डा. केशवप्रसाद उपाध्याय

डा.

केशवप्रसाद उपाध्याय मदन पुरस्कार पाउने विद्वान हुन्। उनले वि.सं. २०५५मा उक्त पुरस्कार पाएका हुन्।

जीवनी

उपाध्यायको जन्म वि.सं. १९९० पौष १७ गते चण्डी टोल, मकवानपुर गढीमा भएको हो। उनको वास्तविक नाम धनराज घिमिरे हो। संस्कृतमा साहित्याचार्य, नेपालीमा एम.ए. र विधावारिधि गरेका उनले लामो समय प्राध्यापन बिताए।

मौलिक कृति

उनी समालोचनाका लागि चिनिन्छन्। उनको पहिलो रचना वि.सं. २०१९मा खुड्कीलोमा तरुण तपसीः एक अध्ययन शीर्षकको लेख प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरू यसप्रकार छन् :
१. साहित्य प्रकाश (वि.सं. २०३०)
२. रिमालः व्यक्ति र कृति (वि.सं. २०३२)
३. प्राथमिककालीन कवि र काव्य प्रवृत्ति (वि.सं. २०३२)
४. केही रचना केही विवेचना (वि.सं. २०३२)
५. तरुण तपसीको पूनर्मूल्याङ्कन (वि.सं. २०३४)
६. विचार र व्याख्या (वि.सं. २०४०)
७. पूर्वीय साहित्य-सिद्धान्त (वि.सं. २०३६, समालोचना)
८. बालकृष्ण समको दुखान्त नाट्यचेतना (वि.सं. २०४५, समालोचना सङ्ग्रह)
९. हिन्दी नेपाली शिक्षक (वि.सं. २०२०)
१०. दु:खान्त नाटकको सृजना परम्परा
११. मन्थन (समालोचना)
१२. तीन कविका तीन काव्य (समालोचना)
१३. नेपाली नाटक र नाटककार (समालोचना)
१४. समका तीन नाटक (समालोचना)
१५. नाटकको अध्ययन (समालोचना)
उनले त्रियुगाको सम्पादक भएर काम पनि गरेका थिए।

पुरस्कार

दु:खान्त नाटकको सृजना परम्परा नामक ग्रन्थका लागि मदन पुरस्कार २०५५ प्राप्त गरेका हुन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत पनि भएका थिए।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्रीहरू

Tags:

डा. केशवप्रसाद उपाध्याय जीवनीडा. केशवप्रसाद उपाध्याय मौलिक कृतिडा. केशवप्रसाद उपाध्याय पुरस्कारडा. केशवप्रसाद उपाध्याय सन्दर्भ सामग्रीहरूडा. केशवप्रसाद उपाध्याय बाहिरी लिङ्कहरूडा. केशवप्रसाद उपाध्याय सन्दर्भ सामग्रीहरूडा. केशवप्रसाद उपाध्यायमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

शक्तिश्रीमद्भागवत् पुराणभक्तपुर दरबार क्षेत्रराष्ट्रिय सुरक्षा परिषद्संयुक्त राष्ट्रसंघका महासचिवनेपाल सरकारमुलुकी ऐनझापा जिल्लानेपालको पञ्चवर्षीय योजनाबजेटमिथिला शर्मामोबाइल फोनप्रतापसिंह शाहविश्वका प्रमुख शासन प्रणालीमध्यवर्ती क्षेत्रपुस्तकसरसफाइपञ्चायती व्यवस्थाजनशक्तिरानी पोखरीप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूकुखुरा पालनजनसाङ्ख्यिकीय लाभांशविश्वेश्वरप्रसाद कोइरालामानव संसाधन व्यवस्थापनकृषिकिरादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननिखिल उप्रेतीनेपालको अर्थतन्त्रगौतम बुद्धसहिदजडीबुटीमेटातथ्याङ्कराष्ट्रिय सभा (नेपाल)कुमारी (चलचित्र)खसन्यायिक समितिकुपोषणनेपालका सर्वोच्च आठ हिमालमोनालिसाअर्थवैशाखसङ्खुवासभा जिल्लाकाला पत्थरअरनिको राजमार्गशुक्रराज शास्त्रीचितवन राष्ट्रिय निकुञ्जदिल्ली सम्झौतालोकगीतत्रिभुवन वीरविक्रम शाहपृथ्वी राजमार्गमध्यपहाडी राजमार्गअर्थशास्त्रनेपालको प्रधानमन्त्रीकर्णाली नदीनेपालका राष्ट्रिय विभूतिहरूबन्दिपुर गाउँपालिकायजुर्वेदजनमत सङ्ग्रहनेपालको राष्ट्रिय जनगणनापाथीभरा देवी (ताप्लेजुङ)दैवज्ञराज न्यौपानेनामकरण संस्कारनेपालको महालेखा परीक्षकनेपालगन्ज उपमहानगरपालिकानेपालको संस्कृतिछठविप्रेषणनजिरनियमावलीकुरिलोकाठमाडौँ जिल्लासत्यमोहन जोशी🡆 More