काजिमिरो

कार्लुस एहिक काजिमिरू २३ फेब्रुअरी १९९२ मा जन्मिएका एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन्। उनले हाल स्पेनी क्लब रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिबाट खेल्ने गर्दछन्।

काजिमिरू
काजिमिरो
सन् २०१८ को फिफा विश्वकपमा काजिमिरू राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम कार्लुस एहिक काजिमिरू
जन्म मिति (1992-02-23) २३ फेब्रुअरी १९९२ (उमेर ३२)
जन्म स्थान सान जोजे दुस काम्पुस, ब्राजिल
उचाइ १.८५ मी
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यान्चेस्टर युनाईटेड
सङ्ख्या १८
युवा करियर
२००२–२०१० साओ पाउलो फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१३ साओ पाउलो फुटबल क्लब ६२ (६)
२०१३ → रियल म्याड्रिड ख (ऋण) १५ (१)
२०१३रियल म्याड्रिड (ऋण) (०)
२०१३–२०२२ रियल म्याड्रिड २२१ (२४)
२०१४–२०१५पुर्तु (ऋण) २८ (३)
२०२२- म्यान्चेस्टर युनाईटेड (०)
अन्तर्राष्ट्रिय करियर
२००९ १७ वर्ष मुनि (०)
२०११ २० वर्ष मुनि १५ (३)
२०११– ब्राजिल ६३ (५)
सम्मान
पुरुष फुटबल
काजिमिरो ब्राजिलको प्रतिनिधित्व गर्दै
कोपा आमेरिका
विजेता सन् २०१९ ब्राजिल
फिफा यु-२० विश्वकप
विजेता सन् २०११ कोलोम्बिया
दक्षिण अमेरिकी युवा च्याम्पियन्सिप
विजेता सन् २०११ पेरू
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १५:५८, ४ अक्टोबर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १९:१६, १५ नोभेम्बर २०१९ (युटिसी)

काजिमिरूले आफ्नो व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात ब्राजिल क्लब साओ पाउलोबाट सन् २०१० मा गरेका थिए। साओ पाउलोसँगको आवद्धमा उनले विभिन्न प्रतियोगिताहरूमा गरी कुल ११२ उपस्थितिहरूमा कुल ११ गोल गर्न सफल भएका थिए भने सन् २०१३ मा उनी स्पेनी क्लब मड्रिडमा गएका थिए। काजिमिरूले केही समय पुर्तुगाली फुटबल क्लब पुर्तुसँग पनि समय बिताएका थिए। सन् २०१३-१४ देखि सन् २०१७-१८ को च्याम्पियन्स लिगको उपाधि स्पेनी क्लब रियल मड्रिडले जितेको थियो भने उक्त उपाधि जितहरू मड्रिडले हात पार्दा उनी पनि उक्त क्लबमा आवद्ध रहेका थिए। रियाल मड्रिडसँगको आवद्धमा काजिमिरूले ४ युएफा च्याम्पियन्स लिग उपाधि, २ ला लिगा १ कोपा देल रे र ३ फिफा क्लब विश्वकप उपाधिहरू सहित कुल १४ उपाधिहरू जित्न सफल भएका छन्। काजिमिरू सन् २०११ देखि ब्राजिल राष्ट्रिय फुटबल टोलीसँग आवद्ध भएका छन् भने उनले सन् २०११ देखि राष्ट्रका लागि थुप्रै उपस्थितिहरू जनाइसकेका छन्। काजिमिरूले तीन कोपा आमेरिका फुटबल प्रतियोगिताहरूमा, सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकप लगायत अन्य अन्तर्राष्ट्रिय खेलहरूमा उपस्थिति जनाइसकेका छन् भने सन् २०१९ को कोपा आमेरिकाको संस्करण ब्राजिलले जित्न सफल भएको थियो जतिबेला उनी त्यस प्रतियोगिताहरूमा उपस्थितिहरू जनाएका थिए।

क्लब खेलजीवन

साओ पाउलो

काजिमिरूको जन्म सन् १९९२ फेब्रुअरी २३ का दिन ब्राजिलको सान जोजे दुस काम्पुसमा भएको थियो भने उनले आफ्नो बाल्यकाल त्यही बिताएका थिए। काजिमिरूले १० वर्षकै उमेरमा सन् २००२ मा साओ पाउको फुटबल क्लबको प्रशिक्षण केन्द्रमा फुटबलमा प्रशिक्षण लिनका लागि भर्ना भएका थिए। ११ वर्षको उमेरमा उनीले उक्त क्लबको युवा टोलीका लागि खेल्न सुरु गरेका थिए। सन् २००९ मा काजिमिरूले ब्राजिल १७ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीका लागि पर्दापण गरेका थिए जहाँ उनले पहिलोपटक सोही वर्ष १७ वर्ष मुनिको फिफा विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गरेका थिए। सन् २०१० जुलाई २५ का दिन काजिमिरूले काम्पियोनातु ब्राजिलोरू सेरी आ नामक एक घरेलु लिगमा साओ पाउलोको तर्फबाट सान्तुस एफसीको विरुद्धमा पर्दापण गरेका थिए भने उक्त खेलमा साओ पाउलो पराजित भएको थियो। सन् २०१० अगस्ट १५ का दिन काजिमिरूले यही क्लबका लागि क्रुजेइरू स्पोर्चे क्लुबेको विरुद्धमा पहिलो व्यावसायिक गोल गर्न सफल भएका थिए भने यस खेल २-२ को बराबरीमा टुङ्गिएको थियो। सन् २०१२ अप्रिल ७ का दिन काजिमिरूले लिग चरणको खेलमा मोजी मिरिम स्पोर्चे क्लुबेको विरुद्धमा उक्त खेलमा पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेलमा साओ पाउलोले २-० गोल अन्तरले जित हासिल गरेको थियो जुन खेल आरेना बारुयेरीमा आयोजना गरिएको थियो। साओ पाउलोले सन् २०१२ मा आयोजित कोपा सुदामेरिकाना नामक एक फुटबल प्रतियोगिताको अन्तिम खेलमा अर्जेन्टिनी क्लब तिग्रेलाई पराजित गर्दै यस प्रतियोगिताको उपाधि हात पर्न सफल भएको थियो भने यस प्रतियोगितामा काजिमिरूले पनि साओ पाउलोको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा उपस्थिति जनाएका थिए।

रियाल म्याड्रिड

काजिमिरो 
सन् २०१५ मा काजिमिरू।म्याड्रिडका लागि खेल्दै

सन् २०१३ को अन्त्य तिर काजिमिरूले स्पेनी क्लब रियाल मड्रिडको दोस्रो श्रेणीको एक फुटबल क्लबसँग ऋणमा आवद्ध भएका थिए जसले सेगुन्दा दिभिसिओन नामक एक फुटबल लिगमा भाग लिने गरेको थियो। सन् २०१३ फेब्रुअरी १६ का दिन उनले उक्त क्लबका लागि पहिलो आधिकारिक खेल खेल खेलेका थिए जुन खेलमा यस क्लब सिबी साबादेले एफसीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो। सन् २०१३ अप्रिल २० का दिन काजिमिरूले स्पेनको सर्वश्रेष्ठ फुटबल लिग प्रतियोगिता ला लिगामा पर्दापण गरेका थिए र उनले उक्त खेलमा पुरै ९० मिनेट खेलेका थिए भने यस खेलमा रियाल मड्रिडले ३-१ गोल अन्तरले रियाल बेतिस फुटबल क्लबलाई पराजित गरेको थियो।

सन् २०१४ जुन २ का दिन काजिमिरूले युरोप महादेशमा उनको पहिलो गोल आलकाराकोन नामक एक फुटबल क्लबको विरुद्ध गरेका थिए जुन खेल आलफ्रेदो दे स्तेफानो रङ्गशालामा आयोजना गरिएको थियो। यस खेलमा रियाल मड्रिडले आलकाराकोन फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलको ८ दिन पश्चात्, अर्थात् सन् २०१४ जुलाई १९ का दिन उनी ऋणमा पुर्तुगाली क्लब एफसी पुर्तुसँग आवद्ध १८.७२८ मिलियन अमेरिकी डलर लागतमा आवद्ध भएका थिए भने उनले उक्त क्लबसँगको आवद्धता पश्चात् कुल ४० उपस्थितिहरू जनाएका थिए जहाँ उनले ४ गोल गर्न सफल भएका थिए जसमा सन् २०१५ मार्च १० का दिन आयोजित युएफा च्याम्पियन्स लिगको समूह चरणको खेलमा एफसी बाजे विरुद्ध १ गोल गर्न सफल भएका थिए। सन् २०१५ जुन ५ का दिन काजिमिरू पुनः स्पेनी क्लब रियाल मड्रिडमा फिर्ता भएका थिए भने त्यसको दुई महिना पश्चात् उनले उक्त क्लबसँगको आवद्धतालाई सन् २०२१ सम्म पुर्‍याउने एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। १३ मार्चका दिन आयोजित एक खेलमा उनले ८९ औँ मिनेटमा होसेको प्रहारलाई हेडिङ गर्दै गोल गर्न सफल भएका थिए जसकारण उक्त खेलमा मड्रिडले युदी लास पालमासलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। काजिमिरूले त्यस वर्ष आयोजित च्याम्पियन्स लिगका विभिन्न खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए भने सन् २०१६ को च्याम्पियन्स लिगको अन्तिम खेलमा पुरै १२० मिनेट खेल खेलेका थिए भने उक्त खेलमा बराबरी भएपछि पेनाल्टी मार्फत रियाल मड्रिडले आत्लेतिको माद्रिदलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो। सन् २०१६-१७ को ला लिगामा काजिमिरूले रियाल मड्रिडका लागि कुल २५ उपस्थितिहरू जनाएका थिए भने उनले उक्त उपस्थितिहरूमा कुल २५ गोल गर्न सफल भएका थिए। सन् २०१७-१८ को च्याम्पियन्स लिग संस्करणमा काजिमिरूले १३ उपस्थितिहरू जनाएका थिए भने त्यस वर्षको च्याम्पियन्स लिग पनि रियालले जितेको थियो जुन उसको लगातार तेस्रो उपाधि जित थियो। सन् २०१९-२० को ला लिगा संस्करणमा पनि काजिमिरूले रियालका लागि सुरुवाती खेलहरूमै भाग लिएका थिए।

अन्तर्राष्ट्रिय खेलजीवन

काजिमिरूले सन् २००९ मा ब्राजिल १७ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको तर्फबाट अन्तर्राष्ट्रिय कार्यजीवनको सुरुवात गरेका थिए उनले उक्त राष्ट्रिय टोलीका लागि ३ अन्तर्राष्ट्रिय उपस्थितिहरू जनाएका थिए। सन् २०११ मा पेरूमा आयोजित दक्षिण अमेरिकी च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मार्फत २० वर्ष मुनिको राष्ट्रिय टोलीमा पर्दापण गरेका थिए भने उनले सोही वर्ष कोलोम्बियामा आयोजित फिफा विश्वकपमा पनि उपस्थिति जनाएका थिए। सन् २०११ मा आयोजित यु २० फिफा विश्वकपमा काजिमिरूले १४ सेप्टेम्बर २०११ का दिन पहिलो उपस्थिति जनाएका थिए भने उक्त खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। सन् २०१५ मा आयोजित कोपा आमेरिका नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पनि उनलाई राष्ट्रिय टोलीका प्रशिक्षकले खेल खेल्नका लागि बोलाएका थिए तर उक्त प्रतियोगितामा उनले उपस्थिति जनाएका थिएनन्। सन् २०१६ मे ५ का दिन संयुक्त राज्य अमेरिकामा आयोजित कोपा आमेरिका सेन्तेनारिओका लागि ब्राजिल राष्ट्रिय टोलीको २३ सदस्यहरू मध्ये काजिमिरू पनि समावेश हुन भएका थिए। काजिमिरो 

सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणमा पनि काजिमिरूलाई राष्ट्रिय टोलीका तर्फबाट छनोट गरिएको थियो। उक्त संस्करणको विश्वकपमा काजिमिरूले राष्ट्रका लागि स्वीट्जरल्यान्ड विरुद्ध १७ जुन २०१८ का दिन पहिलो खेल खेलेका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। सन् २०१९ मा ब्राजिलमा आयोजित कोपा आमेरिका फुटबल प्रतियोगितामा पनि उनी राष्ट्रिय टोली भित्र समावेश भएका थिए। यस प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ब्राजिलको सामना पेरूसँग भएको थियो जहाँ उनले राष्ट्रिय टोलीका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने उक्त खेल ब्राजिलले ५-० गोल अन्तरले जित्न सफल भएको थियो। सन् २०१९ जुलाई ७ का दिन पेरू विरुद्ध आयोजित यस प्रतियोगिताको अन्तिम खेलमा ब्राजिलले पेरूलाई ३-१ गोल अन्तरले पराजित गर्दै यस प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।

खेलजीवन तथ्याङ्क

क्लब

    अद्यावधिक ४ अक्टोबर २०२०
क्लब संस्करण लिग कप महादेशीय अन्य जम्मा
उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
साओ पाउलो २०१० १८ १८
२०११ २१ १२ ४०
२०१२ २२ १८ ५०
२०१३
जम्मा ६१ १४ ३१ १११ ११
रियल म्याड्रिड ख (ऋण) २०१२–१३ १५ १५
रियल म्याड्रिड (ऋण) २०१२–१३
रियल म्याड्रिड २०१३–१४ १२ २५
पुर्तु (ऋण) २०१४–१५ २८ १० ४१
रियल म्याड्रिड २०१५–१६ २३ ११ ३५
२०१६–१७ २५ ४२
२०१७–१८ ३० १२ ४८
२०१८–१९ २९ ४३
२०१९–२० ३५ ४६
२०२०–२१
म्याड्रिडमा १५९ १७ २० ५२ १३ २४४ २३
कुल २६३ २७ ३५ ६७ ४६ ४११ ३९

काम्पिओनातु पाउलिस्ता, तास दे लिगा, सुपरकोपा दे स्पान्या, युएफा सुपर कप र फिफा क्लब विश्वकपका खेलहरू सहित

अन्तर्राष्ट्रिय

    अद्यावधिक १५ नोभेम्बर २०१९
ब्राजिल
वर्ष उपस्थिति गोल
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
२०१७
२०१८ १२
२०१९ १४
जम्मा ४६

अन्तर्राष्ट्रिय गोलहरू

क्रसं मिति स्थान प्रतिस्पर्धी अङ्क नतिजा प्रतियोगिता
१. २२ जुन २०१९ कोरिन्चन्स रङ्गशाला, साओ पाउलो, ब्राजिल काजिमिरो  पेरू –० ५–० २०१९ कोपा आमेरिका
२. ६ सेप्टेम्बर २०१९ हार्ड रक रङ्गशाला, मायामी फ्लोरिडा, संयुक्त राज्य अमेरिका काजिमिरो  कोलोम्बिया –० २–२ मैत्रीपूर्ण खेल
३. १३ अक्टोबर २०१९ सिङ्गापुर राष्ट्रिय रङ्गशाला, कालाङ, सिङ्गापुर काजिमिरो  नाइजेरिया –१ १–१

सन्दर्भ सामाग्री

बाह्य कडीहरू

Tags:

काजिमिरो क्लब खेलजीवनकाजिमिरो अन्तर्राष्ट्रिय खेलजीवनकाजिमिरो खेलजीवन तथ्याङ्ककाजिमिरो सन्दर्भ सामाग्रीकाजिमिरो बाह्य कडीहरूकाजिमिरोमध्यपङ्क्ति (फुटबल)रियल म्याड्रिड

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राष्ट्रसङ्घका महासचिवइलाम नगरपालिकावायु प्रदूषणनेपाल सम्वत्केन्द्रीय बैङ्कचितवन राष्ट्रिय निकुञ्जगीर्वाणयुद्ध विक्रम शाहलोसारआउँ रोगपोखरा महानगरपालिकासूर्यबङ्गाली भाषाधनुषा जिल्लाक्रोकस सिटी हलमा आक्रमणदिगो विकासका लक्ष्यहरूनेपाली शब्दकोशसुपादेउराली मन्दिरनेपाल दूरसञ्चार प्राधिकरणबूढानीलकण्ठ मन्दिरनेपालको संविधान २०७२बालश्रमविकिपिडियाखप्तड राष्ट्रिय निकुञ्जइन्टरनेटशेर्पा जातिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालको भूगोलबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासअब्दुल कलामआँकनेपालको प्रधानन्यायाधीशराष्ट्रिय गौरवका आयोजनामानव विकास चरणमारुनी नाचवराहक्षेत्रनम्रता श्रेष्ठकविताप्राइभेट लिमिटेड कम्पनीसन्दीप लामिछानेनेपाल वायुसेवा निगमनाताजयपृथ्वीबहादुर सिंहआर्किमिडिजभीमनिधि तिवारीश्रीमद्भगवद गीताविद्यार्थीजनशक्तिश्रेष्ठबागमती नदीगरिबीइलाम २ (निर्वाचन क्षेत्र)वासुदेव त्रिपाठीजापानमहेन्द्र सिंह धोनीमानिससम्पति शुद्धीकरणगोरखा जिल्लाभ्रष्टाचारनिक्षेपगणतन्त्र दिवस (नेपाल)जनमत सङ्ग्रह, २०३७क्रिकेटलोकतन्त्रदर्शनमहाभारतधरान उपमहानगरपालिकाआसियानअन्तर्राष्ट्रिय खगोलीय सङ्घदशरथ चन्दघरेलु हिंसानेपालमा भएका सडकहरूको सूचीमहायाननारायणहिटी दरबार सङ्ग्रहालयसिन्दुरे जात्रा (नुवाकोट)गिरिजाप्रसाद कोइरालाकागेश्वरी मनोहरा नगरपालिकाकोहलपुर नगरपालिकाविश्वेश्वरप्रसाद कोइराला🡆 More