इनर्सिया

कुनै पनि वस्तुको यथास्थितिमा रहन सक्ने गुणलाई नै त्यस वस्तुको इनर्सिया भनिन्छ । अर्थात कुनैपनि पदार्थले आफू जुन अवस्थामा छ त्यही अवस्थामा रहिरहन खोज्ने गुणलाई त्यस पदार्थको इनर्सिया भनिन्छ ।

इनर्सियाले सङ्केत गर्ने कुरा के हो भने - "कुनै पनि वस्तुमा बाह्य बल प्रयोग नभएसम्म यदि वस्तु स्थिर अवस्थामा छ भने स्थिर अवस्थामै रहन्छ र चाल अवस्थामा भए सरलरेखामा समान गतिले गइरहन्छ ।"

इनर्सियाको सिद्धान्त भौतिकविज्ञानको एउटा आधारभूत सिद्धान्त हो र यो सिद्धान्त आज पनि कुनै वस्तु वा पदार्थको चाल वर्णन गर्न र चाललाई बाह्य बलले कसरी असर गर्छ भनेर बयान गर्न प्रयोग हुन्छ ।

इनर्सिया शब्द लेटिन शब्द इनर्स (iners)"बाट आएको हो जसको अर्थ सुस्त, आलस्य, जुम्सोपना हो । इनर्सिया भौतिक प्रणालीको पिण्डको आधारभूत अभिव्यक्ति हो । आइज्याक न्युटनलेको चालसम्बन्धी पहिलो नियमले इनर्सियाको परिभाषा दिन्छ ।


सामान्यतया, "इनर्सिया" ले वस्तुको गति परिवर्तनमा आउने अवरोध अथवा मोमेन्टम मा आउने अवरोध लाई जनाउँदछ ।

पृथ्वीको सतहमा इनर्सियालाई मुख्यतया: घर्षण, हावाको अवरोध जस्ता कुराहरूले प्रभाव पार्दछन् । यिनै घर्षण र हवाइ अवरोधका कारण स्वतन्त्रतापुर्वक हिँडिरहेको वस्तुको वेग घट्ने अथवा गुरूत्व बल घट्ने गर्छ ।

Tags:

पदार्थ

🔥 Trending searches on Wiki नेपाली:

फेवा तालओखलढुङ्गा जिल्लाकैथीचार्ल्स ब्याबेजसार्की जातिघोडाघोडी तालछुवाछुतसंविधानआगोराष्ट्रिय सभा (नेपाल)नेपालको अन्तरिम शासन विधान २००७सुधासागरबेरोजगारीभाषिकानदीनेपाल सशस्त्र प्रहरी बलनेपालका प्रमुख नदीहरूको सूचीस्थानीय तहनेपाल राष्ट्रिय फुटबल टोलीम्यानचेस्टर सिटी फुटबल क्लबसूचना तथा सञ्चार प्रविधि शिक्षानेपालको पत्रकारिताको इतिहासत्रि-चन्द्र कलेजखस राज्यपाल्पा जिल्लाबङ्गलादेशटेलिभिजननेपालका वनस्पतिहरूमाननीयनेपालका प्रदेशहरूगाउँ खाने कथापुतलीकरारनेपालका प्रधानमन्त्रीहरूको सूचीरवि लामिछानेमदन पुरस्कारभौतिकपर्यटनविशाल नेपालजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीरामेछाप जिल्लानेपाल टेलिभिजनविप्रेषण२०२० नेपालमा कोरोनाभाइरस महामारीनेपालको इतिहासएकाधिकारमकालु-बरूण राष्ट्रिय निकुञ्जबुढासुब्बा मन्दिरकाठमाडौँअन्नपूर्ण हिमालपूँजीवादपोलेको घाउटिकटकमदन भण्डारीताओ धर्मनेपालको उपराष्ट्रपतिग्रहछाउपडीविश्वव्यापीकरणनेपालको चलचित्रको इतिहासमादलमानव संसाधन व्यवस्थापनतराईसुशासनसार्वजनिक वित्तखस बाहुनराजनीतिक दलपृथ्वीलखन थापा मगरमारुनी नाचशारीरिक व्यायामकम्प्युटर नेटवर्कतत्समनेपालका प्राकृतिक सम्पदाहरूको सूची🡆 More