ओलिभर कान

ओलिभर रल्फ कान पुर्व जर्मन फुटबल गोलरक्षक हुन् । कार्लस्रुहर एससीको युवा टोलीबाट १९७५ मा फुटबल जीवनमा पदार्पण गरेका कानले १२ वर्षपछी व्यवसायिक रूपमा क्लब प्रतियोगितामा डेब्यु गरेका थिए । १९९४ देखि २००८ को अन्तरालमा बायर्न म्युनिखमा रहेर आफ्नो व्यवसायिक फुटबल खेललाई पुर्णविराम लगाएका कान २००० को दशकको उत्कृष्ट गोलरक्षक का रूपमा विश्वसामु परिचित छन् । उनका प्रशंसकहरूले उनको खेल शैलीको प्रशंसा गर्दै भोल-कान-ओ (भोल्कानो अर्थात ज्वालामुखी) नाम दिएका थिए ।

ओलिभर कान
ओलिभर कान
व्यक्तिगत जानकारी
पुरा नाम ओलिभर रल्फ कान
उचाइ १.८८ मि (६ फि २ इन्च)
खेल्ने स्थान(हरू) गोलरक्षक
युवा करियर
१९७५–१९८७ कार्लस्रुहर एससी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८७–१९९० कार्लस्रुहर एससी II ७३ (०)
१९८७–१९९४ कार्लस्रुहर एससी १२८ (०)
१९९४–२००८ बायर्न म्युनिख ४२९ (०)
जम्मा ६३० (०)
अन्तर्राष्ट्रिय करियर
१९९५-२००६ जर्मनी ८६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

कान जर्मन इतिहाँसकै सफलतम खेलाडीका रूपमा चिनिन्छन् । उनी सम्मिलित टोलीले आठ बुन्डेस लिगा, ६ डिएफबी-पोकल, १९९६ मा युइएफए कप, र २००१ मा युइएफए च्याम्पियन्स लिग अनि अन्तरमहादेशिय कप जितेको थियो । उनको व्यक्तिगत योगदानका कारण लगा लग चार पटक युइएफए उत्कृष्ट यूरोपिय गोलरक्षक पुरस्कार, तीन विश्वको उत्कृष्ट गोलरक्षक पुरस्कार, र दुइ पटक जर्मन वर्ष फुटबलर ट्रफी जितेका थिए । २००२ फिफा विश्वकप मार्फत कान प्रतियोगिता इतिहाँसमै गोल्डेन बल जित्ने पहिलो र एकमात्र गोलरक्षक बनेका थिए ।

नियमित गोलरक्षक आन्द्रेस कोप्केले राष्ट्रिय टोलीबाट सन्यास लिएपछी ओलिभर कानले गोलरक्षकको भूमिका निर्वाह गर्न अवसर प्राप्त गरे । सन् १९९४ देखि २००६ सम्म राष्ट्रिय टोलीको प्रमुख सदस्यका रूपमा रहेका उनकै कप्तानीमा जर्मन टोली २००२ फिफा विश्वकपको फाइनलसम्म पुगेको थियो । टोलीको कमजोर प्रदर्शनका बावजुद उनकै गोलरक्षण कतिपय खेलमा निर्णायक सावित भयो । फाइनल खेल जर्मनीले ब्राजिललाई २-० ले सुम्पिएको थियो जहाँ ब्राजीली स्ट्राइकर रोनाल्डोले गोल गरे । कान उक्त प्रतियोगिता अवधिभरकै उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल जित्न सफल भए । उनी सम्मिलित जर्मनी राष्ट्रिय फुटबल टिमले १९९६ को युइएफए यूरो जितेको थियो ।

करियर तथ्याङ्क

क्लब

क्लब प्रदर्शन लिग कप महादेशीय जम्मा
सिजन क्लब लिग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
जर्मनी लिग डिएफबी-पोकल यूरोप जम्मा
1987–88 Karlsruher SC Bundesliga 2 0 0 0 2 0
1988–89 2 0 0 0 2 0
1989–90 0 0 0 0 0 0
1990–91 22 0 0 0 22 0
1991–92 37 0 2 0 39 0
1992–93 34 0 5 0 39 0
1993–94 31 0 3 0 10 0 44 0
1994–95 Bayern Munich 23 0 21 0 5 0 30 0
1995–96 32 0 2 0 12 0 46 0
1996–97 32 0 4 0 2 0 38 0
1997–98 34 0 8 0 8 0 50 0
1998–99 30 0 8 0 13 0 51 0
1999–2000 27 0 5 0 13 0 45 0
2000–01 32 0 4 0 16 0 52 0
2001–02 32 0 5 0 14 0 51 0
2002–03 33 0 6 0 6 0 45 0
2003–04 33 0 5 0 8 0 46 0
2004–05 32 0 7 0 10 0 49 0
2005–06 31 0 6 0 7 0 44 0
2006–07 32 0 2 0 9 0 44 0
2007–08 26 0 7 0 9 0 42 0
Total Germany 557 0 81 0 142 0 780 0
Career total 557 0 81 0 142 0 780 0

1 Includes German Super Cup

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ओलिभर कान करियर तथ्याङ्कओलिभर कान क्लबओलिभर कान यो पनि हेर्नुहोस्ओलिभर कान सन्दर्भ सामग्रीहरूओलिभर कान बाह्य कडीहरूओलिभर कानएफसी बायर्न म्युनिखभकुन्डो

🔥 Trending searches on Wiki नेपाली:

मध्यवर्ती क्षेत्रअनलाइन खबरमनोविज्ञाननेपालमा मौलिक हक र कर्तव्यकार्यपालिकासैजनछो रोल्पानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीउत्प्रेरणाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनगरपालिकानेपालको सङ्घीय संसदगर्भपतनश्रेष्ठनेपालको जनआन्दोलन २०६३नेपालको प्रधानन्यायाधीशगाउँखाने कथाकृषि विकास बैंकएसियापरिवारसुरेन्द्र वीरविक्रम शाहप्रकृतिनेपालको राष्ट्रपतिदोहोरो लेखा प्रणालीनेपाल कानुन आयोगडढेलोनेपाली सेना पृतना प्रधान कार्यालयशौनक गोत्रपाँचतले मन्दिररेखा थापादसैँइलाम जिल्लाअगमसिंह गिरीपञ्चायती व्यवस्थासर्लाही जिल्लाअफ्रिकावराहक्षेत्रबीमापूर्वीय चिन्तन परम्परानेपाल सरकारआर्थिक विकासमहिला सशक्तिकरणनेपालको पहिलो संविधान सभानारायणहिटी दरबार सङ्ग्रहालयसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूखुकुरीनेपालको निसानछापनुवाकोट जिल्लावित्तीय विवरणहरूप्रदेश प्रमुख (नेपाल)नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामानवशास्त्रकुरिलोज्योतिषप्रियङ्का कार्कीहिमालसगरमाथा राष्ट्रिय निकुञ्जसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)भण्डारखाल पर्वमागधरहरासंविधान सभा निर्वाचन २०७०नवलपरासी जिल्लापाञ्चायन देवताराजेश हमालविद्युतरवि लामिछानेनेपालको उपराष्ट्रपतिनेपालको पञ्चवर्षीय योजनाप्रतिलिपि अधिकारमहिषपाल वंशनिम्न माध्यमिक विद्यालयचितवन राष्ट्रिय निकुञ्जनेपाल प्रहरीदिगो विकासकर्णाली नदी🡆 More