माइकल फराडे: अङ्ग्रेज वैज्ञानिक

वैज्ञानिक माइकल फराडको जन्म सन् १७९१ मा बेलायतको न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच वर्षको उमेरमा मेन्चेस्टर सहरको स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको आर्थिक अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्ने काम सँगै उनी किताब पनि पढ्थे । विज्ञानका किताबहरु त उनी पाए सम्म पढ्थे।फराडेले किताब पसलमा काम गर्दा गर्दै वैज्ञानिक हम्फ्रे डेभीको सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेलाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको कोक्लोराइड बनाए । यसैबाट सन १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे । चुम्बक निकाल्न पनि फराडे सफल भए ।उनले चुम्बक शक्तिबाट विद्युत निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विद्युत यन्त्र बनाए । यसलाई डाइनामो भनियो। डाइनामोबाट विद्युत शक्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामो आविष्कार भयो । आज पनि डाइनामो,जेनेरेटर तथा टान्सफर्मर फराडे तथा हेनरी को सिद्धान्तमा आधारित छ । इलेक्ट्रोम्याग्नेटिक रोटरी उपकरणको उनको आविष्कारले विद्युतीय मोटर प्रविधिको जग खडा गर्‍यो, र यो धेरै हदसम्म उनको प्रयासको कारणले गर्दा बिजुली प्रविधिमा प्रयोगको लागि व्यावहारिक भयो।

माइकल फराड
माइकल फराडे: अङ्ग्रेज वैज्ञानिक
जन्मसन् १७९१
न्युविन्गटन, बेलायत
मृत्युसन् १८६७
बेलायत
वासस्थानबेलायत
राष्ट्रियताबेलायत
चिनारीको कारणविद्युत चुम्बकीय उपपादन
वैज्ञानिक करियर
क्षेत्रभौतिकशास्त्र,रसायनशास्त्र
हस्ताक्षर
माइकल फराडे: अङ्ग्रेज वैज्ञानिक

फराड नामबाट दुई विद्युत एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ । सन् १८६७ मा उनको निधन भयो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  • [१] | BBC History
  • [२] | Encyclopædia Britannica
  • [३] | Chemical Heritage Foundation
  • [४] | Scienceworld
  • [५] | Faculty of Science, University of Zagreb
  • [६] | Famous Scientists

Tags:

अर्थशास्त्रइस्पातकाँचचुम्बकट्रान्सफर्मरडाइनामोपुस्तकवर्षविज्ञानविद्युतविद्युत जेनरेटरविद्युतीय मोटरवैज्ञानिक

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अर्थतन्त्रसौर्यमण्डलप्रज्वल शमशेर जङ्गबहादुर राणानेपालको राष्ट्रपतिसंयुक्त अधिराज्यको प्रधानमन्त्रीजलवायु परिवर्तनगणेशबाजाद युजुअल सस्पेक्ट्सखम्मम जिल्लादेवराज घिमिरेगुठीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकोठीगजलरामेछाप जिल्लाराशि-चक्रकुलदेवताकश्यप गोत्रपागल (कविता)गोरखा जिल्लानेपालको संविधानसिन्धुपाल्चोक १ (निर्वाचन क्षेत्र)आगोमानिसउत्प्रेरणाचितवन जिल्लाकृष्ण जन्माष्टमीइन्टरनेटनेपाली राष्ट्रिय क्रिकेट टोलीमनाङ जिल्लाराष्ट्रिय सभा (नेपाल)स्वर्णिम वाग्लेद्रव्य शाहपेनेलोपे क्रुजसिन्धुलीगढीभारतको राष्ट्रपतिनेपालका हिमालहरूको सूचीरेबिजगण्डकी प्रदेशअनुसन्धानदिल्ली सम्झौतासोलुखुम्बु जिल्लायुट्युबशेरबहादुर देउवाडोरेमननेपालका अञ्चलहरूनेपालको संस्कृतिकानूनचलचित्रपुष्पा बस्नेतबुढासुब्बा मन्दिरनेपालको कानूनी इतिहासहाँडेनुवाकोट १ (निर्वाचन क्षेत्र)अंशुवर्मागङ्गालाल श्रेष्ठनगरपालिकाराई जातिजनशक्तिभाषासात सालको क्रान्तिनेपालका राजाहर्कुलसव्यवस्थापिकानेपाली कांग्रेसविज्ञाननागरिक लगानी कोषत्रिभुवन राजपथहलोआम निर्वाचन २०५६मिथुन राशिनेपालमा हिन्दु धर्मप्राथमिक उपचारसङ्घीयतानवउदारवाद🡆 More