नागरिक समाज

नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन भन्ने बुझिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधार को रूपमा विश्लेषण गरेका छन् र त्यसमा विशेष दक्षिण एसियाली राष्ट्रहरू अछुतो छैनन् ।

कार्यहरू

सर्वप्रथम त नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्त्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरी दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने गर्दछ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँदछ । सीमा विवादमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुघ्द-दर्शक भएर बस्दैन । जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडि ल्याउँछ । समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।

विशेषताहरु

  •  मुनाफारहित तथा सेवामुखी भावना
  • गैरसरकारी तथा गैरराजनीतिक चरित्र
  • सरकार बाहिर रही सरकारलाई उत्तरदायी र पारदर्शी तुल्याउने समूह
  • विचार तथा कुनै आस्थाबाट मुक्त
  • स्वयम्सेवी समूह
  • लोकतान्त्रिक चरित्र
  • नागरिकमैत्रि तथा नागरिक हित केन्द्रित
  • सत्य, न्याय तथा जनहितको हिमायती।

महत्वहरु

  • राज्यका गतिविधिलाई नागरिक हित केन्द्रित तुल्याउन,
  • आम नागरकहरुमा सचेतना अभिवृद्धि गर्न,
  •  सरकारलाई निरंकुशताबाट बचाई प्रजातान्त्रिक तुल्याउन,
  •  सामाजिक न्याय प्रवर्द्धन गर्न,
  •  लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउन,
  •  राष्ट्रिय महत्वका विषयहरुमा जनमत तयार तथा एकता कायम गर्न,
  •  सामाजिक विभेद,विकृती तथा भ्रष्टाचारको अन्त्य गर्न,
  •  दवावमूलक कार्यक्रमहरु संचालन गर्न,
  •  शासकीय संयन्त्रलाई जिम्मेवार तथा जवाफदेही तुल्याउन।

नागरिक समाजका स्वरुप/प्रकारहरु

  • आर्थिक समूह: नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स आदि।
  • पैरवी समूह: नेपाल बार एसोशियसन, प्रोपब्लिक आदि।
  • राजनैतिक समूह: निर्वाचन पर्यवेक्षण समूह, मानव अधिकार संघ आदि।
  • शैक्षिक तथा सूचनामूलक समूह: नेपाल प्रज्ञा प्रतिष्ठान, प्रेस चौतारी आदि।
  • धार्मिक तथा सांस्कृतिक समूह: विश्व हिन्दु महासंघ, विश्व बौद्ध महासंघ आदि।
  • पेशागत समूह: चिकित्सक संघ, किसान संघ आदि।
  • सामाजिक सेवा समूह: नेपाल रेडक्रस सोसाइटी, नेपाल परोपकार संघ आदि।

सन्दर्भ सामग्रीहरू

नागरिक समाज

Tags:

नागरिक समाज कार्यहरूनागरिक समाज विशेषताहरुनागरिक समाज महत्वहरुनागरिक समाज का स्वरुपप्रकारहरुनागरिक समाज सन्दर्भ सामग्रीहरूनागरिक समाज नागरिक समाज

🔥 Trending searches on Wiki नेपाली:

वासुदेव त्रिपाठीपत्रकारितापहरी जातिमितिशक्तिपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमदन पुरस्कारनेपाली साहित्यको इतिहासवर्ण विन्यासपाँचथर जिल्लाराशि-चक्रकथानकसेयरपुष्पकमल दाहालगोलभेडामार्क्सवादरानी राजेन्द्र लक्ष्मीतथ्याङ्कसुलोचना (महाकाव्य)जल तथा शक्ति आयोग (नेपाल)रेखा थापासिन्धुली जिल्लाथारू जातिशाकुन्तल (महाकाव्य)नेपाल –तिब्बत /चीन युद्धकार्यपालिकामस्तिष्कजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीसांस्कृतिक लैङ्गिक पहिचानप्रवेशिका परीक्षाकर्णाली प्रदेशखुकुरी२०२३ एशिया कपहनुमान चालीसामोतीराम भट्टनेपाल वायुसेवा निगमकौशिक गोत्रमानव विकास सूचकाङ्कयार्सा गुम्बाकास्की जिल्लानेपाल लेखामान बोर्डपाण्डवसंयुक्त राष्ट्रपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीदोलखा जिल्लासुनुवार जातिघोराही उपमहानगरपालिकाकमलरीहिन्दु पञ्चाङ्गपाथीभरा देवी मन्दिर (इलाम)नेपाली विकिपिडियावडा कार्यालय (नेपाल)गौतम बुद्धबुद्ध धर्मअक्षौहिणीजेम्स वाटपोखरा महानगरपालिकाकृषि विकास बैंकतराई प्रदेश (नेपाल)लोक सेवा आयोग (नेपाल)अनुसन्धानभूमध्यरेखादमाई जातिमोबाइल फोनपरराष्ट्र मन्त्रालय (नेपाल)वीरेन्द्र अस्पतालपहिलो विश्वयुद्धसुदूरपश्चिम प्रदेशपृथ्वीस्वयम्भूनाथव्यवस्थापिकाकानूननेपाली चलचित्रहरूको सूचीकालिञ्चोक भगवतीमहेन्द्र वीरविक्रम शाह🡆 More