कुकुर तिहार

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुर तिहार
नरक चतुर्दशी
कुकुर तिहार
फूलमाला लगाएको एक कुकुर
प्रकारधार्मिक
उत्सवकुकुरको सम्मान स्वरूप
परिपालनप्रार्थना र धार्मिक अनुष्ठान
मितिकार्तिक कृष्ण चतुर्दशी
आवृत्तिवार्षिक

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

पृष्ठभूमि

तिहार नेपालबाट सुरु भएको पाँच दिन लामो हिन्दू चाड हो। दसैँपछिको यो दोस्रो ठूलो चाड हो। कुकुर तिहार तिहारको दोस्रो दिन मनाइन्छ। तिहारपर्वको समयमा गाई, काग लगायत धेरै जनावरहरूको पनि पूजा गरिन्छ।

प्राचीन संस्कृत महाकाव्य महाभारतमा स्वर्ग जाने क्रममा पाँच पाण्डवलाई कुकुरको साथमा राखिएको छ। पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग हिमालय चढे। युधिष्ठिर र तिनको कुकुरबाहेक ती सबै बाटोमा लडेर मरे। त्यसपछि युधिष्ठिरले देवताहरूका राजा इन्द्रलाई भेटे, जसले उनलाई स्वर्गमा स्वागत गरेका थिए। स्वागत गर्ने क्रममा उनले आफ्नो कुकुरलाई पछाडि छोड्नु पर्ने शर्त अगाडि राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए। यमराज कुकुरको रुपमा आएका थिए र उनले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र उनको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए।

यमसँग श्यामा र शर्वरा नामका दुई कुकुर थिए जसले नरकको ढोकाको रक्षा गर्छन्। नेपाली हिन्दूहरू कुकुरको पूजा गर्नाले उनीहरूले मृत्युलाई सकारात्मक रूपमा हेर्ने विश्वास गर्छन् र कुकुरले उनीहरूको अन्तिम यात्रामा उनीहरूलाई पछ्याउँदछ। कुकुरहरूले तिनीहरूलाई नरकमा यातनाबाट जोगाउनेछन् आशा व्यक्त गर्छन्। कुकुरलाई यमको दूत मानिन्छ र उनलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।

एबिसी न्युजका अनुसार नेपाल र मङ्गोलियामा कुकुरलाई पहिलो पटक घरपालुवा बनाइएको हुन सक्ने उल्लेख गरेको थियो।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

Tags:

कुकुरतिहार

🔥 Trending searches on Wiki नेपाली:

कतारचतराधामनेपालका विश्वविद्यालयहरूको सूचीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८सिन्दुरे जात्रा (नुवाकोट)रामेछाप जिल्लानेपालमा बोलिने भाषाहरूकूटनीतिवीरेन्द्र वीरविक्रम शाहमहाकाली नदीरामायणकरारफ्लोरेन्स नाइटिङ्गेलनेपालको भूगोलचन्द्र शमशेर जङ्गबहादुर राणाऊर्जादादुरासिद्धार्थनगर नगरपालिकापहिलो विश्वयुद्धगौरीशङ्कर हिमालरामकृष्ण शर्मासती प्रथाबैतडी जिल्लाबालश्रमभानुभक्त आचार्यनेपाल सरकारकोशी प्रदेशको मुख्यमन्त्रीमुनामदननमस्तेजलवायु परिवर्तननेपाली साहित्यको इतिहासश्लोककुखुरा पालनदासप्रथाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपालीकोशिका सिद्धान्तप्रतिव्यक्ति आयप्रकाश सपुतनेपाल सशस्त्र प्रहरी बलबुद्ध धर्मसामुदायिक वननेपालको सङ्घीय संसदबंगलामुखी मन्दिरहात्तीविकिमिडिया कमन्सकर्मचारी सञ्चय कोषनेपालका तालहरूको सूचीशुक्रराज शास्त्रीसत्यमोहन जोशीपश्चिम रुकुम जिल्लास्थानीय व्यवस्थापिकानिर्वाचन प्रणालीभक्तपुर नगरपालिकानेपालगन्ज उपमहानगरपालिकाउपमहानगरपालिकासेतो कपडामा युवतीतापक्रमरेखा थापानेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाली चलचित्रनेपाली रुपैयाँनेपालको मन्त्रिपरिषद्नेपाल बैंकसुर्खेत जिल्लायुनेस्कोसिन्धु गङ्गा मैदानलागु पदार्थनैतिक दृष्टान्तमहावीर पुनसहकारीनेपालको अन्तरिम शासन विधान २००७फेसबुकनेवार जाति🡆 More