वर्डप्रेस

वर्डप्रेस एउटा ब्लग सफ्टवेयर हो । वर्डप्रेस प्राविधिक रूपमा सर्वश्रेष्ठ ब्लगिङ प्लेटफर्म हो । यो PHP मा लेखिएको छ र यसले डाटाबेसको लागि MySQL को प्रयोग गर्दछ ।

वर्डप्रेस एउटा मुफ्त अर्थात मुफ्त स्रोत (Open Source) सफ्टवेयर हो जुन GNU Public License|लाईसेन्स अन्तरगत बनाईएको छ । यस सफ्टवेयरलाई वर्डप्रेस को आधिकारीक वेबसाईटबाट डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरीसकेपछि यसलाई आफ्नो वेबसर्वरमा स्थापित गर्नु पर्दछ । वर्डप्रेसको नयाँ संस्करण ४.०.१ हो जुन २० नोवेम्बर २०१४ मा रिलीज भएको थियो ।

विशेषाताहरू

  • प्लगइन सुविधा - जसको प्रयोगबाट वर्डप्रेसमा नयाँ प्लगइन इंस्टल गरेर थुप्रै सुवधिहरू जोड्न सकिन्छ ।
  • सर्च इंजनका लागि उपयुक्त पर्मालिंक संरचना (पोस्ट स्लग सुविधा) ।
  • श्रेणीहरूको उन्नत सुबिधा - एक श्रेणी भित्र धेरै श्रेणीहरू तथा एक लेखको लागि एकभन्दा बढी श्रेणीहरू बनाउन सकिन्छ ।
  • स्टैटिक पेजहरूको सुविधा ।
  • एक भन्दा बढी ब्लगका लेखक राख्न सकिन्छ ।

इतिहास

वर्डप्रेस b२/cafelog को आधिकारिक नयाँ संस्करण हो जसलाई Michel Valdrighi ले विकसित गरेका थिए । उनी वर्डप्रैस को विकास मा पनि योगदान दिईरहेका छन् । वर्डप्रेस यसको आधिकारिक नयाँ संस्करण हो र यसमा आधारित एक अरू प्रोजैक्ट b२evolution विकासको चरणमा छ ।

वर्डप्रेसको नामकरण यसका मुख्य डैवलपर Matt Mullenweg का मित्र Christine Selleck द्वारा गरीएको थियो । वर्डप्रेस सबभन्दा पहिले सन् २००३ मा Matt Mullenweg र Mike Little को संयुक्त प्रयासबाट b२ को fork को रूपमा आएको हो ।

सन् २००४ मा वर्डप्रेस को प्रतिद्वन्द्वी मूवेबल टाइप द्वारा आफ्नो लाईसैंस प्रणालीमा फेरबदल गर्नाले यसका धेरै प्रयोगकर्ताहरूले वर्डप्रेसको उपयोग शुरु गरे । यसले गर्दा वर्डप्रेसको लोकप्रियता बढ्दै गयो ।

इंस्टलेशन

वर्डप्रेस इंसटल गर्नको लागि सबभन्दा पहिले वर्डप्रेसको आधिकारीक वेबसाईटबाट डाउनलोड गर्नुहोस् ।

डाउनलोड गर्नका लागि यहाँ जानुहोस्:

वर्डप्रेसलाई कम्प्युटरमा डाउनलोड गरिसकेपछि यसलाई आफ्नो वेबसर्भरमा स्थापित गर्नु पर्दछ । अर्थात यसका लागि तपाईले होस्टिङ सेवाप्रदायकहरूबाट वेवस्पेस तथा डोमेन नेम खरिद गर्नु पर्दछ । धेरै साईटहरूले वेवस्पेसको साथमा डोमेन नेम मुफ्तमा दिन्छन् ।

वेवस्पेस खरिद गरिसकेपछि वर्डप्रेसलाई त्यसमा अपलोड गर्नु पर्ने हुन्छ । वर्डप्रेसला ईवेवसर्भरमा इंस्टल गर्न सहयोगका लागि यहाँ जानुहोस् ।

आजभोली धेरै वैव होस्टिङ सेवा प्रदायकहरूले एक क्लिकमा इंस्टल तथा अपग्रेड गर्ने सुबिधा दिएका हुन्छन् । नयाँ प्रयोगकर्ताहरूका लागि यो एउटा राम्रो विकल्प हो । इंस्टाल गरिसकेपछि आफुलाई चाहिए जस्ता थीम्स तथा प्लग‍इन आदि अपलोड गर्ने सकिन्छ जुन इंटरनेटमा सयैंको संख्यामा मुफ्तमा डाउनलोडका लागि उपलब्ध हुन्छन् ।

सन्दर्भ श्रोत

यो पनि हेर्नुहोस्

Tags:

वर्डप्रेस विशेषाताहरूवर्डप्रेस इतिहासवर्डप्रेस इंस्टलेशनवर्डप्रेस सन्दर्भ श्रोतवर्डप्रेस यो पनि हेर्नुहोस्वर्डप्रेस

🔥 Trending searches on Wiki नेपाली:

श्रीमद्भगवद गीताकेकी अधिकारीइसाई धर्मनेवारी भाषालैङ्गिक समानतास्थानीय तह निर्वाचन, २०७९दाइजोनेपालका राजाहरूको सूचीतारा तालजिल्ला मालपोत कार्यालयच्याटजिपिटीधातुब्वाँसोउखान-टुक्काअनुसन्धानवैदेशिक रोजगारबुटवल उपमहानगरपालिकामहाभारतशुक्लाफाँट राष्ट्रिय निकुञ्जविद्युतीय अपराधनेपाल सशस्त्र प्रहरी बलमनमोहन अधिकारीकोशी प्रदेशनेपालको भूगोलढुङ्गे युगपारिस्थितिक प्रणालीनेपालमा बोलिने भाषाहरूभारोपेली भाषा परिवारहुलाक सेवा विभाग, नेपालखस जातिसगरमाथा राष्ट्रिय निकुञ्जक्रोकस सिटी हलमा आक्रमणहात्तीपाइले रोगजीवनीनगरपालिकारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोओखलढुङ्गा जिल्लारोकायानेपालमा मौलिक हक र कर्तव्यआम निर्वाचन २०१५चार्वाक दर्शनदाहालतापक्रमनेपाली परम्परागत नापका इकाईनेपालको पहिलो संविधान सभाखेडा जिल्लाइन्टरनेटगाईमेलम्ची नगरपालिकावाच्य (व्याकरण)अङ्ग्रेजी भाषाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)शुक्रग्रहनेपालका बैङ्कहरूको सूचीभीमबहादुर रावलनेपालको प्रमाणिक समयलैङ्गिक विभेदमहावीर पुनध्रुवचन्द्र गौतमकृषि विकास बैंकलुम्बिनी प्रदेशविश्व सम्पदा क्षेत्रअर्थशास्त्रनेपालका जातिहरूकान्तिपुर दैनिकनेपाली शब्दकोशसुगौली सन्धियुरोपमहोत्तरी जिल्लारस (काव्य शास्त्र)नेपालका स्थानीय तहहरूरामेछाप जिल्लाभूगोलमगर भाषाभद्रपुर नगरपालिकामङ्गल ग्रह🡆 More