बमबहादुर राणा

बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं.

१९०६ देखि१९०७ सम्म करिव १ वर्षसम्म नेपालको कार्यकारी प्रधानमन्त्री रहे।

श्री
बमबहादुर कुँवर राणा
बमबहादुर राणा
कुँवरको तस्बिर
प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं. १९१३ साउन १७ गते – वि.सं. १९१४ जेष्ठ ११ गते
एकाधिपतिसुरेन्द्र विक्रम शाह
पूर्वाधिकारीजंगबहादुर राणा
उतराधिकारीजंगबहादुर राणा
नेपालको प्रधान सेनापति
पूर्वाधिकारीजंगबहादुर राणा
उतराधिकारीकृष्णबहादुर राणा
व्यक्तिगत विवरण
जन्मवि.सं १८७५
मृत्युवि.सं. १९१४ जेष्ठ ११ गते
काठमाडौँ, नेपाल
नातादाजु जंगबहादुर राणा
मामा माथवरसिंह थापा
अभिभावकs
सैन्य सेवा
निष्ठाबमबहादुर राणा नेपाल
लडाई/युद्धहरूतेश्रो नेपाल-भोट युद्ध

वृत्ति

कुमारीचोक

जंगबहादुरले बमबहादुर कुँवरलाई कुमारी चोकको काजी बनाएका थिए।

कार्यवाहक प्रधानमन्त्री

जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए।

जंगबहादुरको हत्या योजना

जंगबहादुर बेलायत गएका बखतमा फर्केपछी हत्या गर्ने बद्री नरसिंह राणा र जयबहादुर राणाको योजनाको पोल उनले खोलेका थिए । जंगबहादुरको हत्या गरी उप्रेन्द्र बिक्रम शाह श्री ५ बन्ने, बमबहादुर प्रधानमन्त्री बन्ने र बद्रीनरसिंह कमान्डर इनचिफ बन्ने षडयन्त्र बनेको थियो।

तेश्रो नेपाल तिब्बत युद्ध

मुख्य लेख: अन्तिम नेपाल तिब्बत युद्ध

तेश्रो नेपाल तिब्बत युद्धमा बम बहादुर कुवंरले केरूङ अभियानको नेतृत्व २५७२८ सेनाका साथ गरेका थिए । जनरल बमबहादुर र कर्णेल पृथ्वीध्वज को ३ पल्टन, १२ तोपले केरुङ कब्जा गरेको थियो।

उनले मृत्युरहित विजयको गौरव प्राप्त गरेका थिए । उनले तिब्बती आक्रमण अभियानको सफलतापूर्वक साङ्गोपाङ्गो लगाएका थिए ।

प्रधानमन्त्री

वि.सं. १९१३ साउन १७ गतेका दिन जङ्गबहादुरले अकस्मात् प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर भाइ बमबहादुरलाई आफ्ना उत्तराधिकारी घोषणा गरे । जंगबहादुरले राजिनामा दिएर उनी प्रधानमन्त्री भएपनि मुलुकको अख्तियार, अधिकार र आदेश जंगबहादुरकै हातमा थियो ।

जनरल बमबहादुरलाई प्रधानमन्त्रीको कार्यभारको जिम्मेवारी दिइयो, जो उनले आफ्ना मृत्युपर्यन्त भोग गरे । हुन त बमबहादुरले यसअघि पनि विभिन्न समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्मालेका थिए, तर आफ्ना कुसल र सुयोग्य दाजुको सरसल्लाह बिना उनले झिँगो पनि मार्दैनथे र मार्न सक्तैनथे पनि ।

मृत्यु

वि.सं. १९१४ जेष्ठ ११ गते बमबहादुरको मृत्यु भयो । उनको मृत्यु धेरै कारणले गर्दा स्मरणीय छ । तीमध्ये केही  :—

  1. पहिलो, जङ्गबहादुरले गैरकानुनी घोषित गरेका हुँदा उनको मृत्युपश्चात् सती जाने कोही भएन ।
  2. दोस्रो, प्राकृतिक मृत्युवरण गर्नेमा उनी पहिलो प्रधानमन्त्री थिए । उनीभन्दा पहिलेका सबै सरकार प्रमुखको कुनै न कुनै दुघर्टना वा षडयन्त्रमा परेर मृत्यु भएको छ ।
  3. तेस्रो, बमबहादुरको अन्त्येष्टि क्रिया सकिएपछि जङ्गबहादुरले प्रधानमन्त्रीको कार्यभार ग्रहण गरे, जो उनले मृतक भाइलाई दिएका थिए ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बमबहादुर राणा वृत्तिबमबहादुर राणा मृत्युबमबहादुर राणा सन्दर्भ सामग्रीहरूबमबहादुर राणा बाह्य कडीहरूबमबहादुर राणाजङ्गबहादुर राणा

🔥 Trending searches on Wiki नेपाली:

अर्जुन कुमालनेपालका तालहरूको सूचीबागेश्वरी मन्दिर, नेपालगन्जआँकदिगो विकासतिलगङ्गा आँखा अस्पतालभूगोलकाठमाडौँ उपत्यकाअनुष्टुप छन्दसार्की जातिनेपालका अञ्चलहरूशिवमहाकाव्यवर्षा ऋतुहेमन्त ऋतुनेपालका सहिदहरूहनुमान जयन्तीभाषाखस ब्राह्मणग्रहउपमहानगरपालिकानेवार जातिसंयुक्त राष्ट्रराष्ट्रिय परीक्षा बोर्डसूचना प्रविधिनेपालगन्ज उपमहानगरपालिकाइस्ट इन्डिया कम्पनीमातृकाप्रसाद कोइरालानेपालका गाउँपालिकाहरूविदुर नगरपालिकापरिवर्तनीय लागतचन्द्र शमशेर जङ्गबहादुर राणापृथ्वीभुईँचालोहिमाली प्रदेश (नेपाल)मष्टो देवतानेपालको राजनीतिदलितमाओवादी जनयुद्धरारातालनेपालको सैन्य दर्जापरेवामदन भण्डारी राजमार्गलागु पदार्थखप्तड बाबाराजनीतिक दलसीताभक्तपुर जिल्लाविकसित देशचाडपर्वराजनीतिसन्दीप लामिछानेकीर्तिपुर नगरपालिकाबेरोजगारीविवाह संस्कारभूपि शेरचनप्रदेश सभा (नेपाल)बझाङ १ (निर्वाचन क्षेत्र)उखान-टुक्काधरहरा२०२२ फिफा विश्वकपबजारशास्त्रतराईसिङ्गोम्बा रसुवाभक्तपुर नगरपालिकापनौती नगरपालिकावैज्ञानिकजनमत सङ्ग्रहसुदूरपश्चिम प्रदेशखनिजएड्सनेपाल प्रजा परिषद्गतिधादिङ जिल्लाकार्ल मार्क्स🡆 More