मानव आँखा

मानिसको आँखाले बहुआयामिक, चलायमान तथा सामान्यतया पर्याप्त उज्यालो वा सूर्यको प्रकासमा रङ्गिन दृष्य प्राप्त गर्न सहयोग गर्दछ। आँखाको रेटिनामा भएका रड तथा कोन कोषहरूले मानिसलाई प्रकाशको अनुभुति गराउनुका साथै रङ्ग तथा दृष्यको गहिराइमा रहेको भिन्नताको बारेमा चेतना प्रदान गर्दछन्। मानिसको आँखाले करीब एक करोड रङ्गहरू पहिचान गर्न र प्रकासको एउटा फोटोनलाई (एक क्वान्टम प्रकाश) महशुस गर्न सक्ने विस्वास गरिन्छ। अन्य स्तनधारी जनावरहरूका आँखाको रेटिनामा जस्तै मानव आँखामा पनि प्रकाश संवेदनशील तथा दृष्य निर्माण नगर्ने ग्याङ्लियन कोषहरूले प्रकाश ग्रहण गर्छन्। यस्ता ग्याङ्लियन कोषहरूले आँखाको नानीको आकार संयोजन गर्ने, मेलाटोनिन नामको हर्मोनको नियमितता तथा नियन्त्रण गर्ने र शरीरमा समयको महशुस गराउने जस्ता काम गर्दछन्।

मानिसको आँखा
मानव आँखा
दायातिरको मानव आँखामा देखिएको ससाना रक्तनली सहितको सेतो स्क्लेरा, हरियो आइरिस, र कालो नानी.
मानव आँखा
१. भिटेरस बडी २. ओसा सिराटा ३. सिलियरी मांसपेसी ४. सिलियरी जोन्युल ५. स्लेम्स क्यानल ६. नानी ७. गेडीको अगाडिको भाग ८. कोर्निया ९. आइरिस १०. लेन्स कर्टेक्स ११. लेन्स न्युक्लिअस १२. सिलियरी प्रोसेस १३. कन्जन्टिभा १४. [[]] १५. [[]] १६. [[]] १७. [[]] १८. [[]] १९. ड्युरा म्याटर २०. [[]] २१. [[]] २२. अप्टिक नर्भ २३. [[]] २४. [[]] २५. म्याकुला २६. [[]] २७. स्क्लेरा २८. कोरोइड २९. रेक्टस मांसपेसी ३०. रेटिना
विबरण
प्रणालीदृष्य प्रणाली
पहिचान
ल्याटिनOculi Hominum
ग्रिकἀνθρώπινος ὀφθαλμός
चिकित्सा विषय शीर्षकहरूD005123
TAA01.1.00.007
A15.2.00.001
एनाटोमीको आधारभूत मोडेल54448
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

बनावट

आँखाको आकार पूर्ण रूपमा गोलो नभएर अघिल्तिर र पछिल्तिर दुई अलग-अलग भाग जोडिएर बनेको छ। अगाडिको भाग (एन्टेरियर सेग्मेन्ट) कोर्निया, आइरिस र लेन्स मिलेर बनेको हुन्छ। कोर्निया पारदर्सी र बक्राकारको हुन्छ जुन पछाडिको ठूलो भागसँग जोडिएको हुन्छ। पछिल्तिरको भाग (पोस्टेरियर सेग्मेन्ट) भिट्रिअस, रेटिना, कोरोइड र बाहिरी कडा सेतो खोलको रूपमा स्क्लेरा मिलेर बनेको हुन्छ। सामान्यतया कोर्नियाको ब्यास करीब ११.५ मिली मिटर (०.३ इन्च) र केन्द्र नजिकको मोटाइ आधा मिलिमिटर हुन्छ। पछिल्तिरको भागले आँखाको छ भागको पाँच अर्थात् ५/६ भाग ओगटेको हुन्छ। यसको ब्यास करीब २४ मिलिमिटर हुन्छ। कोर्निया र स्क्लेरालाई लिम्बस नामको भागले जोडेको हुन्छ। आइरिस रङ्गका कणहरूले बनेको बाटुलो आकारको भाग हो। यसले आँखाको नानीलाई वरिपरीबाट घेरेको हुन्छ। आँखाको नानी बाहिरबाट हेर्दा कालो रङ्गको देखिन्छ। आइरिसमा रहेका डाइलेटर (फैलाउने) र स्फिङ्क्टर (खुम्च्याउने) मांसपेसीहरूले आँखाको नानीको आकार घटबढ गराउने काम गर्दछन्। यसको आकारमा हुने घटबढले आँखामा प्रवेश गर्ने प्रकाशको मात्रालाई घटाउने वा बढाउने गर्दछ।

प्रकाश कोर्नियाबाट आँखामा प्रवेश गर्छ र क्रमश नानी तथा लेन्स हुँदै आँखाको भित्री भागमा पुग्ने गर्दछ। नजिकको दृष्य हेर्नको लागि सिलियरी मांसपेसीले लेन्सको आकार परिवर्तन गर्ने गर्दछ। प्रकाशका फोटोनहरू आँखाको रेटिनामा रहेका प्रकाश-संवेदनशील कोषहरूमा परेपछि विद्युतीय सङ्केतमा परिवर्तन हुन्छन्। यसरी बनेको संकेतलाई अप्टिक नर्भले मस्तिष्कमा पुर्याउँछ र मस्तिष्कले यसलाई दृष्यको रूपमा परिवर्तन गर्छ।

आकार

मानिसका सबै जनजातिमा आँखाको आकार समान हुने गर्दछ। वयस्कहरूको आँखाको आकारमा १ देखि २ मिलिमिटर मात्र फरक हुने गरेको पाइन्छ। सामान्यतया आँखाको ठाडो नाप तेर्सो नापभन्दा कम हुन्छ। ठाडो नाप करीब २४ मिलिमिटर हुन्छ। वयस्क आँखाको तेर्सो ब्यास (ट्रान्सभर्स) करीब २४.२ मिलिमिटर तथा ठाडो ब्यास (सजिटल) करीब २३.७ मिलिमिटर हुन्छ। मानिसको फरक लिङ्ग वा समान उमेर समूहको आँखाको नापबिच कुनै उल्लेखनीय अन्तर हुँदैन। आँखाको तेर्सो ब्यास र चौडाइबीच अन्तरसम्बन्ध (यी दुईको अनुपात समान हुन्छ) रहेको पाइन्छ। सामान्य वयस्क आँखाको अघिल्तिरदेखि पछिल्तिरको (एन्टेरियरदेखि पोस्टेरियर) ब्यास २४ मिलिमिटरको हुन्छ भने आयतन छ घनसेन्टिमिटर (०.४ घनइन्च) तथा तौल ७.५ ग्राम (०.२५ आउन्स) हुन्छ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

शिक्षण विधिचितवन राष्ट्रिय निकुञ्जनेपालका तालहरूको सूचीशिवविनोद चौधरीबाइसे राज्यहरूविप्रेषणमष्टो देवतावित्तीय विवरणहरूबीमाइटहरी उपमहानगरपालिकाबारा जिल्लारामप्रसाद ज्ञवालीइन्टरनेटगिरिजाप्रसाद कोइरालासर्पदैवज्ञराज न्यौपानेसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)इस्लाम धर्मराष्ट्रिय सभा निर्वाचन, २०८०ढोरपाटन शिकार आरक्षनेपालै नरहेमानव विकास अर्थशास्त्रमानव संसाधन व्यवस्थापनस्वरवर्ण र व्यञ्जनवर्णअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठननेपालको एकीकरणसर्बियानेवारी भाषासिन्धु घाटीको सभ्यताराष्ट्रिय पहिचानकाठमाडौँ उपत्यकाआवश्यकता शृङ्खला सिद्धान्तअवलोकनकरिश्मा मानन्धरभक्ति थापासहिद दिवसहलेसी महादेवझोला (चलचित्र)शुक्रराज शास्त्रीसंयुक्त अरब इमिरेट्सयौनशिखरिणी छन्दनेपालको उपराष्ट्रपतिरौतहट जिल्लानेपालका मल्ल राजाहरूको सूचीमहेन्द्र सिंह धोनीकुलदेवताबुटवल उपमहानगरपालिकासिस्नोफिफाधर्मो रक्षति रक्षितःवर्षा ऋतुडढेलोबौद्धिक सम्पत्तिमलेसियासार्की जातिनेपाल टेलिकमनेपालमा भ्रष्टाचारनेपाली विकिपिडियापरिवार नियोजनचराब्याडमिन्टनसमानुपातिक प्रतिनिधित्व प्रणालीनागरिक समाजआँकनेपालका मन्त्रिपरिषद्हरूनेपालको जनआन्दोलन २०४६धर्मभक्त माथेमावत्स गोत्रनेपालका उर्जा केन्द्रहरूको सूचीखड्कानेपाली राष्ट्रिय क्रिकेट टोलीरुद्राक्षनेपालका जिल्लाहरूनेपालमा धर्म🡆 More