भाइटीका

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटीका
भाइटीका
निधारमा लगाइएको सप्तरङ्गी टीका
वैकल्पिक नामभाइटीका, भाइ तिहार
अनुयायीहिन्दू
प्रकारधार्मिक
मितिकार्तिक शुक्ल द्वितीया
२०२४ date१९ कार्तिक

कथन

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि तिहार मनाउन थालिएको हो ।

विधि

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिइन्छ। भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकामा भावना मिसिएको शान्ति बताउँछिन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन्।

चित्र ग्यालेरी

सन्दर्भ सामग्रीहरू

Tags:

भाइटीका कथनभाइटीका विधिभाइटीका चित्र ग्यालेरीभाइटीका सन्दर्भ सामग्रीहरूभाइटीकातिहारयमराज

🔥 Trending searches on Wiki नेपाली:

कञ्चनजङ्घा हिमालअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालविवाह संस्कारसुशान्त केसीसंस्कृतिकोशी प्रदेशविवाहगोरखा राज्यचतराधामएडम स्मिथआनन्द जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिववडा कार्यालय (नेपाल)कार्यसम्पादन मूल्याङ्कननेपालगण्डकी प्रदेशपर्यटनअङ्ग्रेजी भाषास्थानीय कार्यपालिकास्नातक तहपरराष्ट्र मन्त्रालय (नेपाल)कपिलवस्तु जिल्लानेपालमा बोलिने भाषाहरूमारी अँतवानेतसामुदायिक वननेवारी भाषामाधवप्रसाद घिमिरे (साहित्यकार)घरेलु हिंसाखैरहनी नगरपालिकासमाजवादविराट कोहलीइजरायल–हमास युद्ध, सन् २०२३जाभाशुक्लाफाँट राष्ट्रिय निकुञ्जमहर्जनप्रवेशिका परीक्षाबाइबलबाघह्रस्व दीर्घ नियमप्युठान जिल्लापिनासविकिमिडिया नेपालको विधानभाषाविद्युतीय अपराधभलिबलबंगलामुखी मन्दिरभौतिक विज्ञानकाठमाडौँविश्व व्यापार सङ्गठननेपाल टेलिभिजनकोशी प्रदेशको मुख्यमन्त्रीछुवाछुतनेपाल राष्ट्र बैङ्कमार्क्सवादनेपालको सङ्घीय संसदइन्स्टाग्रामहिन्द महासागरराराताललोक सेवा आयोग (नेपाल)पारिस्थितिक प्रणालीमनोविज्ञानबौद्धिक सम्पत्तिआम निर्वाचन २०१५आगोनेपालको प्रधानमन्त्रीमगर जातिडाङ जिल्लामहेन्द्र वीरविक्रम शाहनेपाली बृहत् शब्दकोशभद्रपुर नगरपालिकाचार्ल्स डार्विननेपाली विकिपिडियानेपाली साहित्यको इतिहासदोस्रो विश्व युद्धतारा ताल🡆 More