आठबीस नगरपालिका

आठबीस नगरपालिका दैलेख जिल्लामा पर्ने एक नगरपालिका हो । दैलेख जिल्लामा पर्ने पिपलकोट, सिंहासैन, तिलेपाटा, सिंगौडी र सात्तला गाविसलाई जोडेर यो नगरपालिका २०७३ सालमा बनाइएको थियो । परापुर्ब काल देखी नै यस क्षेत्रलाई आठबीसको नामले नै चिनिन्थ्यो ।

आठबीस
आठबीस is located in नेपाल
आठबीस
आठबीस
नेपालमा अवस्थित
निर्देशाङ्क: २९°०४′N ८१°२८′E / २९.०६°N ८१.४६°E / 29.06; 81.46 ८१°२८′E / २९.०६°N ८१.४६°E / 29.06; 81.46
देशआठबीस नगरपालिका नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्या
स्थापना२०७३ फागुन २७ (१० मार्च २०१७)
सरकार
 • प्रकारनगरपालिका
 • मेयरखड्कराज उपाध्याय (नेकपा)
 • उपमेयरदिपा बोहरा (नेका)
क्षेत्रफल
 • जम्मा१६८ किमी (६५ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा२९,२२७
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटofficial website

परिचय

नेपाल सरकारको विक्रम संवत २०७३ फागुन २६ गतेको निर्णय अनुसार साविकका ६ वटा गाविसहरू सात्तला, सिंगौडी, राकम कर्णाली, तिलेपाटा, सिंहासैन र पिपलकोटलाई एकापसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठबीस नगरपालिकाको संरचना तयार पारिएको हो । जम्मा १६८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरू मध्ये क्षेत्रफल र जनसङ्ख्याको हिसाबले दोश्रो ठुलो स्थानिय तह हो ।

भौगोलिक अवस्था

दुन, टार, चुरे र महाभारत पर्वत श्रृङ्खलामा पर्ने रमणिय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र आर्थिक श्रोतको लगानीबाट नगरपालिकाको सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा विकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले विकट र विकासोन्मख अवस्थामा यो नगरपालिका रहेको छ । कुल जमिनको ७७.३२ % अर्थात १२,९८९.५४ हेक्टर भूभाग वन जंगलले ढाकेको यस नगरपालिका भित्र प्रसस्त मात्रामा खोला नाला तथा कर्णाली नदी रहेका छन् । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि २२ कोश पश्चिममा अवस्थित यस नगरपालिकाको सिमाना पूर्वमा चामुण्डा विन्द्रासैनी नगरपालिका, दक्षिणमा ठाटिकाँध गाउँपालिका, पश्चिममा अछाम जिल्ला, उत्तरमा कालीकोट जिल्लासँग जोडिएको छ ।

जनसङ्खया

मुख्यतया ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, मगर, आदी जातिको बसोवास रहेको यस नगरपालिकामा कतै कतै बादी र फिरन्ते रूपमा राउटेहरू पनि बसोवास गर्दछन् । विक्रम संवत २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २९,२२७ रहेको छ । जसमा पुरुष जनसङ्ख्या १४, ४८४ र महिला जनसङ्ख्या १४,४४३ रहेको छ । यस नगरपालिकाका विभिन्न वडाहरूमा अधिकांश रूपमा हिन्दू धर्मावलम्बीहरूको बसोवास रहेको छ भने छुटफुट रूपमा इसाई, मुस्लिमबौद्ध धर्मावलम्बीहरूको पनि बसोवास रहेको छ ।

प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरू

यस नगरपालिकामा जाक्सीकोट, मालिका माई, ओबीको अधिकारी मन्दिर, बुसाकोटको अधिकारी मन्दिर, भैरव मन्दिर, थामा चौघेरा माई मन्दिर, रोलका सात ओखल, पिपलकोटको बीरखम्बा, टुडा पगारको अक्षर तथा भीरमा गाडिएका किला, तथा विभिन्न गाउँमा रहेका ऐतिहासिक मुग्राहाँ (ढुङ्गे धारा) हरू जस्ता धार्मिक, सांकृतिक तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरू रहेका छन् । प्राकृतिक स्रोतका रूपमा कर्णाली नदी, विभिन्न खोलानाला स्लेट खानी, प्रसस्त मात्रामा वनजंगल तथा जडीबुटीहरू रहेका छन् ।

रहन सहन

यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्छन् भने । नेपाली भाषाको भाषिकाको रूपमा रहेको खष भाषालाई आफ्नो मुख्य भाषाको रूपमा प्रयोग गर्दछन् । यसका साथै मगर खाम भषाको पनि प्रयोग भएको पाइन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिन प्रसस्त मात्रामा भएकोले यहाँका मान्छेले कृषि पेसा धेरै अपनाएको देखिन्छ । यसका साथै व्यपार व्यवसाय र नौकरी पेसामा लाग्नेहरूको सङ्ख्या कृषकहरू भन्दा कम छ । यस क्षेत्रका मानिसहरू जिविकोपार्जनहरूका लागि भारत तथा अन्य मुलुकमा काम गर्न जाने गरेको पनि पाइन्छ । प्रयोग क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गरेको पाईन्छ ।

अर्थतन्त्र

मुख्य गरी वनजंगल, वन पैदावार र कृषि तथा पशुपालन व्यवसायलाई आम्दानीको स्रोत मानिने यस नगरपालिकाको रामघाट, टुनिवगर, राकम कर्णाली, खिडकिजिउला र दह बजारलाई मुख्य व्यापारिक केन्द्र मानिन्छ । यि व्यापारिक केन्द्रहरूमा यहाँको स्थानिय उत्पादन जस्तै:- घिउ, भटमास, स्थानिय सागपात, आलु आदि तरकारी र जडिबुटीहरूको खरिद बिक्री गरिनुका साथै स्थानिय वासिन्दाहरूका लागि दैनिक उपभोग्य सामानहरू जस्तै:- नून, चामल, चिनी, कपडा आदि वस्तुहरू उपलब्ध गराइएको पाइन्छ । साविकका ६ वटा गाविसका ५४ वटा वडाहरूलाई पुनसंरचना गरी यस नगरपालिकामा ९ वटा वडाहरू कायम गरिएका छन् । यातायातको सुविधा पनि भएको र भौगोलिक रूपमा मिलेको वस्ति तथा मध्यपहाडी लोकमार्गको मेगासिटी र कर्णाली राजमार्गमा पर्ने भएकाले नगरपालिकाको मुख्य केन्द्र वडा नंवर ४ मा पर्ने साविकको राकम कर्णाली गाविसको कार्यालयलाई कायम गरिएको छ । राज्यको विकेन्द्रीकृत शासन प्रणाली तथा स्थानीय जनचाहना र आवस्यकताको सम्बोधन गर्ने हेतुले यस नगरपालिकाले सरकारी निकायका विभिन्न विषयगौ कार्यालयहरू र गैरसरकारी सङ्घ संस्थाहरूसँग समन्वय गरी कार्यक्रभहरू सञ्चालन गर्ने निती लिएको छ । राकम कर्णालीमा कायम गरीएको छ ।

वडा विवरण

यस नगरपालिकाको संरचना अनुसार कायम गरिएका वडाहरूको विवरण निम्नानुसार रहेको छ ।

वडा नंवर साविका गाविस क्षेत्रफल
सातला १ - ८ ३३ .३८ वर्ग किलोमिटर
सातला ९ र सिंगौडी १ - ५ १८ .६९ वर्ग किलोमिटर
सिंगौडी ६ - ९ २३ .६९ वर्ग किलोमिटर
राकमकर्णाली १ - ९ १२ .०६ वर्ग किलोमिटर
पिपलकोट १ - ९ ३३ .८९ वर्ग किलोमिटर
सिंहासैन ५ - ९ २१ .०८ वर्ग किलोमिटर
तिलेपाटा १, २, ३, ६ र सिंहासैन ३ ६ .७१ वर्ग किलोमिटर
तिलेपाटा ४, ५, ७, ८ र ९ ११ .३८ वर्ग किलोमिटर
सिंहासैन १, २ र ४ ८ .२ वर्ग किलोमिटर

यो पनि हेर्नुहोस्


सन्धर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

आठबीस नगरपालिका परिचयआठबीस नगरपालिका भौगोलिक अवस्थाआठबीस नगरपालिका जनसङ्खयाआठबीस नगरपालिका प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरूआठबीस नगरपालिका रहन सहनआठबीस नगरपालिका अर्थतन्त्रआठबीस नगरपालिका वडा विवरणआठबीस नगरपालिका यो पनि हेर्नुहोस्आठबीस नगरपालिका सन्धर्भ सामग्रीहरूआठबीस नगरपालिका बाह्य कडीहरूआठबीस नगरपालिकातिपालेटा गा.वि.स.दैलेख जिल्लापिपलकोट, दैलेखसात्तलासिंगौडी गा.वि.स.सिंहासैन गा.वि.स.

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय तहसंविधान सभा निर्वाचन, २०६४नेपाल अधिराज्यको संविधान २०४७दिनेश अधिकारीलुम्बिनी प्रदेशनेपालका अञ्चलहरूहिमालयडढेलोकरतालडिजिटल साक्षरताअक्टोबर क्रान्तिमिडियाविकीफेसबुकअन्तर्वार्तासवारी दुर्घटनाधनगढी उपमहानगरपालिकाकार्यपालिकावशिष्ठ गोत्रगोसाइँकुण्डमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपाली राष्ट्रिय क्रिकेट टोलीअरुणा लामाभक्ति थापानेपालको राजनीतिहारुकी मुराकामीभिरिङ्गीनिर्वाचन प्रणालीसमयनेपाल-भारत सम्बन्धअस्ट्रेलियापाठ्यक्रममायासमानुपातिक प्रतिनिधित्व प्रणालीबर्तमानमेन्छयायेम गाउँपालिकाबाल विवाहमदन भण्डारी राजमार्गनेपालको पञ्चवर्षीय योजनाग्रहमानव संसाधन व्यवस्थापनमनोविज्ञाननिबन्धबजारफेवातालप्रविधिसामाजिक सञ्जालसमूहचाडपर्वआइएसबिएनविक्रम सम्वत्रुरुक्षेत्र गाउँपालिकासङ्खुवासभा जिल्लाजगदम्बाश्री पुरस्कारबिस्केट जात्रामेगा अपलोडजानकी मन्दिरइजिप्टअन्तर्राष्ट्रिय श्रम सङ्गठनभक्तराज आचार्यनेपालको जनआन्दोलन २०४६मानव अधिकारअपाङ्गतायोगढोरबराहि मन्दिरशिक्षारुस-युक्रेन युद्धराजेन्द्र महतोगिरिजाप्रसाद कोइरालापूर्वी रुकुम जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीराष्ट्रिय सुरक्षा परिषद्विज्ञापनबुधग्रहपृथ्वीनारायण शाहमादलस्टिफन हकिङ🡆 More