डुआ लिपा: ब्रिटिस गायिका-गीतकार

डुआ लिपा (/ˈduːə ˈliːpə/; अल्बानियाली उच्चारण: ; जन्म: सन् १९९५ अगस्ट २२) एक अङ्ग्रेजी गायिका, गीतकार तथा अभिनेत्री हुन्। कार्यकालको सुरुवातमा एक मोडलको रूपमा काम गरिसकेपछि, उनले सन् २०१५ मा वार्नर सङ्गीत समूहसँग हस्ताक्षर गरेकी थिइन् र सन् २०१७ मा उनले स्व-शीर्षक पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्। साङ्गीतिक सङ्गालो बेलायत एल्बम चार्टमा तेस्रो स्थानमा आउन सफल भएको थियो, जस साङ्गीतिक सङ्गालो अन्तर्गत नौ गीतहरू समावेश गरिएको थियो, जसका बि द वान र आइडिजिएफ नामक गीत बेलायती सङ्गीत तालिमको शीर्ष स्थानमा पर्न सफल भएको थियो, र उनको न्यु रुल्स नामक गीत पनि बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको थियो। सन् २०१८ मा, लिपाले ब्रिटिस महिला एकल कलाकार र सर्वश्रेष्ठ नयाँ कलाकारको लागि ब्रिट पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन्।

डुआ लिपा
Dua Lipa
डुआ लिपा: कार्यकाल, सन्दर्भ सामग्रीहरू, बाह्य कडीहरू
जन्म (1995-08-22) २२ अगस्ट १९९५ (उमेर २८)
वेस्टमिन्सटर, लन्डन, इङ्ल्यान्ड
पेशा
  • गायिका
  • गीतकार
  • मोडल
  • फेसन डिजाइनर
कार्यकालसन् २०१५–वर्तमान
साङ्गीतिक जीवन
विधा
  • पप
  • सिन्थ-पप
  • नृत्य-पप
  • सपना पप
वाद्ययन्त्रभोकल
लेबल
  • वार्नर
  • भर्टिगो
वेबसाइटdualipa.com

सन् २०१८ को अप्रिलमा सार्वजनिक गरिएको, "वान किस" नामक गीत, उनले क्याल्भिन ह्यार्रिससँगको सहकार्यमा सार्वजनिक गरेकी थिइन्, जुन बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा पर्न सफल भएको थियो, र सन् २०१८ मा महिला कलाकारको लागि सर्वाधिक लामो समयसम्म बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा रहन सफल भएको थियो। सन् २०१९ मा, यस गीतले वर्षको गीतको लागि ब्रिट पुरस्कार प्राप्त गरेको थियो। सन् २०१९ मा, उनले सर्वश्रेष्ठ नयाँ कलाकारको लागि ग्रामी पुरस्कार पनि प्राप्त गरेकी थिइन्, र सिल्क सिटीसँगको सहकार्यमा, उनको "इलेक्ट्रिसिटी" नामक गीतले सर्वश्रेष्ठ नृत्य रेकर्डिङको लागि ग्रामी पुरस्कार प्राप्त गरेको थियो। उनको स्व-शीर्षक साङ्गीतिक सङ्गालो अन्तर्गतका गीतहरू स्पोटिफाईमा सर्वाधिक बजाइएको गीतहरू मध्य पर्न सफल भएका थिए र उक्त गीतहरूले प्लाटिनम प्रमाणपत्र प्राप्त गरेका थिए। उनको दोस्रो साङ्गीतिक सङ्गालो, 'फ्युचर नोस्टाल्जिया', मार्च २०२० मा आलोचनात्मक प्रशंसकको साथ सार्वजनिक भएको थियो। यो उनको पहिलो बेलायत नम्बर-एक साङ्गीतिक सङ्गालो हो; यसको नेतृत्व एकल "डन्ट स्टार्ट नाउ" बेलायत एकल चार्ट र युएस 'बिलबोर्ड' हट १०० दुबैमा दोस्रो स्थानमा पुगेको थियो।

लिपाले दुई ग्रामी पुरस्कार, तीन ब्रिट पुरस्कार र दुई एमटिभी युरोप सङ्गीत पुरस्कार सहित विभिन्न पुरस्कार प्राप्त गरेकी थिइन्। उनी तीन 'बिलबोर्ड' सङ्गीत पुरस्कार, एक अमेरिकी सङ्गीत पुरस्कार, र दस एमटिभी भिडियो सङ्गीत पुरस्कारको लागि पनि मनोनयन भएकी थिइन्।

कार्यकाल

सन् २०१५–२०१८: कार्यकालको सुरुवात तथा "डुआ लिपा" साङ्गीतिक सङ्गालो

सन् २०१३ मा लिपाले बेन मौसन र एड मिलेट द्वारा निर्देशित ट्र्याप व्यवस्थापनसँगको आबद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनले एक बारमा व्यवस्थापकको रूपमा काम गरेकी थिइन्। त्यसपछि उनीहरूले उनको काम छोड्न र सङ्गीत रेकर्डिङ्मा तिर ध्यान दिनको लागि मासिक तलब प्रस्ताव गरेका थिए। सङ्गीत रेकर्डिङ संस्करण अन्तर्गत लिपाले "हटर देन हेल" नामक गीतक‍ रचना गरेकी थिइन् भने उनले त्यसपछि सन् २०१६ मा वार्नर सङ्गीत समूहसँगको आबद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१५ को अगष्टमा लिपाले "न्यु लभ" नामक उनको पहिलो आधिकारिक गीत सार्वजनिक गरेकी थिइन् जसलाई एमिल हेइनी र एन्ड्रयु वायटले निर्माण गरेका थिए। सन् २०१५ को अक्टोबरमा लिपाले "बि द वान" नामक दोस्रो गीत सार्वजनिक गरेकी थिइन् जुन गीतले युरोपका देशहरू अन्तर्गत बेल्जियम, पोल्यान्ड र स्लोभाकियामा शीर्ष स्थानमा पर्न सफल भएको थियो भने यस गीतले युरोपका अन्य देशहरूका आधिकारिक सङ्गीत तालिकामा पनि शीर्ष दस भित्र पर्न सफल भएको थियो। न्युजिल्यान्ड र अस्ट्रेलियामा यस गीत शीर्ष २० र शीर्ष ६ मा पर्न सफल भएको थियो। उनको पहिलो विश्व भ्रमण सन् २०१६ जनवरीमा सुरु भएको थियो।

डुआ लिपा: कार्यकाल, सन्दर्भ सामग्रीहरू, बाह्य कडीहरू 
सन् २०१६ मा लिपा

सन् २०१६ फेब्रुअरी १८ का दिन लिपाले उनको तेस्रो गीतको रूपमा "लास्ट डान्स" नामक गीत सार्वजनिक गरेकी थिइन् भने मे ६ का दिन उनले "हटर देन हेल" नामक गीत पनि सार्वजनिक गरेकी थिइन् जुन गीतले पछि सर्वाधिक सफलता प्राप्त गर्दै बेलायती सङ्गीत तालिकामा शीर्ष १५ भित्र समावेश हुन सफल भएको थियो। सन् २०१५ अगष्ट २६ का दिन उनको पाँचौ एकलको रूपमा "ब्लो योर माइन्ड" नामक गीत सार्वजनिक भएको थियो जुन बेलायती सङ्गीत तालिकामा शीर्ष ३० मा पर्न सफल भएको थियो जुन गीत अमेरिकी बेलायत हट १०० को सङ्गीत तालिकामा ७२औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो जुन लिपाको अमेरिकी हट १०० सङ्गीत तालिकामा समावेश उनको पहिलो गीत थियो। यस गीतले बिलबोर्ड नृत्य क्लब गीत नामक सङ्गीत तालिकाको २३औँ स्थानमा पर्न सफल भएको थियो भने यो गीत बिलबोर्ड मुख्यधारा टप ४० मा पनि समावेश भएको थियो। सन् २०१६ मा लिपाले सिन पलसँगको सहकार्यमा "नो लाई" नामक एक गीत सार्वजनिक गरेकी थिइन् जुन गीत बेलायती सङ्गीत तालिकाक‍ शीर्ष दसमा पर्न सफल भएको थियो। सन् २०१७ जनवरीमा लिपाले इबिबिए पब्लिक च्वाइस पुरस्कार प्राप्त गरेकी थिइन् भने उनले पछि मार्टिन ग्यारिक्ससँगको सहकार्यमा "स्केर टु बि लोन्ली" नामक गीत सार्वजनिक गरेकी थिइन् जुन बेलायती सङ्गीत तालिकाको शीर्ष १४ मा पर्न सफल भएको थियो।

सन् २०१७ जुन २ का दिन लिपाले "डुआ लिपा" नामक साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्। सन् २०१७ का लिपाको "न्यु रुल्स" नामक उनको छैटौँ गीत सार्वजनिक गरिएको थियो जुन बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा आउन सफल भएको थियो। उनको उक्त गीतले सर्वाधिक सफलता प्राप्त गरेको थिय‍ भने यस गीत दस देशका सङ्गीत तालिकाहरूमा शीर्ष दसमा पर्न सफल भएको थियो जसअन्तर्गत यो गीत अस्ट्रेलियामा दोस्रो स्थान, अमेरिकामा छैटौँ स्थानमा र क्यानडामा सात नम्बरमा पर्न सफल भएको थियो। त्यसको एक महिना पछि लिपाले जाकार्तामा आयोजित एक सङ्गीत पर्वमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। सन् २०१७ स्पोर्टिफाईमा सर्वाधिक बजाइएका गीतहरू मध्ये लिपाका गीतहरू समावेश भएको थियो। सन् २०१७ मा लिपाका "बि द वान", "न्यु रुल्स", "नो लाइज" र "ब्रिड्ज ओभर ट्रबल्ड वाटर" गीतहरू बेलायती सङ्गीत तालिकाको शीर्ष दस अन्तर्गत पर्न सफल भएका थिए। सन् २०१८ जनवरीमा लिपाले ब्रिट पुरस्कारको पाँच श्रेणीहरूमा मनोनीत भएकी थिइन् भने उनी उक्त वर्षको सर्वाधिक श्रेणीमा मनोनयनमा पर्न सफल कलाकारको शीर्ष स्थानमा रहेकी थिइन्।

लिपाले सन् २०१८ मा सार्वजनिक गरिएको फिफ्टी सेड्स अफ फ्रिड नामक एक चलचित्रमा लिपाले अमेरिकी सङ्गीतकार वेथनसँगक‍ सहकार्यमा "हाई" नामक गीत सार्वजनिक गरेकी थिइन्। सन् २०१८ मार्च देखि लिपाले उनको दोस्रो साङ्गीतिक सङ्गालोका लागि काम गर्न सुरु गरेकी थिइन्। सन् २०१८ अप्रिल ६ का दिन उनको लिपाको "वान किस" नामक गीत सार्वजनिक भएक‍ थियो जसलाई लिपाले क्याभिन हेरिसक‍ सहकार्यमा निर्माण गरेकी थिइन् भने यो गीत बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा आउन सफल भएको थियो। सन् २०१८ मा यो गीत त्यस वर्षको सर्वाधिक बिक्न सफल गीतहरू मध्य परेको थियो भने यो गीत लगातार ८ हप्तासम्म बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा रहेको थियो। सन् २०१८ मे २६ का दिन आयोजित युइएफए च्याम्पियन्स लिगको अन्तिम खेलमा लिपाले खेल हेर्न पुगेका दर्शकहरू माझ केही गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। सन् २०१८ मा लिपाले सिल्क सिटी, डिप्लो र मार्क रोनसन जस्ता कलाकारहरूसँग सहकार्य गरेकी थिइन् भने रोनसनले पछि उनीहरू द्वारा निर्माण गरिएको गीतको शीर्षक "इलेक्ट्रिसिटी" हुने जानकारी गराएका थिए। सेप्टेम्बरमा लिपाले सिङ्गापुरमा आयोजित ग्र्यान्ड प्रिक्समा पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।

सन् २०१९–हाल: फ्युचर नस्टाल्जिया

डुआ लिपा: कार्यकाल, सन्दर्भ सामग्रीहरू, बाह्य कडीहरू 
सन् २०१९ अमेरिकी पुरस्कारको समारोहमा लिपा

सन् २०१९ जनवरीमा लिपाले "स्वान सङ" नामक एक गीत सार्वजनिक गरेकी थिइन् जुन सन् २०२९ मा सार्वजनिक गरिएको ब्याटल एन्जल नामक एक चलचित्रमा समावेश थियो। सोही महिनामा लिपाले एक सञ्चार माध्यमलाई जानकारी दिएकी थिइन् कि उनले विगतको वर्ष दोस्रो साङ्गीतिक सङ्गालोमा समावेश गीतहरूको लेखनमा बिताइरहेकी छिन्। सन् २०१९ मा लिपाले उनको आउँदो दोस्रो साङ्गीतिक सङ्गालो अन्तर्गत पहिलो गीतको रूपमा "डन्ट स्टार्ट नाउ" सार्वजनिक गरेकी थिइन् जुन गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष दसमा पर्न सफल भएको थियो। लिपाको दोस्रो साङ्गीतिक सङ्गालोका लागि तेस्रो एकल रूपमा "फिजिकल" नामक गीत सन् २०२० जनवरी ३० का दिन सार्वजनिक गरिएको थियो। उनको फिजिकल नामक गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष ६० मा पर्न सफल भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

डुआ लिपा कार्यकालडुआ लिपा सन्दर्भ सामग्रीहरूडुआ लिपा बाह्य कडीहरूडुआ लिपाen:Wikipedia:IPA for Albanianन्यु रुल्समद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

बन्दी प्रत्यक्षीकरणमदन भण्डारीगीर्वाणयुद्ध विक्रम शाहजोखिम व्यवस्थापनबौद्धनाथनेपालको उपराष्ट्रपतिट्रेड युनियनक्रिस्टियानो रोनाल्डोपत्रकारितापूर्वीय चिन्तन परम्परामानव विकास अर्थशास्त्रकृष्णश्रीमद्भगवद गीतानरिवलफुटबल खेलतनहुँ जिल्लानेपाल वायुसेवा निगमविश्वव्यापीकरणमानवशास्त्रनेपालका सर्वोच्च आठ हिमालनेपाल आयल निगम लिमिटेडलोक सभामहिनानेपाल सरकारनीति शाहस्वयम्भूनाथबीमानेपालका नगरपालिकाहरूमाथवरसिंह थापाइजोरिया (उपन्यास)नेपाल अङ्ग्रेज युद्धझमक घिमिरेविज्ञानदमाई जातिप्रजातन्त्र दिवसडढेलोओमसतिया गाउँपालिकाजनशक्तियोगमाया न्यौपानेपानीमन्त्रबैजनीजाजरकोट जिल्लाओखलढुङ्गा जिल्लाबहुदलीय प्रणालीअंशुवर्मायोनीपेरियोडिक तालिका (ठूलो संस्करण)वैज्ञानिकआँखानेपालका राष्ट्रिय चिह्नहरूलैङ्गिक समानतावेदान्तजरायोटार, सिन्धुलीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीस्वरवर्ण र व्यञ्जनवर्णभूपरिवेष्ठित राष्ट्रविश्व स्वास्थ्य सङ्गठनमानव संसाधन व्यवस्थापनअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकविताआसियाननेपालका दलित वर्गमा पर्ने थरहरूडडेल्धुरा जिल्लाहिमाली प्रदेश (नेपाल)गर्भपतननेपाल स्काउटमनकामना मन्दिरसात सालको क्रान्तिभौगोलिक सूचना प्रणालीरणबहादुर शाहधनकुटा जिल्लाबहादुर शाहनेपाल रेडक्रस सोसाइटी🡆 More