अरूण जेटली

अरुण जेटली भारत का प्रसिद्ध अधिवक्ता एवं राजनेता थिए। उनी भारतीय जनता पार्टी का वरिष्ठ नेता साथै भारतका पूर्व अर्थमन्त्री पनि थिए।। उनी राजग(राष्ट्रीय जनतान्त्रिक गठबन्धन]) को शासन कालमा केन्द्रीय न्याय मन्त्री का साथ-साथै अन्य उच्च पदमा रहेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको २०१४ देखी को २०१८ को कार्यकालमा जेटलीले अर्थ मन्त्रीकारूपमा ‘नोटबन्दी’ र ‘जीएसटी’जस्ता महत्त्वपूर्ण निर्णय लिएका थिए।

अरुण जेटली
अरूण जेटली
अरुण जेटली
व्यक्तिगत विवरण
जन्म२८ दिसम्बर १९५२
मृत्यु२४ अगस्ट २०१९ (उमेर ६६) एम्स, नयाँ दिल्ली
राजनीतिक दलभाजपा
जीवन साथीसंगीता जेटली
सन्तान(हरू)छोरा रोहन
छोरी सोनाली
अभिभावक(हरू)
पेशाराजनीति

व्यक्तिगत जीवन

अरुण जेटलीको जन्म डिसेम्बर २८, १९५२ मा महाराज किशन जेटली र रतन प्रभा जेटलीको घरमा भएको थियो। उनका बुवा वकिल थिए। जेटलीले सन् १९६० देखी १९६९ मा सेन्ट जेभियर स्कूल, नयाँ दिल्लीबाट शिक्षा हासिल गरेका थिए र सन् १९७३ मा श्री राम कलेज अफ कमर्सबाट वाणिज्यमा स्नातक गरे। उनले १९७७ मा दिल्ली विश्वविद्यालयबाट कानुनको डिग्री पनि हासिल गरे। उनले मे २४, १९८२ मा जम्मू कश्मीरका पूर्व अर्थ मन्त्री गिरधारीलाल डोगराकी छोरी संगीता सँग विवाह गरे। उनका दुई छोराछोरी छन्: रोहन र सोनाली। जेटलीका दुबै बच्चाहरु पेशागत रूपमा वकिल छन्।

राजनीतिक जीवन

जेटली सन् १९९१ बाट भारतीय जनता पार्टी का राष्ट्रीय कार्यकारिणी का सदस्य थिए। उनी सन् १९९९ को आम चुनाव भन्दा पहिलेको भाजपाका प्रवक्ता रहेका थिए। एलएलबी गरेपछि जेटलीले सन् १९७७ सर्वोच्च अदालत र अन्य उच्च अदालतहरूमा कानुन अभ्यास सुरु गरेका थिए। सन् १९९० जनवरीमा उनलाई दिल्ली उच्च अदालतले वरिष्ठ अधिवक्ता नियुक्त गरेको थियो। उनी जून १९९८ मा संयुक्त राष्ट्र महासभाको अधिवेशनमा भारत सरकारको तर्फबाट प्रतिनिधि थिए जहाँ ड्रग्स र मनी लाउन्डरिंग सम्बन्धी कानुनहरूको घोषणालाई अनुमोदन गरियो। उनको राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश सन् १९९१ मा भयो जब उनलाई भाजपाको राष्ट्रिय कार्यकारिणीको सदस्य बनाइएको थियो। भाजपामा प्रवेश गरेको आठ वर्षभित्र उनी एनडीए सरकारमा स्वतन्त्र कार्यभारका साथ सूचना तथा प्रसारण राज्यमन्त्री भए जुन तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा थियो। सन् २००० को जुलाई महिनामा जेटलीलाई कानुन, न्याय र कर्पोरेट मामिला मन्त्रालयको जिम्मा पनि दिइयो र सोही वर्षमा क्याबिनेट मन्त्री पनि बनाइएको थियो।

मृत्यु

६६ वर्षीय जेट्लीको उपचारकाक्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान्(एम्स) मा २४ अगस्ट २०१९ शनिबारका दिन निधन भएको थियो । जेटलीलाई श्वास फेर्न गाह्रो हुनुका साथै मुटुको चालमा समस्या देखिएपछि सन् २०१९ साल अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भए पनि उनको स्वास्थ्य स्थिति भने झन् झन् बिग्रिदै गयो। जेटलीको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी सफ्ट टिस्यु क्यान्सरको उपचारका लागि २०१९ जनवरी १३ मा न्यु योर्क गएका थिए भने फेब्रुअरीमा घर फर्किएका थिए।

सन्दर्भ सामग्री

बह्याकडीहरू

Tags:

अरूण जेटली व्यक्तिगत जीवनअरूण जेटली राजनीतिक जीवनअरूण जेटली मृत्युअरूण जेटली सन्दर्भ सामग्रीअरूण जेटली बह्याकडीहरूअरूण जेटलीनरेन्द्र मोदीभारतभारतीय जनता पार्टी

🔥 Trending searches on Wiki नेपाली:

वाणिज्य बैंकआगन्तुककालापानीहिन्दु धर्मको इतिहासचाडपर्वउत्प्रेरणा४२ सालको पर्वएसआइ एकाइवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननेपालमा बोलिने भाषाहरूपशुपतिनाथ मन्दिरविद्यालयवाच्य (व्याकरण)जैविक विविधतासर्लाही जिल्लाविदेश नीतिसंविधान सभा निर्वाचन २०७०ग्रहणनेपालका मन्त्रिमण्डलहरूसंयुक्त राष्ट्र जनसङ्ख्या कोषदर्शननेपालमा महिलाको अवस्थानागरिक लगानी कोषदक्षिण अमेरिकाध्रुवचन्द्र गौतम (साहित्यकार)प्रवेशिका परीक्षाव्यापारशैलेश्वरी मन्दिरनेपालको संविधानमदन पुरस्कारनेपाल एकिकरण अभियानका लडाँइहरूमदन भण्डारीआइज्याक न्युटनबैङ्कमुक्तिनाथ मन्दिर (पनौती)शेर्पा जातित्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबिस्केट जात्रानेपाल रेडक्रस सोसाइटीतिनाउ नदीसिद्धिनरसिंह मल्लगोर्खालीमुद्रासेलो नृत्यनेपालको एकीकरणसर्पतेह्रथुम जिल्लामकवानपुर जिल्लातोलामहिलादेउकी प्रथानदीइस्वी सम्वत्ग्रामिण विकाससीताधर्मअर्थशास्त्रजैन धर्महरितगृह प्रभावफ्रान्सेली राज्यक्रान्तिभारतीय हात्तीविद्युतचुम्बकीय विकिरणभुवन केसीअन्तिम संस्कारसमानुपातिक प्रतिनिधित्व प्रणालीसाततले दरबार (नुवाकोट)नेपालको पहिलो संविधान सभाश्राद्धकानूनपर्वत जिल्लाअक्षांशविश्वका अग्ला हिमालहरूनयाँ वर्षअधिकारजलविद्युतकथा🡆 More