आङसराङ

आङसराङ नेपालको मेची अञ्चलको पाँचथर जिल्लाको एक गाँउ विकास समिति हो।यो गा.वि.स.

पुर्व क्षेत्र नेपालको लिम्बुवान भित्र पर्दछ । यो आङसराङ गा.वि.स. को प्राकृतिक बनावट उच्च पहाडदेखि निभो धरातलमा अवस्थित छ । यस गाउँमा देउराली जाने उच्च रमणीय देवस्थल छालासुक्वा डाडाजस्तो धार्मिक परम्परागत इतिहास बोकेको प्रसिद्ध स्थानहरू छन । यहाँ विभिन्न साना ठुला अग्लोहोचो रूखहरू खश्रू, चाँप, कटुस, ओखर, मौवा, साल, सिसौ, खयर, उतिस, सल्ला जस्ता रूखहरूले भरिभराउ छ । गाउँ भित्र विभिन्न फलफूल सुन्तला, कागती, निबुवा, भोगटे, अनार, जुनार, दारीम, आलु, अलैंची, अम्लिसो जस्तो नगदे फलफुलहरू प्रशस्त उब्जन्छ । गाउँमा धान, मकै, कोदो, फापर, तोरी आदिको उब्जनी राम्ररी गरिन्छ । यो गाउभित्र विभिन्न जातजाति लिम्बू, ब्राह्मण, क्षेत्री, कामी, दमाई, सार्की, तामाङ, मगर, राई आदि जातिहरूको बसोबास छ र आ-अफ्नो भाषा संस्कृति अपनाएर बसेका छन यस गाविसमा १ उच्च मा.वि. (श्री जयनारायण आदर्श उच्च मा.वि. ), १ मा.वि. (श्री ज्योति मा.वि.), १ नि.मा.वि. (श्रि लालबहादुर नि.मा.वि.) र ३ प्राथमिक विद्यालय साथै केही सामुदायिक र अंग्रेजी माध्यमका बिद्यालय रहेको छ । गाविसको सबै वडामा कच्ची सडक पुगेको छ । यो गाविस खुल्ला दिशामुक्त गाविस हो ।

आङसराङ
देशआङसराङ नेपाल
अञ्चलमेची अञ्चल
जिल्लापाँचथर
जनसङ्ख्या
 (1991)
 • जम्मा६१४५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

फोटोहरू

नामाकरण

यस गाउँको नाम आङ्सराङ हुनुमा बुढापाकाका भनाइ अनुसार यो ठाउँ जङ्गलले ढाकिएको थियो लिम्बू जातिमा आङ्देम्बेहरू अधिकांश अम्लाबुङबाट त्यस गाउँमा प्रवेश गरे । यस बखत सल्लाको जङ्गल बढी भएकोले आङसराङ(सल्ला) साराङ(हाँगा ) र जङ्गल मा त्यति घाम नलाग्ने भएकोले अगेना माथि सल्लाको हाँगाबाट चाङ बनाई बिस्कुन सुकाएर खाने गरिन्थ्यो । यसै अनुसार लिम्बू भाषाबाट यस गाउँको नामकरण गरिएको भनिन्छ ।

जनसङ्ख्या

नेपालको वि. सं. २०५८ को जनगणना अनुसार यस गाविसको जनसङ्ख्या ६२४५ रहेको छ ।



स्रोत

लिम्बूको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली

Tags:

आङसराङ फोटोहरूआङसराङ नामाकरणआङसराङ जनसङ्ख्याआङसराङ स्रोतआङसराङगाउँ विकास समिति (नेपाल)छालासुक्वा डाडानेपालपाँचथर जिल्लामेची अञ्चललिम्बुवानलिम्बू जाति

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसमबाहु त्रिभुजअनुराधा कोइरालानेपालका राष्ट्रिय विभूतिहरूनेपालमा मौलिक हक र कर्तव्यदार्चुला जिल्लासम्पत्तिलिम्बू जातिमुक्तिनाथअस्ट्रेलियापाकिस्तान सरकारदरबार हाई स्कुलसंयुक्त राष्ट्रगङ्गा नदीसगरमाथा राष्ट्रिय निकुञ्जसुवासचन्द्र नेम्वाङविश्व व्यापार सङ्गठनकर्मचारी सञ्चय कोषबंगलामुखी मन्दिरलिथियम आयन ब्याट्रीमेगा अपलोडनेपालको प्रधानमन्त्रीधरान उपमहानगरपालिकानदीको आधारमा नेपालको विभाजनविकिमिडिया नेपालको विधाननेपालका नगरपालिकाहरूव्यापारमकवानपुर जिल्लाग्रिनविच प्रमाणिक समयतनहुँ जिल्लाजङ्गबहादुर राणातोरीनेपालको मन्त्रिपरिषद्संयुक्त राष्ट्र महासभापाँच पोखरीचार्ल्स तृतीयजिल्ला मालपोत कार्यालयअन्नप्राशन संस्काररवि लामिछानेटिकटकनियमावलीयुट्युबमहागुरु फाल्गुनन्ददलितवीरेन्द्रनगर नगरपालिकाअमरसिंह थापानेपाल कृषि अनुसन्धान परिषद्व्रतबन्धडिजिटल साक्षरतानागरिककारकवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानगोत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसेयरनेपाल सशस्त्र प्रहरी बलनेटफ्लिक्सभ्रष्टाचारमदनमणि दीक्षितबजारयमबुद्धनेपालको उपप्रधानमन्त्रीरुसबूढानीलकण्ठ मन्दिरमहावीर पुनसिन्धु घाटीको सभ्यताजैविक विविधताउत्तर आयरल्यान्डनेपालको अर्थतन्त्रमिथिलाअध्यक्षकृष्णनेपाल अधिराज्यको संविधान २०१५किराँत धर्मउत्प्रेषण🡆 More