तारामय रात

तारामय रात (डच: De sterrennacht) नेदरल्यान्डेेेेली उत्तर प्रभावोत्वादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएको एक तेल चित्र हो। यो चित्र उनले सन् १८८९ को जुन महिनामा मानसिक रूपमा अस्वस्थ भएपछि फ्रान्सको साँ-रेमी द-प्रोभँस स्थित एक आश्रमस्थलमा बसेको बेला बनाएका थिए। चित्रमा उनको कक्षको पूर्व दिशा तर्फको झ्याल खोल्दा देखिएको सूर्योदय हुनुभन्दा ठीक अघिको तारामय रातको दृश्यलाई चित्रण गरिएको छ जसमा उनले एक काल्पनिक गाउँलाई पनि समेटेका छन्। यो सन् १९४१ देखि संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा रहेको आधुनिक कला सङ्ग्रहालयको स्थायी सङ्ग्रहमा बनेको थियो जसलाई लिली पि ब्लिस मार्फत सङ्ग्रहालयले अधिग्रहण गरेको थियो। कला जगतमा व्यापक रूपमा यो रचनालाई फन गोखको महान रचना मानिन्छ भने पाश्चात्य कला जगतमा यसलाई सबैभन्दा अधिक मान्यता प्राप्त चित्रहरू मध्ये एकको रूपमा हेरिन्छ।

तारामय रात
ताराले भरिएको रातमा आकाश देखिएको एक दृश्यको चित्रण जसमा १० ताराहरू, शुक्र ग्राह र एक पहेँलो रङ्गको चम्किलो अर्धचन्द्रमाका साथसाथै केही घरहरू र रूखहरू छन्।
कलाकारभिन्सेन्त फन गोख
वर्षसन् १८८९
माध्यमतेलचित्रण
आयामहरू73.7 cm × 92.1 cm (28.7 in × ​36 14 in)
स्थानआधुनिक कला सङ्ग्रहालय, न्युयोर्क

आश्रमस्थल

तारामय रात 
मुसोल स्थित साँ पलको मठ

मानसिक रूपमा अस्वस्थ भएपछि सन् १९८८ डिसेम्बर २३ को घटनापछि उनले आफैलाई चोट पुर्‍याउँँदै बायाँ कान काटेका थिए भने उनले सन् १८८९ मे ८ का दिन स्वयेच्छाले मुसोल स्थित सँ पलको पागलखानामा भर्ती भएका थिए। पहिले मठको रूपमा रहेको उक्त स्थान धनाढ्यहरूको आरामस्थल थियो भने उनी त्यहाँ भर्ती हुने बेला त्यो मठ मानिसहरूद्वारा आधा मात्र भरिएको थियो।त्यसको फलस्वरूप उनले दोस्रो तल्लामा सुत्ने कोठाको साथै भुइँ तल्लामा रहेको एउटा कोठालाई चित्रकला कक्ष रूपमा प्रयोग गर्ने अवसर पाएका थिए।

साँ-रेमी-द-प्रोभँसमा शरण लिँदै गर्दा उनले अर्लेसमा सुरु गरेको चित्रकारितालाई त्यहाँ आएर पनि निरन्तरता दिएका थिए। यस अवधिमा उनले आफ्नो व्यावसायिक जीवनको केही सबैभन्दा प्रसिद्ध रचनाहरूको निर्माण गरेका थिए जसमध्ये अधिकांश हाल जे पल गेटी सङ्ग्रहालयमा राखिएको छ। यी रचनाहरूमा सन् १८८९ मेमा निर्मित आइरिसहरू र सन् १८८९ सेप्टेम्बरमा निर्मित नीलो रङ्गको आत्मचित्रलाई पनि राखिएको छ। तारामय रात १८ जुनको मध्यमा कोरिएको थियो भने यस मितिमा उनले आफ्ना भाइ थियोलाई लेखेको पत्रमा उनले ताराआकाशको नयाँ अनुसन्धान गरिरहेको उल्लेख गरेका थिए।

चित्र

तारामय रात 
फन गोखको सुत्ने कोठा

फन गोखले आफ्नो आश्रमस्थलको भुइँ तलामा रहेको स्टुडियोमा रहेको बेला दिउँसोको समयमा तारामय रात चित्र कोरिएको भए तापनि यो चित्र उनले केबल स्मृतिको बलमा चित्रित गरिएको थियो भनेर भन्नु गलत हुनेछ। यो दृश्यलाई उनको शयनकक्षको झ्यालबाट पूर्वतर्फ उन्मुख भएको दृश्यको रूपमा पहिचान गरिएको छ। फलामे झ्यालबाट, उनले आफ्नो भाइ थियोलाई २३ मे १८८९ का दिन लेखेका थिए "म झ्यालबाट गहुँको वर्ग फाँट देख्न सक्छु ... जसको माथि, बिहानको समयमा सूर्य शानका साथ उदाएको छ"।

टिप्पणीहरू

चित्रण सामग्रीहरू

रोचेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजी र न्युयोर्क स्थित आधुनिक कला सङ्ग्रहालयका वैज्ञानिकहरूले उक्त चित्रकलाको अनुसन्धान गरेका थिए। रङ्गाउने सामग्रीको विश्लेषणले देखाए अनुसार आकाशका लागि नौसेना नीलो र गाढा नीलो रङ्ग र तारा तथा चन्द्रमाका लागि बेसार जस्तो देखिने पहेँलोका साथै निख्खर पहेँलो रङ्गको प्रयोग गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

तारामय रात आश्रमस्थलतारामय रात चित्रतारामय रात टिप्पणीहरूतारामय रात चित्रण सामग्रीहरूतारामय रात सन्दर्भ सामग्रीहरूतारामय रात बाह्य कडीहरूतारामय रातन्युयोर्क सहरफ्रान्सभिन्सेन्त फन गोखसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

बाइसे राज्यहरूब्राह्मणसामाजिक सञ्जालहात्तीनौमती बाजासरकारअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगरिबीबझाङ १ (निर्वाचन क्षेत्र)झोला (चलचित्र)गुगलमाटोअल्पविकसित देशसूचना प्रविधिकमिलानेपाली चलचित्रचितवन जिल्लापश्चिम रुकुम जिल्लादिल्ली सम्झौताबागलुङ जिल्लाभीमदत्त पन्तसिंहदरबारभारतीय संविधानपरराष्ट्र मन्त्रालय (नेपाल)जनमत सङ्ग्रह, २०३७१२ वैशाखविप्रेषणचितवन राष्ट्रिय निकुञ्जव्रतबन्धताप्लेजुङ जिल्लापर्वत जिल्लाम्याग्ना कार्टाकाभ्रेपलान्चोक जिल्लानेपालको प्रधानमन्त्रीरामप्रसाद ज्ञवालीमानव विकास सूचकाङ्कबाख्रानेवारी भाषासिन्धुपाल्चोक जिल्लाजाजरकोट भूकम्प, २०८०भाषामन्त्रनेपालको प्रधानन्यायाधीशएकसिङ्गे गैँडारस (काव्य शास्त्र)स्याङ्जा जिल्लामकवानपुर जिल्लाकतारसमूहहिमाली प्रदेशभलिबलशहिदगेटवित्तीय विवरणहरूकर्णाली प्रदेशच्याटजिपिटीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)खप्तड बाबालैङ्गिक पहिचाननेपालमा बोलिने भाषाहरूटिमुरचेकसुवर्ण शमशेर राणाजलविद्युतकाफलवेब्याक मेसिनतियानजिनआमा (वि.सं. २०२१ चलचित्र)रणबहादुर शाहलखन थापा मगरभारतीय संविधानको आठौँ अनुसूचीनैतिक दृष्टान्तलैङ्गिक समानतासात सालको क्रान्तिनेपालको उपराष्ट्रपति🡆 More