गुगल खोज: वेब खोज संयन्त्र

गुगल खोज, गुगल वेब खोजी वा साधारणतया गुगलका रूपमा पनि परिचित, गुगलद्वारा विकसित एक वेब खोजी संयन्त्र हो। यो इन्टरनेटका सबै मञ्चहरूमा सर्वाधिक बढी प्रयोग हुने खोज संयन्त्र हो। मार्च २०२० सम्ममा, यसले विश्वव्यापी रूपमा खोज संयन्त्रको ९१.९८% बजार साझेदारी गरेको थियो। यसमा प्रत्येक दिन ५.४ अर्ब खोजीहरू हुने गरेको छ। गुगलद्वारा प्रदान गरिएको खोज परिणामहरूको माग आंशिक रूपमा प्राथमिकता वरियता प्रणालीमा आधारित छ जसलाई पृष्ठ वरियताको रूपमा चिनिन्छ। गुगल खोजले अनुकूलित खोजको लागि विभिन्न विकल्पहरू प्रदान गर्नुका साथसाथै विशेष अन्तरक्रियात्मक सुविधाहरू पनि प्रदान गर्दछ जसमा उडान स्थिति, मौसम पूर्वानुमान, मुद्रा, एकाई, समय रूपान्तरण, शब्द परिभाषा लगायतका सुविधाहरू समावेश छ।

गुगल खोज
गुगल खोज: वेब खोज संयन्त्र
साइटको प्रकार
वेब खोज संयन्त्र
उपलब्ध भाषा१४९ भाषाहरू
मालिकगुगल
आयएड्वड्स
युआरएलगुगल.कम
IPv6 समर्थनहो
अलेक्सा क्रमSteady १ (अप्रिल २०२०)
व्यवसायिकYes
दर्तावैकल्पिक
चालु भएको मिति१९९७; २७ वर्ष अघि (१९९७)
वर्तमान स्थितिचालू
लेखिएको भाषापाइथन, सी, सी++

गुगल खोजको मुख्य उद्देश्य भनेको तस्वीर वा भण्डारणमा समावेश आँकडाहरूको विपरीत, वेब सेवकहरूद्वारा सार्वजनिक रूपमा पहुँच योग्य कागजातहरूमा पाठ खोजी गर्नु हो। यसलाई मूल रूपमा सन् १९९७ मा ल्यारी पेज, सर्जे ब्रिन, र स्कट हसानद्वारा विकसित गरिएको थियो। जुन २०११ मा, गुगलले "गुगल आवाज खोजी"को सुरुवात गरेको थियो जसको प्रयोगले बोलेर लेख्नका मद्दत गरेको थियो। मे २०१२ मा, गुगलले अमेरिकामा ज्ञान लेखाचित्र अर्थ खोजीको सुरुवात गरेको थियो। गुगलमा खोज सर्तहरूको प्रयोगको आवृत्तिको बारेमा आँकडा गुगल प्रवृत्ति मार्फत सोधपुछ गर्न सकिन्छ। खोज सर्तहरूको आवृत्ति विश्लेषणले आर्थिक, सामाजिक र स्वास्थ्य प्रवृत्तिलाई सङ्केत गर्दछ। सन् २०१६ को मध्यसम्म, गुगलको खोज संयन्त्रले विशाल तन्त्रिका सञ्जालमा निर्भर हुन थालेको थियो।

गुगलका प्रतियोगीहरूमा चीनमा बायदु र सोसो, दक्षिण कोरियामा नाभर र दाउम, रूसमा यान्दिक्स, चेक गणतन्त्रमा सेज्नम, फ्रान्समा क्वान्ट, जापान, ताइवान र अमेरिकामा याहु!का साथ साथै बिङ र डकडकगो समावेश छ। गुगलका साथ उपलब्ध नभएका कुनैपनि व्यक्तिगत जानकारीहरू भण्डारण नगर्ने वा नपछ्याउने जस्ता सुविधाहरू केही साना खोज संयन्त्रहरूले प्रदान गर्दछन्।

अमेरिकामा, सन् २०१८ सम्ममा, बिङले सबै खोज प्रश्नहरूको २२ प्रतिशत नियन्त्रण गर्न सफल भएको थियो। समान अवधिमा याहु!ले खोज बजारमा ११.५ प्रतिशत नियन्त्रण गरेको थियो। सर्वाधिक खोजी हुन प्रयोग भएको गुगलले अमेरिकामा सबै मुख्य खोज प्रश्नहरूको ६३.२% नियन्त्रण गरेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गुगल

🔥 Trending searches on Wiki नेपाली:

भूमध्यरेखानेपालका सहरहरूको सूचीबाल्यावस्थायाक्खा जातिविवाहसार्क शिखर सम्मेलनको सूचीरगतभीमसेन थापाह्रस्व दीर्घ नियमनेपालका नगरपालिकाहरूविद्युतबर्दिया राष्ट्रिय निकुञ्जढुसीवसन्तमुनामदनचाँगुनारायण मन्दिरकीर्तिपुर नगरपालिकानेपाल रेल्वेलिनक्सताप्लेजुङ जिल्लाचलचित्रवीरेन्द्र वीरविक्रम शाहजनसङ्ख्या अध्ययनअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनसाक्षरतासंयुक्त राज्य अमेरिकानेपाल स्काउटकान्तिपुर राज्यनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)गर्भपतनमोरङ जिल्लासाकेला नाचविसं १९९० को महाभूकम्पहिन्दु पञ्चाङ्गसयौँ थुङ्गा फूलका हामीनेपाली साहित्यशार्दूलविक्रीडित छन्दकिराँत जातिनिर्वाचन प्रणालीनेपालका स्थानीय तहहरूत्रिभुवन विश्वविद्यालयसंयुक्त राष्ट्रसंघका महासचिवनेपालको राष्ट्रिय जनगणनानुवाकोट जिल्लातेह्रथुम जिल्लामोन्टी देसाईनियमावलीनेपालको पहिलो संविधान सभा१८औँ सार्क शिखर सम्मेलनइन्द्रबहादुर राईगीर्वाणयुद्ध विक्रम शाहप्रतिनिधि सभा (नेपाल)मुख मैथुनबैङ्कवर्ण विन्यासलोकगीतभूगोलराजनीतिक दलआत्रेय गोत्रभ्रष्टाचारविद्यालयसीताजलवायु परिवर्तनलाली गुराँसनेपालको एकीकरणनुवाकोट दरवारदिल्ली सम्झौताकुलदेवताविज्ञानलैङ्गिक पहिचानहनुमान ढोकाविप्रेषणसहकारीचितुवाबाल अधिकारनागरिक उन्मुक्ति पार्टीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रराष्ट्रिय महिला आयोग (नेपाल)🡆 More