नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४

नवौँ राष्ट्रपति रनिङ शिल्ड २०७४ जुन राष्ट्रपति रनिङ शिल्डको नवौँ संस्करण हो। डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले ९ औँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुदको उपाधि २०७४ असार २४ शनिबार जितेको थियो।

नवौँ राष्ट्रपति रनिङ शिल्ड
आयोजक सहरकाठमाडौ
राष्ट्रनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ नेपाल
सहभागी खेलाडी संख्या७१० जना
प्रतियोगिताहरू८ खेलहरू
उद्घाटन समारोह२२ असार २०७४
समापन समारोह२४ असार २०७४
आधिकारिक उद्घाटन गर्ने व्यक्तितत्कालीन राष्ट्रपति
विद्या देवी भण्डारी
मुख्य आयोजना स्थलदशरथ रंगशाला

जम्मा ८ खेलहरू सहभागी गरिएको उक्त विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको थियो।

सहभागी टिमहरू

यस नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाच विकास क्षेत्रका विद्यालय स्तरीय विद्यार्थीहरूको सहभागीता रहेको थियो।

खेलहरू

    यस प्रतियोगितामा सहभागी जम्मा ८ खेलहरू

  • भलिबल
  • एथलेटिक्स
  • कबड्डी
  • तेक्वान्दो

  • कराँते
  • उसु
  • फुटबल
  • क्रिकेट

अंक तालिका

स्थान टिम एथ्लेटिक्स कबड्डी भलिबल जम्मा प्राप्त अंक
नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४  मध्यमाञ्च १६७ ५६ ७० २९३
नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४  पश्चिमाञ्चल १३८ ५६ ७० २६४
नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४  मध्य-पश्चिमाञ्चल १७३ १४ २८ २१५
नोट:- कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक भने टिम च्याम्पियनमा गणना गरिँदैन। 

पुरस्कार राशि

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रत्येक खेल विवरण

नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको सम्पुर्ण खेल विवरणहरू छोटकरीमा

एथलेटिक्स

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। निर्धारित दूरी ५० दशमलव २० सेकेन्डमा पूरा गर्दै उनले २०५८ सालमा भएको वीरेन्द्र रनिङ शिल्डमा कृष्ण महतोले बनाएको ५२ दशमलव ०८ सेकेण्डको कीर्तिमान तोडेका हुन्। २०६५ सालअघि राष्ट्रपति रनिङ शिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो। मध्यमाञ्चलका भुवन महतो दोस्रो र पश्चिमाञ्चलका सन्दीप चौधरी तेस्रो भएका थिए।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी अनीता भुल पहिलो भएमि थिइन्। अनीताले १ मिनेट ०७ दशमलव २५ सेकेण्डमा दौड पूरा गरिन्। पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोस्रो र मध्यमाञ्चलकी काजल विष्ट तेस्रो बनेकि थिइन्। छात्र त्रिपलतर्फ मध्यमाञ्चलका भुवन महतो १३ दशमलव २३ मिटर उफ्रँदै शीर्ष स्थानमा रहे भने मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो तथा सुदूरपश्चिमाञ्चलका नीरकुमार रानाले तस्रो स्थान हात पारेका थिए। त्यसै स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितेकि थिइन्। विपनाले १०.५६ मिटर जम्प गरेकि थिइन्। सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जितेकि थिइन्।

छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारू पहिलो भइन्। सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा जयरानीले २७.४४ सेकेण्ड समय निलिन्। १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोस्रो स्थानमा चित्त बुझाइन् भने पूर्वाञ्चलकी नेहा चौधरी तेस्रोमा सीमित भइन्।

भलिबल

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेको थियो। राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अङ्क जोड्यो। ८ अंकसाथ मध्यमाञ्चल दोस्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेस्रो बने। छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अङ्क बटुल्यो। मध्यमाञ्चलले पनि कुनै खेल गुमाएन। ९ अङ्क जोडेको पूर्वाञ्चल दोस्रो भयो। ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेस्रो स्थान चित्त बुझायो।

फुटबल

फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले उपाधि जित्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्यो। छात्राको उपाधि भिडन्तमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ गोलअन्तरले हरायो।

कबड्डी

कीर्तिपुरमा भएको कबड्डीको राउन्ड रोविन लिगमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले शतप्रतिशत जित निकालेर क्रमशः छात्र र छात्रामा च्याम्पियन बने। दुवैले समान १२–१२ अङ्क जोडे।

क्रिकेट

कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८ विकेटले पराजित गरेर च्याम्पियन बन्यो। लिग कम नकआउट आधारमा भएको क्रिकेटमा छात्र टोलीले मात्र प्रतिस्पर्धा गरेको थियो।

कीर्तिमानधारी पुरस्कृत

समापनका अवसरमा गत ८ औँ संस्करणका कीर्तिमानधारीलाई नगदद्वारा पुरस्कृत गरियो। मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय र ३ हजार मिटर दौड, मध्यपश्चिमाञ्चलकी मन्जु रावतले छात्रा १ हजार ५ सय मिटर दौड, मध्यपश्चिमाञ्चलकै तिलक विकले छात्र सटपुट तथा पश्चिमाञ्चलकी विपना परियारले छात्र ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए। दुई कीर्तिमानका लागि १० हजारका दरले अजित र विपनाले २० हजार रुपियाँ प्राप्त गर्दा बाँकीले जनही १० हजार नगद पाए।

नारा

प्रतियोगितामा निर्वाचन क्षेत्र र जिल्ला हुँदै क्षेत्रीय स्तरमा छनोट भएका पाँच विकास क्षेत्रका विद्यार्थीहरु सहभागी भएका थिए।भने यश प्रतियोगिताको मुल नारा “स्वास्थ्यका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने थियो ।

सन्दर्भ सामग्री

  • /https//:www.newsognepal.com/

यो पनि हेर्नुहोस्

स्रोत

Tags:

नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ सहभागी टिमहरूनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ खेलहरूनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ अंक तालिकानवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ पुरस्कार राशिनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ प्रत्येक खेल विवरणनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ नारानवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ सन्दर्भ सामग्रीनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ यो पनि हेर्नुहोस्नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४ स्रोतनवौं राष्ट्रपति रनिङ शिल्ड २०७४राष्ट्रपति रनिङ शिल्ड

🔥 Trending searches on Wiki नेपाली:

एसियालेखा प्रणालीमारुनी नाचनेपालको प्रधानन्यायाधीशइस्वी सम्वत्पोखरा उपत्यकाहलेसी महादेवचाडपर्वचापदलितथाहा नगरपालिकाउपमन्यु गोत्रनेपालमा पाइने चराहरूको सूचीनेपालका प्रदेशहरूसंयुक्त राज्य अमेरिकानगरपालिकाडिजिटल साक्षरतासार्क शिखर सम्मेलनको सूचीपञ्चायती व्यवस्थालिच्छवि कालश्रीराम अवतारनर्वेघोडाविवाहका प्रकारहरूरामसार क्षेत्रबालश्रमएन्टोनियो गुटेरेसनेपालको भूगोलचैते दसैँघोराही उपमहानगरपालिकानेपाल अङ्ग्रेज युद्धविश्वव्यापीकरणडाँफेमहात्मा गान्धीकाजी भारदार परिवारपाल्पा जिल्लाभण्डारखाल पर्वभाषिकाविक्रम सम्वत्भक्ति थापानेपालका झरनाहरूको सूचीपशुपतिनाथ मन्दिरप्रकाशलोकबाजाभरतपुर महानगरपालिकाफिफाआलुरामेछाप जिल्लालिम्बु जातिदिगो विकासमोन्स प्यूबिससल्यान जिल्लाभलिबलमकालु-बरूण राष्ट्रिय निकुञ्जअगमसिंह गिरीनेपालका दलित वर्गमा पर्ने थरहरूभिटोजिल्ला समन्वय समितिचराबाल्यावस्थामारिया क्युरीशार्दूलविक्रीडित छन्दभोजपुर जिल्ला, नेपाल४२ सालको पर्वजैन धर्मप्रदेश सभा (नेपाल)सवारी दुर्घटनानेपाल एकिकरण अभियानका लडाँइहरूसङ्गठननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दाङ जिल्लाशीतयुद्धश्राद्धनेपाल स्काउटनेपालका वनस्पतिहरू🡆 More