाउँ विकास समिति (नेपाल)आँकसयौँ थुङ्गा फूलका हामीनुवाकोट जिल्लासेप्टेम्बर ११ को हमलानारायणहिटी दरबार सङ्ग्रहालयकटारी नगरपालिकालागु पदार्थबन्दी प्रत्यक्षीकरणपुस्तकशेरबहादुर देउवाकोशी प्रदेशको मुख्यमन्त्रीरारातालआगोएक्सभिडियोजसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूहिन्दु धर्मनयाँ पत्रिका दैनिकविराट कोहलीफ्रान्सझमक घिमिरेलैङ्गिक विभेदबाजुरा जिल्लानेपालको राष्ट्रपतिनेपाली चलचित्रश्रीकृष्ण श्रेष्ठक्यूआर कोडनरिवलऔद्योगिक क्रान्तिविश्व बैङ्कविद्यार्थीसगरमाथात्रिभुवन विश्वविद्यालयमानव अधिकारनेपाली शब्दकोशतनहुँ जिल्लाविद्युतीय अपराधकर्मचारी सञ्चय कोषनेपाल कानुन आयोगकटुसमारुनी नाचधनुषा जिल्लाविज्ञाननिम्न माध्यमिक विद्यालयराममहिषपाल वंशमहात्मा गान्धीगुल्मी जिल्लाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालपानीनेपालको राजनीतिडोल्पा जिल्लाविश्व व्यापार सङ्गठनकुरिलोकथानकज्ञानेन्द्र वीरविक्रम शाह🡆 More