न्यु डेभलपमेन्ट बैंक

न्यु डेभलपमेन्ट बैंक (एनडीबी; शाब्दिक अर्थः नयाँ विकास बैंक वा पुरानो नामः ब्रिक्स विकास बैंक) ब्रिक्स देशहरू (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका) द्वारा स्थापित बहुपक्षीय विकास बैंक हो। एनडीबी सम्बन्धी सम्झौता अनुसार, बैंकले ऋण, ग्यारेन्टी, इक्विटी सहभागिता र अन्य वित्तीय साधनहरू मार्फत सार्वजनिक वा निजी परियोजनाहरूलाई सहयोग गर्नेछ। यसबाहेक, एनडीबीले अन्तर्राष्ट्रिय संगठनहरू र अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गर्नेछ, र बैंकले सहयोग गर्ने परियोजनाहरूको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ।

बैंकको प्रारम्भिक अधिकृत पूँजी १०० अर्ब डलर रहेको छ जसलाई १० लाख शेयरमा विभाजित गरिएको छ जसमा प्रत्येक सेयर १००,००० डलर बराबरको मूल्य छ। एनडीबीको प्रारम्भिक सदस्यता पूँजी ५० अर्ब डलर थियो, जुन भुक्तानी गरिएको शेयर (१० अर्ब डलर) र कल गर्न सकिने शेयर (४० अर्ब डलर) मा विभाजित रहेको थियो। बैंकको प्रारम्भिक सदस्यता पूँजी संस्थापक सदस्यहरू (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) बीच समान रूपमा वितरण गरिएको थियो। एनडीबी सम्बन्धी सम्झौतामा प्रत्येक सदस्यलाई एक मत हुने र कुनै पनि सदस्यलाई कुनै पनि भिटो अधिकार नहुने उल्लेख छ।

बैंकको मुख्यालय चीनको शंघाईमा छ। एनडीबीको पहिलो क्षेत्रीय कार्यालय जोहान्सबर्ग, दक्षिण अफ्रिकामा छ। दोस्रो क्षेत्रीय कार्यालय सन् २०१९ मा ब्राजिलको साओ पाउलोमा स्थापना भएको थियो, त्यसपछि भारतको गिफ्ट सिटी र रुसको मस्कोमा स्थापना भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ब्रिक्स

🔥 Trending searches on Wiki नेपाली:

रामप्रसाद ज्ञवालीगायत्री मन्त्रयाक्खा जातिशाकुन्तल (महाकाव्य)वायु प्रदूषणमिथिला शर्माराई जातिव्यवस्थापनरस (काव्य शास्त्र)सुभद्रा अधिकारीयजुर्वेदज्योतिषनेपाल-भारत सम्बन्धरेखा थापापाँचथर जिल्लाकश्यप ऋषिहिमाली प्रदेश (नेपाल)नेपालमा घरेलु हिंसासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपाल नागरिक उड्डयन प्राधिकरणविश्वेश्वरप्रसाद कोइरालाकोशी प्रदेशरवि लामिछानेलियोनेल मेसीनेपालको संविधान २०७२नेपालका अञ्चलहरूकागजनेपाल लेखामान बोर्डकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)अन्तिम संस्कारलोकगीतस्वास्थ्यगण्डकी प्रदेशनेपालको निशान छापतथ्याङ्कयोनीसङ्गठनचिठीराउटे जातिकबड्डीउदयपुर जिल्लाबालश्रमकविताखससीताबाल विवाहनामकरण संस्कारभूगोलझलकमान गन्धर्वनागरिक उन्मुक्ति पार्टीशक्ति पृथकीकरणनेपालको चलचित्रको इतिहासलिच्छवि कालमहाभारतअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालच्याटजिपिटीयोगनेपालमा भएका सडकहरूको सूचीचेपाङ जातिछठपोखरा उपत्यकानेपालको राजनीतिभ्रष्टाचारसल्यान जिल्लाबोकारो जिल्लाकावासोती नगरपालिकानवौँ राष्ट्रिय खेलकुद २०७९नेपाली विकिपिडियासामाजिक विज्ञानगोलभेडासुगौली सन्धिकृष्णपञ्चायती व्यवस्थारोहितकुमार पौडेलनेपालका राष्ट्रिय विभूतिहरूनेपालको सर्वोच्च अदालतछालाबालकृष्ण सम🡆 More