पुष्पा बस्नेत

पुष्पा बस्नेत नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र (ECDC) र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापक/अध्यक्ष हुन। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ। सिएनएन हिरो अवार्ड २०१२का लागि उनको नाम मनोनयनमा परेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उनको कामको प्रचार प्रसार गरेका हुन। जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत २०१२का लागि सिएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार ३ डिसेम्बर २०१२ (२०६९ मंसिर १८)का दिन सिएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सिएनएन हिरो घोषणा गरेको हो। सन २०१६ मा उनी 'सिएनएन सुपर हिरो'घोसित भईन। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए।त्यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

पुष्पा बस्नेत
पुष्पा बस्नेत
जन्मडिल्लिबजार, काठमाडौँ
नागरिकतानेपाली
पेशासमाजसेवी, उद्यमी.
धर्महिन्दू
पुरस्कारसिएनएन हिरो २०१२
वेबसाइटwww.ecdcnepal.org
पुष्पा बस्नेत
बुढानिलकण्ठमा रहेको पुतली घर
पुष्पा बस्नेत
पुतली घरमा पुष्पा बस्नेत

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोको मनोनयनमा परेकी थिईन्। कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षा दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो । केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएका छन् । सिएनएन हिरो का लागि आफुले ईच्छाएको मनोनीत व्यक्तिलाई मत दिने व्यवस्था गरिएको थियो।

पुष्पा बस्नेतको जीवन

कुनै दिन ७ हजार रुपैंयाँ कोठाभाडा तिर्न नसक्दा अब अगाडि केही गर्न सकिँदैन भनेर निराश भएकी पुष्पा बस्नेत सँग आज १५ करोडभन्दा बढीको सम्पत्ति छ प्रारम्भिक बालविकास केन्द्रका नाममा । एसएलसी फेल भएपछि स्वयं सेवाका लागि बालमन्दिर पुगेकी पुष्पामा त्यही समयमा आफू हुनुको अर्थ र महत्त्व बोध भयो । मुलुकबाट लाखौं युवा बिदेसिइरहेको अवस्थामा पुष्पाले सन् २००५ मा अन्य ६ जना साथीसँग मिलेर ४ जना बालबालिकाबाट शिशु स्याहार केन्द्रको सुरुवात गरिन् जसमा विशुद्ध सेवाभावका साथ जेलभित्रका बालबालिकालाई आश्रय दिइयो । इलिट्स स्कुल लामाटारबाट एसएलसी तथा जेभियर एकेडेमीबाट प्लस टु पुष्पाले सेन्ट जेभियर्सबाट स्नातक र के.युबाट पोष्ट ग्रयाज्युएटसम्मको अध्ययन पुरा गरेकी छिन् । व्यापारिक पृष्ठभूमिका पूर्णबहादुर र सरिता बस्नेतका ३ सन्तानमध्येकी पुष्पाका एक दाइ र एक बहिनी छन् । हालसम्म सयभन्दा बढी सन्तानको पालनपोषण गरी शिक्षादीक्षा दिलाइसकेकी यी कुमारी आमाको बटरफ्लाई होममा हाल ३९ जना बालबालिका छन् । शिक्षा, स्वास्थ्य, लालनपालन, सीप विकासजस्ता सम्पूर्ण कार्य संस्थामार्फत नै हुन्छन् । ४५ दिनदेखि २१ वर्षसम्मका सन्तानलाई न्यानो ममता दिएर तिनको उज्ज्वल भविष्य कोर्न लागिपरेकी बस्नेत गुणस्तरीयतामा विश्वास गर्छिन् । पुष्पाले गृहमा रहेका हरेक बालबालिकालाई गुणस्तरीय जीवन बिताउन सक्षम बनाउने शिक्षा एवं कला हस्तान्तरण गर्छिन् । यो गृहका बालबालिकाहरू काठमाडौँ विश्वविद्यालयका साथै राम्रा विद्यालयहरूमा अध्ययनरत छन् भने यही भित्रै तेक्वान्दो, चर्या–डान्स, क्लासिकल गितार, योग, आर्ट थेरापी आदि सिकाइन्छ । प्लस टु गरेपछि १ लाख, स्नातक सिध्याएपछि २ लाख तथा स्नातकोत्तर सिध्याएपछि अर्को थप २ लाख गरी जम्मा ५ लाख रुपैंयाँ संस्थाले नै हरेक बालबालिकाको खातामा राखिदिन्छ । बस्नेत अब गल्र्स तथा ब्वाइज होस्टेल निर्माण गर्दैछिन् । त्यसमा युवा–युवतीका लागि छुट्टाछुट्टै आवास हुनेछ । यो उमेरमै यति साहसिक र अपत्यारिलो काम गर्ने पुष्पा जेललाई बालमैत्री बनाउने अभियानमा समेत सक्रिय छिन् । त्यसअन्तर्गत उनले जेलभित्र रहेका बालबालिकाहरूलाई जाउलो सामग्री (३ माना गेडागुडी र ३ माना चामल मिसाइएको प्याकेट तथा बटरफ्लाई बक्स (जसभित्र खेलौना, पाठ्यसामग्री हुन्छन्) उपलब्ध गराउँदै आएकी छिन् । यो कार्यक्रम नुवाकोट, गोरखा, धादिङ,इलाम,पाँचथर आदि जिल्लास्थित जेलमा प्रारम्भ भैसकेको छ । हरेक बालबालिकाको सपना पूरा गर्न चाहन्छु–पुष्पा भन्छिन्–म धेरै बालबालिका जम्मा गर्ने भन्दा पनि भएकालाई राम्रो जीवन बिताउन सक्ने सक्षम बनाउन चाहन्छु । सन् २०१२ मा सिएनएन हिरो अवार्ड प्राप्त गरेपछि संसारभर उनको कामको प्रशंसा भयो । लगत्तै उनले राष्ट्रपतिको हातबाट गोरखा दक्षिणबाहु समेत प्राप्त गरेकी थिइन् ।

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल

🔥 Trending searches on Wiki नेपाली:

हेपाटाइटिस बीआगन्तुकच्याटजिपिटीभूगोलबागमती प्रदेश सभाइमेलनमस्तेनेपाली राष्ट्रिय क्रिकेट टोलीपरिवर्तनीय लागतसंयुक्त राज्य अमेरिकानयाँ पत्रिका दैनिकइजरायल–हमास युद्ध, सन् २०२३नेपालमा महिला अधिकारस्नातक तहक्षेत्रप्रताप अधिकारीरसायन शास्त्रसन्दुक रुइतयुट्युबधनुषा जिल्लारवि लामिछानेअर्थ मन्त्रालय (नेपाल)जयपृथ्वीबहादुर सिंहकोहलपुर नगरपालिकानेपालमा भूकम्पको इतिहासमुलुकी ऐनपासाङ ल्हामु शेर्पानेपाल राष्ट्रिय विकास परिषदतत्समनगर सभास्वास्थ्यनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थापारिजात (साहित्यकार)देशचतराधामकाँक्रे विहारह्रस्व दीर्घ नियमभरतपुर महानगरपालिकारौतहट जिल्लागणतन्त्रनुवाकोट जिल्लानेपालका प्रमुख नदीहरूको सूचीट्रेड युनियनझापा जिल्लाइन्जिनियरिङकोशी प्रदेशमानव विकास अर्थशास्त्रद्वापर युगसिंहदरबारमहासागरवीरेन्द्र वीरविक्रम शाहनेपालको एकीकरणभारतीय संविधानसंयुक्त राष्ट्ररारातालमगर जातिनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ उपत्यकालियोनेल मेसीसिन्जा उपत्यकासीतालोकतन्त्रहरिवन नगरपालिकातिहारभण्डारखाल पर्वसामुदायिक वनकाभ्रेपलान्चोक जिल्लानेपाल ए क्रिकेट टिमदाङ जिल्लाकृष्ण जन्माष्टमीसौर्यमण्डललखन थापा मगरहमासकर्मचारी सञ्चय कोषकुमाल जातिधरहरानेपाली व्याकरण🡆 More