बुध्द शब्दको उत्पत्ति पाली भाषाको 'बोध' शब्दबाट भएको हो । पाली भाषाको 'बोध' को अर्थ जानकारी हुनु हो । ज्ञान प्राप्त भएको अबस्थालाई 'बोध' भनिन्छ । ज्ञान प्राप्त भएको वा जागृत भएको तथा निर्वाण प्राप्त ब्यक्तिलाई पाली भाषामा 'बोधी'भनिन्छ । त्यही पाली भाषाको 'बोधी' शब्दबाट संस्कृत भाषामा'बुध्द' भनियो। बुध्द धर्ममा पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुध्द हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन। बुध्द धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुध्द धर्म नभएको वा सुषुप्त अवस्थामा वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुध्द भनिन्छ । वर्तमानमा साधारण रूपले बुध्द शब्दले सिध्दार्थ गौतमलाई चिनिन्छ। बुध्द गाथाहरुमा अन्य बुध्दहरु अस्तित्वमा रहेको भएपनि ऐतिहासिक र पूरातात्त्विक रूपमा अस्तित्त्व पुष्टि भएका बुध्द यिनी मात्रै छन्। बुध्द शब्द पाली भाषाको 'बोध' बाट 'बोधी हुँदै संस्कृतको शब्द बुध् हुन आएको हो जसको अर्थ जागृत भएको हो।
बुध्दको शिक्षालाई धर्म (पालिभाषामा धम्म) भनिन्छ। बुध्दको धर्म अनुसार सबै किसिमका दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउँछन्। निर्वाण यी बन्धनहरूबाट मुक्त भएपछि प्राप्ति हुन्छ।
बुध्द परमेश्वर हुन भन्ने र बुध्द धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुध्द धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुध्द धर्ममा ईश्वरको परिकल्पना अर्थात् अस्तित्व स्विकार गरिएको छैन। बुध्द धर्ममा बुध्दलाई एक मार्गप्रदर्शक वा गुरुको रूपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुध्दको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुध्द धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।
त्रिपिटक अनुसार बुध्द भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन्।
साधारण रूपमा सिदार्थ गौतमलाई मात्र बुध्दको रूपमा लिएतापनि त्रिपिटकको बुध्दवंशमा २८ बुध्दको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुध्दको बारेमा पनि उल्लेख गरिएको छ।
बुध्द धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन्। थेरवाद शाखाको बुध्द धर्म अनुसार निर्वाण प्राप्त गर्न बुध्द नै भैसकेको हुनुपर्दैन। बुध्दको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। त्यही निर्वाण प्राप्त ब्यक्ति बुध्द बन्दछ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरूलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा आफ्नो साधनाद्वारा कुनै समयमा बुध्दत्व प्राप्त गर्नेछन्।
त्रिपिटकमा दुई प्रकारका बुध्दको वर्णन गरिएको छ। सम्यकसम्बुध्द र प्रत्येकबुध्द।
१. सम्यकसम्बुध्दहरूले आफूले बुध्दत्व प्राप्त गरेको कुरा अरुलाई भन्छन र बुध्दत्वको बारेमा अरुलाई सिकाउँछन। यस्ता बुध्दले अरुलाई धर्मोपदेशनाद्वारा जागृत गर्छन र लोप भएको धर्मलाई पुनर्जीवन दिन्छन। ऐतिहासिक बुध्द, सिदार्थ गौतम, सम्यकसम्बुध्द हुन।
२. प्रत्येकबुध्द वा शान्त बुध्द सम्यकसम्बुध्द जस्तै निर्वाण प्राप्त गर्छन तर धर्मोपदेशना गर्दैनन्। धर्मको आध्यात्मिक पक्षमा यी बुध्द सम्यकसम्बुध्द भन्दा दोस्रो रहन्छन्। यस्ता बुद्धको जन्म बुध्द शासन नभएको समयमा मात्र हुन्छ। यस्ता बुध्दले अभिसमाचारिकसिक्खाको बारेमा अरुलाई उपदेश दिन्छन्। कुनै ग्रन्थहरूमा भने प्रत्येकबुध्दलाई आफ्नै प्रयासले धर्म बुझेका तर धर्मको सर्वज्ञता प्राप्त नगरेका वा धर्मको फल पूर्ण रूपले नपाएका भनेर वर्णन गरिएको छ। [१]
सम्यकबुध्दका चेलाहरूलाई श्रावक वा अर्हत भनिन्छ। यी शब्दहरुका अर्थहरूमा केही मात्रामा भिन्नता छ। अनुबुध्द भन्ने शब्द बिरलै प्रयोग हुन्छ। यो शब्द बुध्दले खुद्दकपाठमा प्रयोग गरेका छन। सो ग्रन्थमा बुध्दको निर्देशन पाएपछि बुध्द भएकालाई अनुबुध्द भनेका छन्। जागृत भएका चेलाहरूले दुबै प्रकारका बुध्द झैं निर्वाण र परिनिर्वाण प्राप्त गर्छन्। यसरी निर्वाण र परिनिर्वाण प्राप्त गर्ने चेलाहरूलाई अर्हत भनिन्छ।
१२औं शताब्दीको एक थेरवादी टीका अनुसार सावकबुध्द (श्रावकबुध्द) भन्ने शब्द निर्वाण प्राप्त गरेको चेलालाई जनाउन प्रयोग गरिएको छ। यो ग्रन्थ अनुसार बुध्द ३ प्रकारका हुन्छन्। तर, यो परिभाषा प्रयोग गर्दा आफैले धर्म प्राप्ति गरेको बुध्दको परिभाषा नरहने हुन जान्छ। मूलप्रवाह थेरवाद र महायान ग्रन्थहरूले यस प्रकारका बुध्दलाई मानेका छैनन्।
बुध्दका दश गुणलाई त्रिपिटक र महायानसूत्रमा लिपिबध्द गरिएका छन्-
सबै बुध्द संघका अनुसार बुध्दत्त्व प्राप्त गर्ने व्यक्ति पूर्ण रूपमा राग, द्वेष, अविद्या रहित र सम्सार मुक्त हुन्छन्। बुध्द पूर्ण रूपमा जागृत र प्रज्ञायुक्त र दुख मुक्त हुन्छन।
बुध्द धर्मका विभिन्न संघले बुध्दत्त्वको प्रकृतिको बारेमा विभिन्न धारणा राख्दछन्।
त्रिपिटक अनुसार बुध्द मानव हुन् र उनीसंग आलौकिक गुण थिए(केवत्त सुत्त)। साधारण व्यक्तिका जस्तै बुध्दको शरीर र मन(mind) परिवर्तन भइरहन्छ। तर बुध्द धर्म सिद्धान्त यी परिवर्तन संगै परिवर्तन भएनन्। यो धारणा थेरवाद र प्राचीन बौध्द संघहरूमा व्याप्त छ।
महायानवादी केही संघहरूमा बुध्दत्त्व प्राप्ति पछि प्राणी मानव भन्दा माथि उठेर सनातन भएको विश्वास गरिन्छ। धर्मकाय भनिने यो अवस्थामा अनगिन्ती गुणयुक्त हुन्छन्। महापरिनिर्वाण सूत्र अनुसार बुध्दले "Nirvana is stated to be eternally abiding. The Tathagata [Buddha] is also thus, eternally abiding, without change." भनेको आधारमा यी चिन्तनहरूको विकास भएको हो। यो चिन्तनलाई सद्धर्मपुण्डरीकसूत्र र तथागतगर्भमा परिमार्जित गरिएको छ।
बुध्दलाई विभिन्न प्रकारका मूर्ति र चित्रमा चित्रित गरिएको पाइन्छ। साधारण रूपमा बुध्दलाई तीन आसनमा चित्रित गरिन्छ:
बुध्दको मूर्तिमा बुध्द जनाउने केही चिन्ह राखिएका हुन्छन्, जस्तै:
त्रिपिटकमा बुध्दका ३२ भौतिक गुणको वर्णन गरिएको छ।
बुध्दको आसन र मुद्राले विभिन्न अर्थ व्यक्त गर्दछ। यस्ता अर्थ क्षेत्रीय रूपमा भिन्न पनि हुने गर्दछ। जस्तै वज्र मुद्रा जापान र कोरियामा प्रसिद्ध छ भने भारतमा बिरलै पाइन्छ। बुध्दका उभिएका मूर्तिहरूमा वरदा (वरदान दिने) र अभया (भयरहित) मुद्रा प्रसिद्ध छन्।
This article uses material from the Wikipedia नेपाली article बुद्ध, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.