ग्रीष्मबहादुर देवकोटा

ग्रीष्मबहादुर देवकोटा (वि.सं.

१९७३- वि.सं. २०५१) नेपालका सुप्रसिद्ध विद्वान् लेखक हुन्। उनले वि.सं. २०२४ सालमा मदन पुरस्कार पाएका थिए।

जीवनी

देवकोटाको जन्म सन् १९१७ (वि.सं. १९७३ जेठ)मा पिता वसन्तबहादुर र माता आनन्दकुमारीका सुपुत्रका रूपमा काठमाडौंको नरदेवीमा भएको थियो। उनी स्वाध्ययनबाटै विद्वान् बने। शुरुमा राजनीतिमा नलागे पनि बीचमा राजनीतिमा लागिपर्ने देवकोटा पहिले प्रजातान्त्रिक कांग्रेससँग सम्बन्धित थिए भनेपछि वि.सं. २०१२ सालतिर डा. के.आई. सिंहको संयुक्त प्रजातन्त्र पार्टीसँग सम्बन्धित थिए।

बहुचर्चित सन्दर्भ सामग्री नेपालको राजनीतिक दर्पणका लेखक देवकोटाले नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास पनि लेखे। नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक ग्रन्थका लागि सामाजिक शास्त्रतर्फको मदन पुरस्कार २०२४ प्राप्त गरेका थिए। राजसभा स्थायी समिति, गोरखापत्र, शाही प्रेस आयोगलगायतका विभिन्न संघसंस्थामा सदस्य भएर सल्लाह सेवा गर्ने देवकोटा विवाहपश्चात् एक छोरा जन्मेपछि युवावस्थामै विधुर भए। उनका एकमात्र छोरा छन्।

निधन

मधुमेह र श्वास-प्रश्वासमा अप्ठेरो हुने बिमारीबाट पीडित देवकोटा वि.सं. २०५१ साल फागुन २३ गते सिकिस्त भई त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भए। उनको निधन वि.सं. २०५१ साल फागुन २५ गते ७८ वर्षको उमेरमा भयो।

साधना (कामना प्रकाशनको) पत्रिकाको रजत अंकमा उहाँको 'मेरो चासोको विषय घोच्ने सुइरो भयो' भन्ने शीर्षकमा आफ्नो अनुभूति लेखमा प्रश्न गर्नुभएको छ- राणाकालीन वैज्ञानिक गेहेन्द्र शमशेरले नेपालमा बनाएको नेपालको पहिलो प्रेस अहिले कहाँ छ ? यो देवकोटाको जीवनको अन्तिम प्रश्न हो।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

Tags:

ग्रीष्मबहादुर देवकोटा जीवनीग्रीष्मबहादुर देवकोटा निधनग्रीष्मबहादुर देवकोटा सन्दर्भ सामग्रीहरूग्रीष्मबहादुर देवकोटा बाहिरी लिङ्कहरूग्रीष्मबहादुर देवकोटामदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

क्लोनिङजलविद्युतनेपालका जिल्लाहरूबागेश्वरी मन्दिर, नेपालगन्जशब्दकोशकश्यप गोत्रनेपाल स्काउटदैवज्ञराज न्यौपानेनेपालको राजनीतिउखान-टुक्कादोलखा जिल्लावर्ण विन्यासपशुपति शमशेर जङ्गबहादुर राणानातातोसिमा कार्कीसुनुवार जातिकलमगायत्री मन्त्रविप्रेषणमल्ल वंशसवारी दुर्घटनापृथ्वी वीरविक्रम शाहएडम स्मिथकिराँत जातिएसियासिद्धिचरण श्रेष्ठघोडाघोडी तालवीरेन्द्र अस्पतालइजोरिया (उपन्यास)दशरथ रङ्गशालादाइजो प्रथाश्रीमद्भागवत् पुराणकानूननेपालका प्राकृतिक सम्पदाहरूको सूचीस्वयम्भूनाथसंविधान सभाघले गाउँयौन तथा प्रजनन स्वास्थ्य अधिकारबालाजु बाइसधारा मेलाएड्सवासुदेव त्रिपाठीमनुस्मृतिसहकारीनोबेल पुरस्कारस्वर्गद्वारीस्थानीय तहनेपाल सरकारस्थानीय तह निर्वाचन, २०७४धर्मजनमत पार्टीगण्डकी प्रदेशआवश्यकता शृङ्खला सिद्धान्तरचना रिमालसिंहदरबारदेवकुमारी थापालुम्बिनीनेपालको कानूनी इतिहासखुकुरीनेपाल विद्युत् प्राधिकरणनेपालमा भएका सडकहरूको सूचीकृषि विकास बैंकलमजुङ जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीमहानगरपालिकाकृषिक्षेत्रीपूर्वीय दर्शननौमती बाजालाली गुराँसनेपालमा महिला अधिकारकार्कीकवितानेपाल टेलिभिजनभूपरिवेष्ठित राष्ट्रभण्डारखाल पर्वसञ्चार🡆 More