नियम

पतन्जलिले योगदर्शन (२।४०–४५) मा अष्टांग योगको दोस्रो अंग नियमका बारेमा व्याख्या गरेका छन् । नियम पनि पाँच प्रकारका छन्, जस्तैः शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रणिधान । यी नियमहरु साधकका लागि विशेष व्यक्तिगत अनुशासनका रुपमा रहेका छन् जसले शरीर र मनलाई स्वच्छ बनाई व्यक्तित्व विकास गर्दै शान्ति र आनन्द पाउने कुराहरुबारे प्रशिक्षित गर्दछ ।

नियमः

पाँच प्रकारका नियम

(क) शौचः

नित्यकर्म (दिशापिसाब,स्नान, ब्रश–कुल्लादिबाट शरीर भित्रबाहिरको सफाइ आदि लगायत मन शुद्धि गर्ने उपायहरुबाट मनसमेत स्वच्छ राख्ने अभ्यास शौच अन्तर्गत पर्दछन् । शौचको नियम पालनाबाट बाह्यशुद्धिका साथै अरुप्रतिको आशक्ति पनि कम हुने, अन्तःकरणको शुद्धि, मनमा प्रशन्नता, चित्तमा एकाग्रता, इन्द्रियको वशिकरण तथा आत्मसाक्षात्कारको योग्यता पनि प्राप्त हुन्छ ।

(ख) सन्तोषः

आफुले उचित परिश्रम गरेपछि प्राप्त हुने फलप्रति सन्तुष्ट रहनु नै सन्तोष हो । सन्तोषभन्दा उत्तम सुख केही छैन ।

(ग) तपः

शरीर र मनलाई हानी नगरी धैर्यता र संयमकासाथ सार्थक जीवनको लक्ष्यप्राप्तिको लागि साधनारत रहनु तपका उदाहरणहरु हुन् । तपको साधनाबाट शरीर र इन्द्रियहरुमा निपूर्णता आउँछ ।

(घ) स्वाध्यायः

राम्रा विचार र ज्ञानगुनका कुराहरुमा अध्ययनशील बनाउनु, शास्त्राभ्यास, चिन्तन, मनन आदिबाट स्वसाधना गर्नु स्वाध्याय हुन् । यसबाट उच्च अध्यात्मलाभ मिल्दछ ।

(ङ) ईश्वरप्रणिधानः

आफुले जे–जस्ता उपलब्धीहरु प्राप्त गरेको छ ती सबैलाई ईश्वरप्रति समर्पण गर्नु, प्रेमको भाव उत्पन्न गरी जीवनलाई भक्तियोगको माध्यमबाट चरम आनन्दतिर उन्मुख गराउनुलाई नै ईश्वर प्राणिधान भनिन्छ । यसबाट समाधि सिद्धि प्राप्त हुन्छ ।

Tags:

नियम ःनियम

🔥 Trending searches on Wiki नेपाली:

राणा शासनअनुसन्धानशिशिर ऋतुसप्तरी जिल्लामोरङ जिल्लाभारतअर्थशास्त्रएडम स्मिथताप्लेजुङ जिल्लाअहमदाबाद जिल्लापुनर्जागरणप्रतिनिधि सभा निर्वाचन, २०७९युरोपइलाम २ (निर्वाचन क्षेत्र)एलन मस्कसङ्घीयतालखन थापा मगरमारुनी नाचश्रीलङ्कागणतन्त्र दिवस (नेपाल)भूगोलबालश्रमछन्दमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीनेपालको झन्डाउपेन्द्र यादवनेपालका राजाहरूको सूचीनेपालका सहरहरूको सूचीधादिङ जिल्लाप्युठान जिल्लाअर्थरवि लामिछानेसन्दीप लामिछानेनारायणगोपाल गुरूवाचार्यप्रविधिराजनीतिक दलपूर्वीय दर्शनमुख्य पृष्ठदिनेश अधिकारीकञ्चनजङ्घा हिमालप्रदेश सभा (नेपाल)कोत पर्वकीर्तिपुर नगरपालिकासार्वजनिक सेवा प्रवाहश्रीमद्भगवद गीताविकासशील देशनेपालको प्रशासनिक विभाजनअवलोकनपेलेसञ्चारस्याङ्जा जिल्लालोकतन्त्रनेपाली विकिपिडियाअन्तिम संस्कारसंयुक्त राज्य अमेरिकाविश्वका अग्ला हिमालहरूआविष्कारकहरूको सूचीस्वरवर्ण र व्यञ्जनवर्णनेपाल संस्कृत विश्वविद्यालयसूर्यलैङ्गिक समानताचाँगुनारायण मन्दिरकेकी अधिकारीपूँजीवादनयाँ पत्रिका दैनिकपारिस्थितिक प्रणालीनेपालका सहिदहरूस्तन सम्भोगबागमती प्रदेशमहजोडीसुनमहिला सशक्तिकरणश्रीमान् गम्भीरसंयुक्त राष्ट्र🡆 More