पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालको कोखबाट विक्रमसम्वत् २०१४ साल फागुन ३ गते भारतको दार्जिलिङमा जन्मनु भएकी साहित्यकार इन्दिरा प्रसाईं मुख्यरूपमा कथा, उपन्यास र कविता विधामा कलम चलाउँछिन्। गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भइसकेकी उनी हाल नइ प्रकाशनमा अध्यक्षको रूपमा कार्यरत् छिन्। महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा प्रध्यापन गरिसकेकी उनको मन सायद उघ्रदैन, वयान कथा सङ्ग्रह, विश्वमित्र, रनमाया उपन्यास, बाइपङ्खी घोडा, माल्दाइलाई चिठी चर्चित कवितासङ्ग्रह हुन्। उनको उपन्यास 'उसको लोग्ने र विरालो' अङ्ग्रेजी भाषामा 'The Husband and Cat' अनुवाद भएको छ र सोही पुस्तक ईजिप्ट सरकारले अरबी भाषामा पनि अनुवाद भएको छ। उनको अर्को उपन्यास 'रनमाया' नेपाल प्रज्ञा प्रतिष्ठानबाट अङ्ग्रेजी भाषामा अनुवाद भएको छ। यसका अतिरिक्त ५३ वटा विभिन्न विधाका पुस्तकहरू प्रकाशित भएका छन् भने थुप्रै कृतिहरू तथा पत्रपत्रिकाहरू सम्पादन गरिसकेकी छिन्।
इन्दिरा प्रसाईं | |
---|---|
इन्दिरा | |
जन्म | वि.सं. २०१४ फागुन ३ गते दार्जिलिङ, भारत |
राष्ट्रियता | नेपाली |
शिक्षा | एम्.बी.ए. |
पेशा | लेखन, सम्पादन, पत्रकारिता |
चिनारीको कारण | कथा, उपन्यास, कविता |
उल्लेखनीय कार्य | मन सायद उघ्रदैन, वयान, विश्वमित्र, रनमाया, बाइपङ्खी घोडा |
गृहनगर | काठमाडौँ |
मातापिता | स्व.गणेशप्रसाद शर्मा, दुर्गादेवी नेपाल |
यिनको योगदानको कदरस्वरूप युवावर्ष मोती पुरस्कार , राष्ट्रिय प्रतिभा पुरस्कार , मैनाली कथा पुरस्कार लगायत दर्जनौँ पुरस्कार तथा गद्दीआरोहरण रजतमहोत्सव पदक, प्रवल गोरखा दक्षिण बाहु आदि विभूषणद्वारा सम्मानित भइसकेकी छिन्।
इन्दिरा प्रसाईंको जन्म भारतको दार्जिलिङ्मा भएको हो। त्यतिबेला उनको बुबा दार्जिलिङको सेन्ट जोसेफ कलेजमा पढ्दै थिए। उनको बुबा आमाको पाँच सन्तानमध्ये उनी प्रथम हुन्। उनी तीनमहिना भएपश्चात् उनी धनकुटाको चुङ्बाङ् आइन् र तीन वर्ष बिताइन्। त्यसपछि उनी बुबासँगै कोलकाता गइन्। उनी पाँचवर्षको उमेर भएपछि विराटनगर आइन्। उनको शिक्षाराम्भ सरस्वती मा.वि. विराटनगरबाट भयो भने बाँकी शिक्षा भने महेन्द्र मोरङ् क्याम्पसमा भयो। यसै क्याम्पसबाट उनले एमबिए सम्मको अध्ययन पूरा गरिन्।
इन्दिरा प्रसाईं हाल नइ प्रकाशनको अध्यक्षको रूपमा कार्यरत् छिन् भने त्रिमूर्ति निकेतनमा पनि संलग्न छिन्।
This article uses material from the Wikipedia नेपाली article इन्दिरा प्रसाईँ, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.